Home News २५ लाख सम्पत्ति लिएर प्रेमीसँग श्रीमती फ रार (प्रेमीले दिएको ध म्कीको...

२५ लाख सम्पत्ति लिएर प्रेमीसँग श्रीमती फ रार (प्रेमीले दिएको ध म्कीको म्यासेजसहित ) पढ्नुहोस्

648
0

झापा दमक–१ स्थित हवल्दार चौकका राजु न्यौपानेसँग विवाह गरी आएकी एक युवतीले २५ लाख बराबरको सम्पत्ति लिएर फ रार भएकी छिन् ।

गत असार १५ गते राजीखुसी विवाह गरेकी २४ वर्षीया तारा बाँस्तोला (न्यौपाने) ले २५ लाख बराबरको सम्पत्ति लिएर फ रार भएकी हुन् ।

मिति २०७७ असोज ३ गते दिउँसो १ बजे घरमा सासुआमा निधाएको अवस्थामा दमक–६ मा रहेको पसल आउँछु भनी फोनमा ताराले श्रीमानलाई जानकारी गराइ १२ तोला सुन, १२ लाख रकम र अन्य सामान लिइ एउटा पत्र लेखी सिरानीमा राखेर प्रेमीसँग भागेकी श्रीमान् न्यौपानेले बताएका छन् । भि’डियो हेर्न तलको बक्समा क्लि’क गर्नुहोस् ।

पसल आउँछु भनी फोनमा भनेकी श्रीमती बेलुकासम्म पसल नआएपछि श्रीमान न्यौपानेले सम्पर्क गर्दा दमककै एउटा ब्युटी पार्लरमा कपाल स्टेट र कलर गरेर पसल आउँछु भनी पुनः म्यासेन्जरमा म्यासेज पठाएकी थिइन् ।

श्रीमती ताराले छोडेको चिठ्ठीमा लेखेकी थिइन्– ‘मैले आफ्नो सुर गरे । म पत्रकार पृतम भट्टराईसँग गइसकेकी छु, ३ वर्षदेखि अ’फयेर चलिरहेको थियो । मेरो शरीरभित्र उसको रगत र उसको शरीरभित्र मेरो रगत छ, त्यसैले मलाई नखोज्नुहोला’ भनी लेखेकी थिइन् ।

भगाउने केटा पृतम भट्टराई कान्तिपुर पब्लिकेशनमा काम गर्दै गरेको बताइएको छ । उनले समेत न्यौपानेलाई म्यासेन्जरमा कल गरी ध’म्क्याएका छन् । उनले तारा र आफूलाई नखोज्न भन्दै खोजी गरे न्यौपानेलाई सि’ध्याउनेसम्मको ध’म्की दिएको श्रीमान् न्यौपानेले जानकारी दिएका छन् ।न्यौपानेले शनिबार इ’लाका प्र’हरी कार्याल दमकमा जा’हेरी दिए’का छन् । पुर्व सन्देश बाट साभार गरिएको हो।

यस्ताे छ पृतम भट्टराइले न्याैपानेलाइ दिएकाे ध’म्कीपूर्ण म्यासेजः

फरार तारा बाँस्ताेला (न्याैपाने) लेखेर छाेडेकाे पत्रः

यो पनि पढ्नुहोस्

चिनियाँ संस्कृति विश्वको सबैभन्दा पुराना संस्कृतिको सूचीमा पर्ने कुरामा कुनै शंकै छैन । त्योभन्दा महत्वपूर्ण त अहिलेसम्म पनि पहिलेको संस्कृति बचाइराख्ने मुलुकको सूचीमा समेत चीन पर्छ । चीनले झण्डै ३ हजार वर्ष पहिलेदेखि चल्दै आएको लिपिलाई अहिलेसम्म निरन्तरता दिइरहेको छ । त्यसैगरी कतिपय परम्परागत संस्कृति, खानपान, रीतिरिवाजलाई समेत चीनले अहिलेसम्म पनि निरन्तरता दिँदै आएको छ ।

चीन र नेपालबीचको सम्बन्ध आज मात्रै नभएर सदियौंकालदेखि चलिआएको विभिन्न ऐतिहासिक दस्तावेजहरूमा उल्लेख छ । व्यापारिक सम्बन्ध चीनले सिल्क रोड बनाउँदाको समयदेखि वा अझ त्योभन्दा पहिलेदेखि चलिआएको देखिन्छ भने लिच्छविकालदेखि त वैवाहिक सम्बन्धमा समेत चीनको हाल स्वशासित क्षेत्र तिब्बतसँग राम्रो सम्बन्ध कायम भएको पाइएको छ ।

त्यसैले जति भारतीय संस्कृतिसँग नेपाली संस्कृतिको साइनो छ, त्यति नै चिनियाँ संस्कृतिसँग समेत साइनो रहेको मान्न सकिन्छ । त्यसैले चिनियाँ प्राचीन जीवनशैलीलाई अध्ययन गर्दा त्यसको केही न केही पक्ष नेपाली संस्कृति र जीवनशैलीसँग समेत सम्बन्धित हुन सक्ने भएकोले विभिन्न चिनियाँ सञ्चारमाध्यममा उल्लेख भएको सामग्रीको आधारमा यो तयार पारिएको छ ।

परम्परागत चिनियाँ संस्कृतिमा परिवार समाजको आधारभूत इकाइ थियो । जबकि व्यक्ति परिवारको एक हिस्सा मात्र हो भन्ने मान्यता पाइन्छ । रगतको सम्बन्ध समाजको सबैभन्दा महत्वपूर्ण मानिन्थ्यो । एउटै छतमुनि चारवटासम्म पुस्ताको बसोबास हुने गरेको थियो । अर्थात् परम्परागत चिनियाँहरूको बाबु÷आमा, छोरा÷बुहारी वा छोरी÷ज्वाइँ, नातिनातिना र उनीहरूका समेत छोराछोरीसम्म एउटै घरमा बस्ने गर्थे । जबकि आधुनिक परिवारहरू सामान्यतया दुई पुस्ता मात्रै सँगै बस्ने गर्छन् । चीनमा परम्परा धान्न र आदर्श परिवारको रूपमा चार पुस्तासम्म एउटै छानोमुनि बस्ने चलन अहिलेसम्म पनि चलिरहेको छ ।

एउटा प्रतिष्ठित व्यक्तिको कैयौं पुस्तासम्मलाई त्यही व्यक्तिकै कारण सम्मान गर्दै जाने परम्परा परम्परागत चिनियाँ संस्कृतिमा पाइन्छ । चिनियाँ समाजले परिवार–परिवारबीचको सद्भाव र स्थिरता समाजको प्रगतिको आधारको रूपमा लिने चिनियाँ परम्परागत संस्कृति हो ।ताओ धर्मको नीतिलाई बफादार भएर पालना गर्दै सोही अनुसार आफ्नो दैनिकी चलाउनु उनीहरूको परम्परागत जीवनशैली र संस्कृतिको मुख्य पाटो हो ।

ताओ धर्मले दिएको मार्गनिर्देशनलाई राम्ररी पालना गर्नुलाई नै उनीहरूले मुख्य दायित्व सम्झन्थे । ताओ धर्ममा सबै कुरामा सरलतालाई ध्यान दिने गरिन्छ । व्यक्तिको जीवन ऋतु अनुकूल हुनुपर्छ भन्ने ताओ धर्मको मुख्य सन्देश हो । प्राकृतिक अनुकूलताको आधारमा चाडपर्व मनाउने उनीहरू चाडपर्वलाई नै जीवनको एउटा मुख्य अंगको रूपमा मान्ने गर्छन् ।चाडपर्व र अन्य विशेष अवसरहरूमा मात्र नभइर दैनिक क्रियाकलापहरूमा समेत चिनियाँ संस्कृतिमा आफ्नो पन देख्न सकिन्छ । लुडो वा चेस खेल्दा, पढ्दा वा चित्रकला कोर्दा हरेक कोणमा उनीहरूको मौलिकपन देख्न सकिन्छ । चीनमा बौद्ध धर्मावलम्वीहरूको संख्या समेत उल्लेख्य रहेकोले बौद्ध मत अनुसारको जीवनशैली पनि धेरैमा देख्न सकिन्थ्यो र कतिपय ठाउँमा अहिले पनि परम्परागत जीवनशैली अनुशरण गर्ने गरिन्छ ।

सबैभन्दा पहिले सभ्यताको विकास भएका विभिन्न ठाउँहरूमध्ये चिनियाँ सभ्यतालाई पनि एक मान्ने गरिन्छ । हजारौं वर्षको विकाससँगै अहिले चिनियाँ खाना पूर्णताको स्थितिमा पुगेको छ । चिनियाँ जनताका लागि भोजन गर्नु नै मनोरञ्जनको गतिविधिमध्ये एक हो । भोजनको समयलाई चिनियाँहरूले सद्भावको समयको रूपमा लिन्थे । त्यो समयमा परिवारका सदस्यहरूबीच एकै ठाउँमा भेट हुने र सद्भाव साटासाट हुने उनीहरूको विश्वास छ ।

उनीहरू खानाखाने बेलामा गोलो घेरा लागेर वरिष्ठताको आधारमा घेरा लागेर बस्ने गर्थे । बेलुकाको खाना खाने समयमा सबैभन्दा पहिले परिवारका ज्येष्ठ सदस्यहरू र महत्वपूर्ण पाहुनालाई खाना दिने गरिन्थ्यो । त्यसपछि सबैभन्दा सानो उमेरका बच्चाहरूलाई खाना खुवाउने गरिन्थ्यो । खानपिनसँगै त्यहाँ शिष्टाचारको समेत ख्याल गरिन्थ्यो ।

चिनियाँ जीवनशैलीको एक महत्वपूर्ण भाग हो परिवार स्वास्थ्य । परम्परागत चिनियाँ जीवनशैलीमा दैनिक आहारमा नै औषधिको मात्रा पुगेको हुन्थ्यो । चिनियाँहरूले पहिलेदेखि नै विशेषतः काँचो फलफूललाई बढी महत्व दिने गर्थे । उनीहरूको खानामा घरमा फलेका वा जंगली जडिबुटी मात्र नभएर जनावरको बोसो, हड्डी, रगत र आन्तरिक अंगहरू सहित जनावरहरूको मासु समेत खानामा सामेल हुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here