Home News धान खेतमा फालिएको अवस्थामा फेला पर्‍यो धेरै स्मार्ट लाइसेन्स, कस्ले गर्याे एस्तो...

धान खेतमा फालिएको अवस्थामा फेला पर्‍यो धेरै स्मार्ट लाइसेन्स, कस्ले गर्याे एस्तो ?

351
0




१३ कात्तिक, जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स)हरु धान खेतमा फालिएको अवस्थामा फेला परेको छ ।

यातायात ब्यवस्था विभागबाट तयार भएर आएका लाइसेन्स जनकपुर उपमहानगरपालिका–१४ स्थित यातायात कार्यालयदेखि झण्डै २ सय मिटर पश्चिमतर्फ रहेको खेतमा धान काट्न गएका महिलाहरूले फेला पारेका हुन् । उनीहरुले लाइसेन्सहरु संकलन गरेर यातायात कार्यालयलाई नै दिएका छन् ।

धानखेतमा लाइसेन्स फेला परेको स्थान देखाउँदै एक महिला
‘बुधबार दिउँसो धान काट्न आउँदा खेतमा जताततै लाइसेन्स देख्यौं,’ एक महिलाले भनिन्, ‘ती सबै लाइसेन्स संकलन गरेर यातायातका कर्मच%LS