Home News विश्व नै च*कित्, अन्तर्राष्ट्रिय मञ्चमा दुई नेपाली विद्यार्थीको यस्तो चम*त्कार, रचे नयाँ...

विश्व नै च*कित्, अन्तर्राष्ट्रिय मञ्चमा दुई नेपाली विद्यार्थीको यस्तो चम*त्कार, रचे नयाँ इतिहास !

2724
0

खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई नेपाली विद्यार्थीले अवार्ड पाएका छन् । यस वर्ष सञ्चालित ‘ग्लोबल ई-कम्पिटिसन अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स’मा नेपालको तर्फबाट सहभागी १४ जनामध्ये दुईजना विद्यार्थीहरुले ‘अनरेबल मेन्सन’ अवार्ड हात पारेक‍ा हुन् ।




माइतीघरस्थित सेन्ट जेभियर्स कलेजका राहुल रञ्जन साह र कोटेश्वरको क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर अंशुराज सेढाईंले उक्त अवार्ड प्राप्त गरेको नेपाल एस्ट्रोनोमिकल सोसाईटी(नासो)का अध्यक्ष सुरेश भट्टराईले बताए ।

नेपालकातर्फबाट भट्टराईको नेतृत्वमा सम्मिलित टोलीमा नासोकी परियोजना संयोजक मनिषा द्वा, पूर्व ओलम्पियाड प्रतियोगीहरु विजयचन्द्र लुईटेल र अंकित वेन्जु श्रेष्ठ सहभागी थिए ।

असोज ९ देखि कार्तिक ७ गतेसम्म सञ्चालित उक्त प्रतियोगिता व्यक्तिगत तथा सामूहिक गरी दुई विधामा सञ्चालन गरिएको थियो । नेपालले व्यक्तितर्फ दुई अवार्ड हात पारेको हो ।

प्रतियोगितामा नेपाल लगायत ४० देशका व्यक्तिगततर्फ २७९ तथा सामूहिकतर्फ १५४ बढीले भाग लिएका थिए । नेपालबाट सातौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडबाट छनोट भएका १४ विद्यार्थी प्रतियोगितामा सहभागी भएका थिए ।

कोरोनाका कारण कोलोम्बियामा हुने भनिएको चौधौं ‘इन्टरनेसनल ओलम्पियाड अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स्’ यस वर्ष अनलाइन मार्फत प्रतियोगिता गराइएको थियो ।

याे पनि पढ्नुहोस्

खुसीको खबर : अब विदेशमा हुनेले सिधै मोबाइलबाट नेपाल पैसा पठाउन सकिने [हेर्नुहोस्]
वैदेशिक रहेका नेपालीले मोबाइलबाटै आफूले कमाएको रकम आफन्तलाई पठाउन सक्ने व्यवस्था कार्यान्वयनमा आएको छ ।नेपाल राष्ट्र बैंकले मोबाइल मार्फत नै आफूले कमाएको पैसा पठाउन सक्ने व्यवस्था गरेको छ। यस्तो व्यवस्था पछि अब पैसा हराउने र समयमा प्राप्त नहुने जस्ता समस्याको समाधानहुने भएको छ ।

केन्द्रीय बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलेक्ट्रोनिक कार्ड र डिजिटल वालेटमार्फत् रेमिट्यान्स पठाउन मिल्ने नयाँ व्यवस्था गरेको छ।विद्यमान व्यवस्था अनुसार विप्रेषण रकम बैंकिङ प्रणाली वा विप्रेषण सेवा प्रदायक कम्पनीले मात्रै पठाउँदै आएका थिए । नयाँ व्यवस्था पछि मोबाइलबाटै सहज रुपमा पैसा पठाउन सकिने भएको हो।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज एक परिपत्र मार्फत विदेशमा रहेका नेपालीले विद्युतीय माध्यमबाटै नेपालमा पैसा पठाउन सक्ने व्यवस्था गरेको हो।बैंकका अनुसार त्यसका लागि नेपालका बैंक तथा वित्तीय संस्था एवम् विप्रेषण सेवा प्रदायक कम्पनीले विदेशमा काम गरिरहेका नेपाली कार्यरत रहेका देशमा सञ्चालनमा रहेका विद्युतीय भुक्तानी गर्ने संस्थासँग भने आवद्ध हुनुपर्ने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकको विप्रेषण विनियामावली २०७६ को साविकका व्यवस्थाका साथमा अतिरिक्त तोकिएको सर्त र सीमासहित सम्झौता गरी विद्युतीय माध्यमबाट नेपालमा रकम पठाउन सक्ने व्यवस्था गरिएको हो।राष्ट्र बैंकले विद्युतीय प्रणालीलाई थप विस्तार तथा विकास गर्ने लक्ष्यसाथ उक्त व्यवस्था लागू गरिएको जनाएको छ।

नयाँ व्यवस्था पछि नेपालका बैंक तथा वित्तीय संस्थाद्वारा सञ्चालित मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलेक्ट्रोनिक कार्ड र बालेट सेवा प्रदान गरिरहेका संस्था वा कम्पनी मार्फत घरमै विप्रेषण प्राप्त गर्न सकिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here