Home News तास खेल्दा जित्ने यस्तो रह*स्यमय ट्रिक सबैलाई यसरी उल्लु बनाउदा रहेछन्

तास खेल्दा जित्ने यस्तो रह*स्यमय ट्रिक सबैलाई यसरी उल्लु बनाउदा रहेछन्

1063
0

तास खेल्दा जित्ने यस्तो रह*स्यमय ट्रिक सबैलाई यसरी उल्लु बनाउदा रहेछन्




चीनको शङ्घाई सहरका इन्जिनियरहरुले सात हजार ६ सय टनको एक विशाल भवनलाई त्यो रहेको ठाउँबाट अन्यत्रै सारेका छन। इन्जिनियरहरुले सन् १९३५ मा बनेको शङ्घाईको लागेना प्राथमिक विद्यालयको पाँच तले भवनलाई प्रविधिको प्रयोग गरेर अन्यत्रै सारेका हुन् ।

स्थानीय प्रशासनका अनुसार यो भवन रहेको नजिकै एक नयाँ विषयमा काम सुरु गर्नुपर्ने भएकोले विद्यालयको भवन अन्यत्रै सार्ने निर्णय लिइएको हो । चीनका इन्जिनियरहरु सँग यो भवन ढाल्ने विकल्प पनि थियो तर उनीहरुले यस ऐतिहासिक भवनलाई त्यो रहेको ठाउँबाट अन्यत्रै सार्ने निर्णय लिएका हुन् ।

चीनको सरकारी सञ्चारमाध्यमका अनुसार इन्जिनियरहरुको एक टिमले प्राविधिक सहयोगबाट भवनलाई उठाएको र एक सय ९८ खुट्टे रोबोटको सहयोगमा केही पर सारेका हुन् । स्थानीय मिडियाका अनुसार कङ्क्रिट बाट बनेको हजारौँ टनको यो भवनलाई यसको मूल ठाउँबाट झण्डै ६२ मिटर पर सारिएको हो ।

चीन सरकारद्वारा नियन्त्रित सीसीटीभी न्युज नेटवर्कका अनुसार यस भवनलाई एक ठाउँबाट अर्काे ठाउँमा सार्नका लागि १८ दिन लाग्यो । गएको अक्टोबर १५ मा यस भवन सार्ने काम सकिएको बताइएको छ । न्युज एजेन्सीका अनुसार स्थानीय प्रशासनले अब यस ऐतिहासिक भवनलाई संरक्षित गर्ने निर्णय लिएको छ र मर्मत सम्भार पनि गर्ने बताएको छ ।

भवनलाई एक ठाउँबाट अर्काे ठाउँमा सार्ने धेरै प्रविधि छन् तर सामान्यतया इन्जिनियरहरु यस्तो भवनलाई ठूलो प्लेटफर्म (मञ्च) को सहयोगमा निकै क्षमता भएको रेल वा क्रेनबाट खिच्ने गरिन्छ । तर यस पटक चिनियाँ इन्जिरिनयरहरुले रोबोटिक लेग्सको प्रयोग गरे । चिनियाँ इन्जिरियरहरुले पहिलो पटक यस तरिका अपनाएका हुन् ।

शङ्घाईका इन्जिनियरहरुसँग भवनलाई अन्यत्रै सार्ने प्रशस्त अनुभव छ। सन् २०१७ मा एक सय ३५ वर्षअघि बनेको र झण्डै दुई हजार टन तौल भएको एक ऐतिहासिक बौद्ध मन्दिरलाई त्यसको मूल ठाउँबाट झण्डै ३० मिटर पर सारेका थिए, जसका लागि १५ दिन लागेको थियो । यस वर्षको सुरुवातमा चिनियाँ इन्जिनियरहरुले भवन निर्माणको क्षेत्रमा एक कीर्तिमान बनाएका थिए ।

चीनको हुबेई प्रान्तको वुहान सहरमा को’रोना सङ्क्रमण फैलिएपछि चिनियाँ इन्जिनियरहरुले दश दिनमै एक हजार शय्याको अस्पताल बनाएर देखाएका थिए। वुहान त्यही शहर हो, जहाँ सबै भन्दा पहिला कोभिड–१९ सङ्क्रमणको आधिकारिक पुष्टि भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here