चार लाखभन्दा बढी परीक्षार्थी सहभागी हुने कक्षा १२ को आसन्न परीक्षा मर्यादित र कोरोनाबाट सुरक्षित रूपमा सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ । सङ्क्रमण कायमै रहेको अवस्थामा परीक्षा सञ्चालन हुने भएकोले परीक्षालाई सङ्क्रमणको हिसाबले पनि सुरक्षित बनाउनुपर्ने आवश्यकता औँल्याइएको हो ।कोरोना भाइरस सङ्क्रमणका कारण गत वैशाखमा हुने गरी तय भएको परीक्षा कार्यतालिका सरकारले स्थगन गरेको थियो । स्थगित उक्त परीक्षा आगामी मङ्सिर ९ गतेबाट सञ्चालन गरिने कार्यतालिका सार्वजनिक गरिएको छ ।
यस्तै, राजधानीको पद्मोदय माध्यमिक विद्यालयले एक जना विद्यार्थीलाई एक बेञ्चमा राख्ने गरी कक्षा १२ को परीक्षा लिने आन्तरिक तयारी गरेको छ । विद्यालयका सहायक प्रधानाध्यापक नारायण गौतम विद्यार्थीका बीचमा भौतिक दूरी कायम गराउन एक जना परीक्षार्थीलाई एउटा बेञ्चमा राख्ने गरी परीक्षा लिइने जानकारी दिए ।
राष्ट्रिय परीक्षा बोर्र्डले कक्षा १२ को परीक्षालाई विगतको भन्दा भिन्न तरिकाले सञ्चालन गर्न खोजेको छ । यस पटक विद्यार्थीलाई नजिकको परीक्षा केन्द्र्र र होम सेन्टर दिइएको छ । यसबाट विद्यार्थीलाई डेरा लिएर बस्नु नपर्ने, धेरै टाढा जानु नपर्ने र परीक्षार्थीका बीचमा धेरै जमघटसमेत हुनु नपर्ने भएकोले परीक्षालाई स्वास्थ्यको हिसाबले पनि सुरक्षित बनाउन सकिने जनाइएको छ । ४० नम्बरको लिखित परीक्षाका लागि यस पटक विद्यार्थीहरू बढीमा डेढ घण्टा मात्रै परीक्षा हलमा रहनेछन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****
याे पनि पढ्नुहोस्
साउथ फिल्म की लोप्रिय हेरोइन, बेहुली बनिन् काजल अग्रवाल ! को हुन् त दुलहा?
एजेन्सी – अभिनेत्री काजल अग्रवाल अक्टोबर ३० अर्थात आज आफ्ना प्रेमी गौतम किचलुसँग सातफेरो लिँदैछिन् । उनी यतिबेला विवाहका विभिन्न काममा व्यस्त छिन् ।
उनले आफ्ना विवाहका विभिन्न कार्यक्रमको तस्बिर सामाजिक सञ्चालमा सेयर गरिरहेकी छिन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्नो विवाहको विषयलार्ई लिएर तस्बिर सेयर गरेकी थिइन् ।
काजलले विवाहको बारेमा लेखेकी छिन्, ‘मलाई यो कुरा सेयर गर्न पाउँदा निकै खुसी लागेको छ । म र गौतम किचलु यही अक्टोबर ३० मा मुम्बईमा रहेको हाम्रो परिवारको जमघटकाबीच विवाह गर्दैछौँ ।’ गौतम इन्टेरियर डिजाइनर हुन् । उनको अनलाइन स्टोर छ
३५ वर्षीया काजलले हिन्दी फिल्म ‘क्यों हो गया न’ बाट डेब्यु गरेकी थिइन् । जसमा उनको निकै सानो भूमिका थियो ।
सन् २००७ मा पहिलो तेलुगू फिल्म ‘लक्ष्मी कल्याणम’ मा देखिएकी थिइन् । तर त्यसै वर्ष रिलीज भएको फिल्म ‘चंदामामा’ बाट उनले पहिचान पाइन् । स