Home News उषा ठकुरी बनिन् बेलायती नौ’सेनामा आ’वद्ध हुने पहिलो नेपाली महिला

उषा ठकुरी बनिन् बेलायती नौ’सेनामा आ’वद्ध हुने पहिलो नेपाली महिला

913
0

बेलायती नौ’सेना ‘रो’यल ने’भी’ मा पहिलोपटक एक नेपाली महिला आ’वद्ध हुन् सफल भएकी छिन्। नेपालकी उषा ठकुरी बेलायती नौ’सेनामा आ’वद्ध भएको बेलायती संचारमाध्यमले जनाएका छन्। उषाको ११ महिनाको स’न्तान छ। यद्यपी उनले नौ’सेनामा आ’वद्ध हुन क’डा परिश्रम गर्दै क’ठिन प’रीक्षण पार गरिन्। उषाका अनुसार उनका बुबा र भाई गो’र्खा सै’निक हुन्। उषाले आफ्ना पिताको प्रे’रणा र हौ’सलाका कारण नौ’सेनामा आ’वद्ध भएको बताइन्।

उनका श्रीमान पनि नौ’सेनामा छन्। त्यहाँ उनी मुख्य चे’फको रुपमा काम गर्छन्। वर्षौयता बेलायतमा नेपाली गो’र्खाहरुले से’वा गर्दै आएका छन्। सन् २००९ यता नेपालका से’वानिवृत्त गो’र्खाहरुले आफ्ना परिवारलाई नै बेलायतमा लगेर बसोबास गर्ने सुविधा पाएका छन्।

याे पनि पढ्नुहोस्
खिजीकातीका एकल पुरुषलाई भत्ता दिन थालिएको छ । जिल्लामै पहिलो पटक खिजीदेम्बा गाउँपालिका ४ नम्बर वडा कार्यालयले एकल पुरुषलाई भत्ता दिन थालेको हो ।सत्तरी वर्ष माथिकाले ज्येष्ठ नागरिक भत्ता पाउने भए पनि भत्ता पाउने उमेर नपुगेका एकल पुरुष सहाराविहीन बनेकाले वडाको बजेटबाट मासिक रु ५ सय आर्थिक सहयोग गरिएको वडाध्यक्ष कमलप्रसाद न्यौपानेले बताए ।यस वर्षदेखि खिजीकातीका ६० देखि ६९ वर्ष उमेरका सात एकल पुरुषले मासिक रु ५ सयका दरले भत्ता खान थालेका छन् ।

वडा कार्यालयले एकल पुरुषलाई यस वर्षको मासिक भत्तावापत रु ६ हजार वितरण गरिसकेको छ । खिजीदेम्बा–४ मा १५ एकल पुरुष छन् । उनीहरुमध्ये आठ जना ६० वर्षमुनिका छन् । साठी वर्षमुनिका एकल पुरुष आफैँ सक्षम हुने भएकाले ६०–६९ वर्षका एकल पुरुषलाई मात्रै मासिक भत्ता दिन थालिएको हो । सत्तरी वर्ष पुगेपछि सरकारको नियमित सामाजिक सुरक्षा भत्तामा सहभागी गराइने वडा कार्यालयले जनाएको छ ।सरकारको सामाजिक सुरक्षा भत्ता पाउने उमेर नपुग्दै वडाबाट विशेष व्यवस्था गरेर भत्ता दिन थालेपछि खुशी लागेको र सो रकम ओखतीमूलोका लागि खर्च गरिने स्थानीयवासी सन्तलाल तामाङले बताए ।

अर्का एकल पुरुष खुदबहादुर सुनुवारले राज्यले एकल पुरुषका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने बताए ।खिजीदेम्बा –४ का वडाध्यक्ष न्यौपानेले व्यक्तिगत तथा संस्थागत रुपमा जनपक्षीय काम गर्दै आएका छन् । व्यक्तिगत खर्चमा गाउँका गर्भवतीलाई पोषिलो खानेकुरा वितरण, महिला स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य बीमा, कोरोनाको संक्रमणबाट बच्न सरसफाइको सन्देशसहित वडाका सबै घरमा हातधुने साबुन वितरणसहितका सहयोग उनीबाट भएको छ ।वडा कार्यालयको बजेट र पालिका तथा अन्य निकायसँगको साझेदारीमा युवा तथा महिलाको क्षमता विकास, विद्यार्थी तथा बुहारी छात्रवृत्तिलगायत विभिन्न नयाँ कार्यक्रम खिजीकातीमा सञ्चालन हुँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here