कोहोलपु्रमा हेर्नुस श्रीमानलाई भारतमा लगेर मा-रीदिए,लगेको मेट सम्पर्कविहीन भएपछि परीवार वि-चल्ली
श्रीमानको निधन भएको ३ दिनमै कलाकार सुशीला दाहालको पनि मृत्यु
काठमाडौं । लामो समयदेखि अमेरिकामा बस्दै आएकी कलाकार सुशीला दाहालको ६७ वर्षको उमेरमा निधन भएको छ । पछिल्लो वर्षयता अमेरिका बस्दै आएकी उनको क्यान्सरको कारण बिहीबार ‘बस्टन’ मा निधन भएको कलाकार हरिवंश आचार्यले जानकारी दिनुभयो ।
‘मह जोडी’ सँग उहाँको चर्चित टेलीश्रृंखला ‘लालपूर्जा’, ‘चिरञ्जीवी’, ‘भकुन्डे भुत’ लगायत रहेका छन् । आर्चायले भन्नुभयो, ‘हाम्रो हिट सिरियल लालपूर्जामा उहाँले मेरो आमाको भूमिका निभाउनु भएको थियो । चिरञ्जीवी भन्ने सिरियलमा मेरो छोरीको भूमिका निभाउनु भएको थियो । उहाँ असाध्यै मिलनसार हुनुहुन्थ्यो ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **
सुटिङमा पनि सहयोगी भावना राख्नुहुन्थ्यो । एकदमै सकारात्मक सोचको व्यक्ति हुनुहुन्थ्यो । उहाँ मलाई भाइ भनेर सम्बोधन गर्नुहुन्थ्यो । मलाई पनि उहाँ आफ्नै दिदीजस्तो लाग्थ्यो । राम्रो अभिनय गर्ने कलाकारमा पर्नुहुन्थ्यो ।’
उहाँ अमेरिका बस्न थालेको ९–१० वर्ष भएको थियो । अमेरिकामा दुई पटक उहाँसँग हरिवंशको भेट भएको थियो । आर्चायका अनुसार चार वर्षअगाडि मात्रै अमेरिका गएको बेलामा भेट भएको थियो ।
अमेरिका जानुअघि सुशीलाले नेपाली फिल्ममा अभिनय गर्नुभएको थियो । उहाँको निधनको तीन दिनअघि श्रीमान् बद्री दाहालको पनि अस्ट्रेलियामा मृत्यु भएको परिवार स्रोतले जनाएको छ । सुशीलाका एक छोरा र एक छोरी छन् ।
उनको मृत्यु पछि कलाकार हरिवंश आचार्य लेख्छन्, आदरणीय दिदी शुसिला दहाल ले हाम्रा लालपुर्जा , चिरन्जिबी लगायत धेरै टेलिचलचित्रमा अभिनय गर्नु भऐको स्मरण ताजै छ ।
उहाँको निधनले हामी लाई मर्माहत गरेको छ ।उहाँको अत्माको शान्ति को कामना गर्दछौ ।
त्यस्तै अर्का कलाकार मदन कृष्ण श्रेष्ठ लेख्छन्, ओ हो शुशिला दाहालजी दिवङ्गत हुनु भएको खबरले स्तब्ध भएको छु।हाम्रा टेलिचलचित्रहरु “लाल पूर्जा”,”सन्तती” , “चिरिन्जिवी” आदि मा संगै काम गरेको समयको सम्झना भो ।
उहाँको आत्मालाई चीर शान्ती मिलोस। हार्दिक श्रध्दाञ्जलि
त्यस्तै अर्का कलाकार शिवहरी पौडेल लेख्छन्, आदरणिय होनहार कलाकार शुसिला दिदीको यो अप्रत्यासित दिवंगतको खवरले मर्माहत वनाएकोछ । दिदीको आत्माले शान्ती पाओस् । हार्दिक श्रद्धान्जली दिदीलाई ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **