फेरी सियोनाकी ममी रु’दै मिडियामा ! ६ करोड ७० लाख उठयो पैसा, भगवान हाम्रो के ग*ल्ति थियो ? Siyona
एनएमबि, लक्ष्मी बैंक, स्विस सरकार विकास सहयोग (एसडीसी) र वान टु वाचको साझेदारीमा कोभिड–१९ एमएसएमई कोषको घोषणा गरेका छन्।यो कोषको मूल उद्देश्य कोभिड–१९ बाट प्रभावित लद्यु, साना तथा मझौला व्यावसायहरुलाई सहयोग दिने रहेको छ ।
कोषबाट व्यवसायहरुलाई छोटो अवधिका लागि कर्जा प्रदान गर्नुका साथै व्यवसायअनुकूल परामर्श र तालिम पनि प्रदान गरी व्यवसायको दीर्घायु निरन्तरतामा सहयोग पुर्याउन र रोजगारी जोगाउन मद्दत गर्ने रहेको छ । यो कोषद्वारा करिब १०० व्यवसायलाई सहयोग पुर्याउने र करिब १ हजार रोजगारी जोगाउने अपेक्षा गरिएको जनाइएको छ ।
कोभिड–१९ बाट प्रभावित तर व्यवसाय गर्ने क्षमता भएका व्यवसायलाई धितो रहित कर्जा र १८ महिना सम्मका लागि ब्याज पनि मिनाहा गरिने जारी विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी, व्यवसायहरुमध्ये छनोटमा परेका व्यवसायीहरुले आफ्नो व्यवसायअनुकूल परामर्श पनि प्राप्त गर्ने संस्थाको भनाइ छ । एनएमबी बैंकका सीईओ सुनील केसीले एनएमबी बैंकको प्राथमिकता भनेको दिगो बैंकिङ रहेको बताए।
‘एमएसएमई नै अर्थतन्त्रको दिगो बृद्धिको प्रमुख चालक हुन भन्ने हाम्रो धारणा हो। सम्पूर्ण व्यावसायिक क्षेत्रहरु विशेषगरी एमएसएमई अहिले कमजोर छ र घाटा व्यहोरिरहेको छ’ उनले भने, ‘यस्ता व्यवसायहरुको पुनरुद्धार योजनालाई साथ दिन, एनएमबी बैंक, एक साझेदार बैकंका रुपमा अतिप्रभावित व्यवसायलाई धितोरहित कर्जा प्रदान गर्न प्रतिबद्ध छ। एनएमबी बैंकले यस्तो अन्य पहलहरुलाई समर्थन प्रदान गर्न प्रतिबद्ध छ।’
लक्ष्मी बैंकका सीईओ अजय विक्रम शाहले लक्ष्मी बैंक एक खुद्रा तथा एमएसई केन्द्रित बैंक रहेको स्पष्ट पारे। ‘हामी आशावादी छौं कि यो सहकार्यले ऋण योग्य साना उद्यमीहरुलाई बैकं ऋणको पहुँचले यस विषम परिस्थितिमा, व्यवसाय र जिविका चलाउन सह योग पुर्याउनेछ’, उनले भने, ‘हाम्रो धारणा यो छ कि एमएसईहरुलाई यस समय विशेष ध्यान र सहयोगको आवश्यकता छ र यस क्षेत्रले देशको अर्थतन्त्र पुनः चलायमान गर्नका साथै दीर्घकालीन अवधिमा अर्थतन्त्रलाई गति दिएर टेवा पुर्याउनेछ।’
‘यस्तो विषम परिस्थितिमा, यो कोषले वान टु वाचको लगानी र व्यवसाय परामर्शको विशेषज्ञताको प्रयोग गर्दै उच्च क्षमता भएका व्यवसायलाई पहिचान गरी सहयोग गर्नेछ’ वान टु वाचका प्रबन्ध निर्देशक सुमन जोशीले भने ‘आशा छ कि यो पहल एक ‘पायलटर प्रयोगात्मक’ हुनेछ, जसमा अरु बैंक साझेदारहरुको सहभागिता बढ्दै जानेछ ।’
नेपालका लागि स्विस राजदूत एलिजाबेथ भोन क्यापेलरले लद्यु, साना तथा मझौला व्यावसायहरु नेपालको अर्थतन्त्रको मेरुदण्ड रहेको उल्लेख गरिन्। ‘यी व्यवसायहरुले धेरै रोजगारी प्रदान गर्छन् र नवीनताका चालक हुनुका साथै नयाँ रोजगारी पनि प्रदान गर्दछन’ उनले भनिन्, ‘तसर्थ यी व्यवसायहरुको आथिक अवस्थामा सुधार ल्याउँदा समग्र अर्थतन्त्र नै पुनः चलायमान गर्न बलियो जग खडा गर्न सकिनेछ। लामो समयदेखि नेपालको विकास साझेदारका रुपमा रहेको एसडीसीले निजी क्षेत्रसँगको साझेदारीमा गरिने यस पहल लाई सहयोग गर्दा गर्व महसुस गरेका र्छौं।’