Home News मुक्तिनाथ विकास बैंकको सल्यान, बागचौर नगरपालिकास्थित शाखा कार्यालयको सटरमा बिहीबार बिहान भेटिएको...

मुक्तिनाथ विकास बैंकको सल्यान, बागचौर नगरपालिकास्थित शाखा कार्यालयको सटरमा बिहीबार बिहान भेटिएको बम सेनाको टोलीले निष्क्रिय पारेको छ ।

43
0

सल्यान — मुक्तिनाथ विकास बैंकको बागचौर नगरपालिकास्थित शाखा कार्यालयको सटरमा बिहीबार बिहान भेटिएको बम सेनाको टोलीले निष्क्रिय पारेको छ ।

सिमखर्कस्थित सबुज गणबाट आएको टोलीले बम निष्क्रिय बनाएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
आसपासका क्षेत्र बिहानैदेखि सिल गरिएकोमा बम निष्क्रिय बनाएपछि स्थानीयलाई आउजाउ गर्न दिइएको इलाका प्रहरी कार्यालय थारमारेका प्रहरी निरीक्षक लीलाभक्त बाँदेले बताए । उनका अनुसार उक्त बाल्टिन बममा जनपरिषद् सल्यानको नाममा पर्चा टाँसिएको थियो । त्यसमा कोरोना महामारी तथा लकडाउनका बेला बैंक तथा लघुवित्तले मनपरी ब्याज असुली गरेको उल्लेख थियो । प्रहरीले घटनाबारे अनुसन्धान गरिने जनाएको छ ।

नेत्रविक्रम चन्द नेतृत्वको समूहले कोरोना महामारीमा पनि किसानलाई ऋण तिर्न बाध्य पारिएकाले बैंकमा बम राखिएको दाबी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here