Home Lifestyle शरीरको यो अंगमा गरिएको चुम्बनलाइ सक्दैनन् युवतीहरु आफुलाई सम्हाल्न,जानी राख्नुहोस

शरीरको यो अंगमा गरिएको चुम्बनलाइ सक्दैनन् युवतीहरु आफुलाई सम्हाल्न,जानी राख्नुहोस

241
0

चुम्बन गर्दा हाम्रो शरीरले प्रतिमिनेट २६ क्यालोरी ऊर्जा खपत गर्छ । यसको अर्थ के हो भने मोटोपन घटाउन पनि नियमित चुम्बन आवश्यक छ । एक अध्ययनअनुसार मानिसले यौन सम्पर्कभन्दा बढी चुम्बन गर्दा सम्बन्ध बढी संवेदनशील हुन्छ ।कसैले कसैलाई सामान्य चुम्बन गर्दा अनुहारका दुईवटा मांसपेशी मात्र सक्रिय हुन्छन् भने फ्रेन्च किस गर्दा अनुहारका ३४ वटा मांसपेशी सक्रिय हुन्छन् ।अहिले प्रचलनमा रहेको फ्रेन्च किसको प्रारम्भ सन् १९२० मा भएको मानिन्छ ।कुनै पनि महिला–पुरुषले सन् १९२० अघि सार्वजनिक रूपमा फ्रेन्च कि स गरेका थिएनन् ।

महिलाहरू चुम्बनमार्फत नै एक्साइटमेन्टको चरण पार गर्दै क्लाइमेक्सको चरणमा पुग्छन् । कतिपय मानिसमा के भ्रम छ भने यौनिक दृष्टिकोणले गुप्तां ग नै शरीरको सबैभन्दा संवेदनशील अंग हो तर अध्ययनले के देखाएको छ भने मानिसको ओठ वा जिब्रोमा गरिने चुम्बनले गुप्तां गको तुलनामा १ सय गुणा बढी संवेदनशील बनाउँछ ।जर्मन अनुसन्धानकर्ता ओनर गुन्टरकुनका अनुसार संसारमा २ तिहाई मानिस चुम्बन गर्दा दायाँतर्फ झुक्छन् । यसको कारण के हो भने कुनै पनि मानिस आमाको गर्भमै रहँदा दाहिने भागमा बढी सक्रिय हुन्छन् ।

याे पनि पढ्नुहोस्
आमालाई मन रुवाउने पत्र छोडेर गायब भए १६ बर्षिय गोविन्द।कारण सुन्दा मनमा चसक्क पक्कै पर्छ,पुरा हेर्नुहोस

आमालाई मन रुवाउने पत्र छोडेर गायब भए १६ बर्षिय गोविन्द।कारण सुन्दा मनमा चसक्क पक्कै पर्छ,पुरा हेर्नुहोस
दैलेख – महाबु गाउँपालिका ५ काशीकाँधबाट नारायण नगरपालिका ८ किमुगाउँमा बसाइँ सरेर आएका १६ वर्षे गाेविन्द विक किमुगाउँमा रहेकाे वसन्त माविमा कक्षा नाै मा पढ्दै आएका थिए । कोरोनाको कारण विद्यालय बन्द भएकोले दाजुहरुसँग मजदुरी गर्थे । जिल्ला सदरमुकाम दैलेख बजारको एक घर निर्माणमा जुटेका गोविन्द र उनका दाजुहरुले दशैँको महाअष्टमीको दिउँसै काम रोके र मजदूरीको पैसा पनि पाए ।

गोविन्दका दाजु बखतले रकम बुझेको दिन काम विशेषले घर नगइ खरीगैरा पुग्नु परेको कारण मासुको पैसा तिर्न गोविन्दको हातमा तीन हजार रुपैयाँ दिएका थिए । तर गाेविन्दले त्याे सबै पैसा साँझ दौतरीसँग तासको ‘काट’ भन्ने खेल खेल्दा हारेछन् । तासमा तीन हजार हारेका गोविन्द राति ११ बजेतिर घर पुगे, आमाले राखिदिएको खाना खाएर आफू सुत्ने कोठामा एक्लै सुते । भोलिपल्ट कात्तिक ९ गते बिहान झिममिसेमै घरबाट भागेर सुर्खेत पुगे तर अहिले उनी त्यहाँबाट पनि बेपत्ता भएका छन् ।

९ गते राति कहाँ बसे ? के खाए ? भन्ने थाहा नभए पनि १० गते दशैँको दिन पहिले चिनेको सुर्खेत बजारको एक सुनचाँदी पसल र एउटा होटलमा काम छ कि ? भनी सोधेको खुलेको छ । दशैँको दिन सुर्खेतमा देखिए पनि त्यसपछि उनी कहाँ कता गए भन्ने खुल्न नसकेको परिवारजनले बताएका छन् ।

१० गते सुर्खेतमा थिए भन्ने थाहा पाएर ११ गतेदेखि लगातार चार दिनसम्म पनि खोजी गर्दा कतै पत्ता नलागेको गोविन्दका दाजु बखतबहादुर विकले बताए । दौतरीको लहलहैमा लागेर जुवा (तास) मा हारेपछि उनले सबै कुरा नखुलाए पनि ‘नजानेर गल्ती भयो माफ गर्नुहोला । म सधैँको लागि गएको होइन, फर्किन्छु’ भनेर आमालाई सम्बाेधन गरेर लेखेको चिठ्ठी ९ गते दिउँसाे मात्र फेला परेको थियो ।

चिठ्ठीकाे भाषाबाट जुवामा हारेको रकम कमाएर फर्किने मन देखिन्छ तर कहाँ गए भन्ने खुल्न नसकेको कारण ६२ वर्षीया आमा रातदिन रोइरहनुभएकाे छ । उनको घरमा दाजु, भाउजु, एउटा बहिनी र आमा गरी पाँच जनाको परिवार छ । गोविन्द चार वर्षको छँदा बुबाको निधन भइसकेको थियाे ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय दैलेखमा बालकको हुलियासहित खोजी सहयोगका लागि निवेदन दिए पनि अहिलेसम्म पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ । पढाइ केही कमजोर भए पनि गोविन्दले दैलेख सदरमुकामका तीन वटा पसलमा गरी ८–१० महिना सुनचाँदीको गहना बनाउने सीप सिकेका छ्न् । उनी लकडाउनयता ६ महिनाभन्दा बढी दाजु र अरु डकर्मी मिस्त्रीहरुसँग मजदुरी गर्दैै आएका थिए ।यस्ताे छ पत्रकाे व्यहाेरा –

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here