Home News ज्योती मगरको घरमा पुग्दा दे*खियो यस्तो ,कलाकारिताबाटै काठमाडौंमा ठ*ड्याइन् यत्ती ठुलो महल...

ज्योती मगरको घरमा पुग्दा दे*खियो यस्तो ,कलाकारिताबाटै काठमाडौंमा ठ*ड्याइन् यत्ती ठुलो महल (भिडियो)

948
0

गायिका ज्योती मगर समय–समयमा चर्चामा आइरहन्छिन् । स्टेज प्रस्तुति, कपडा पहिराई, विभिन्न प्रकृतिका अभिव्यक्तिलगायतका कारण उनी चर्चामा आइरहन्छिन् । उनी गीत गाउँदा पनि दोहोरो अर्थ लाग्ने शब्द बढी प्रयोग गर्छिन् । खुलेका पहिरन त उनको विशेषता नै हो ।




उनी समय समयमा सामाजिक संजालमा हट फोटो राखेर पनि चर्चामा आउँछिन् । विशेषगरि, माथिल्लो भाग अत्याधिक खुलेको तस्बिर राख्दै ज्योतीले फ्यानको ध्यान आकर्षित गर्न खोज्छिन् ।

उनी सार्वजनिक रुपमा निकै चर्चामा रहेपछि उनको नीजि जीवनबारे धेरैलाई जानकारी नहुन सक्छ । उनको नीजि जीवनबारे जान्ने इच्छा हुनु पनि स्वभाविक हो । थप भिडियोमाः

याे पनि पढ्नुहोस्

आमालाई मन रुवाउने पत्र छोडेर गायब भए १६ बर्षिय गोविन्द।कारण सुन्दा मनमा चसक्क पक्कै पर्छ
दैलेख – महाबु गाउँपालिका ५ काशीकाँधबाट नारायण नगरपालिका ८ किमुगाउँमा बसाइँ सरेर आएका १६ वर्षे गाेविन्द विक किमुगाउँमा रहेकाे वसन्त माविमा कक्षा नाै मा पढ्दै आएका थिए । कोरोनाको कारण विद्यालय बन्द भएकोले दाजुहरुसँग मजदुरी गर्थे । जिल्ला सदरमुकाम दैलेख बजारको एक घर निर्माणमा जुटेका गोविन्द र उनका दाजुहरुले दशैँको महाअष्टमीको दिउँसै काम रोके र मजदूरीको पैसा पनि पाए ।

गोविन्दका दाजु बखतले रकम बुझेको दिन काम विशेषले घर नगइ खरीगैरा पुग्नु परेको कारण मासुको पैसा तिर्न गोविन्दको हातमा तीन हजार रुपैयाँ दिएका थिए । तर गाेविन्दले त्याे सबै पैसा साँझ दौतरीसँग तासको ‘काट’ भन्ने खेल खेल्दा हारेछन् । तासमा तीन हजार हारेका गोविन्द राति ११ बजेतिर घर पुगे, आमाले राखिदिएको खाना खाएर आफू सुत्ने कोठामा एक्लै सुते । भोलिपल्ट कात्तिक ९ गते बिहान झिममिसेमै घरबाट भागेर सुर्खेत पुगे तर अहिले उनी त्यहाँबाट पनि बेपत्ता भएका छन् ।

९ गते राति कहाँ बसे ? के खाए ? भन्ने थाहा नभए पनि १० गते दशैँको दिन पहिले चिनेको सुर्खेत बजारको एक सुनचाँदी पसल र एउटा होटलमा काम छ कि ? भनी सोधेको खुलेको छ । दशैँको दिन सुर्खेतमा देखिए पनि त्यसपछि उनी कहाँ कता गए भन्ने खुल्न नसकेको परिवारजनले बताएका छन् ।

१० गते सुर्खेतमा थिए भन्ने थाहा पाएर ११ गतेदेखि लगातार चार दिनसम्म पनि खोजी गर्दा कतै पत्ता नलागेको गोविन्दका दाजु बखतबहादुर विकले बताए । दौतरीको लहलहैमा लागेर जुवा (तास) मा हारेपछि उनले सबै कुरा नखुलाए पनि ‘नजानेर गल्ती भयो माफ गर्नुहोला । म सधैँको लागि गएको होइन, फर्किन्छु’ भनेर आमालाई सम्बाेधन गरेर लेखेको चिठ्ठी ९ गते दिउँसाे मात्र फेला परेको थियो ।

चिठ्ठीकाे भाषाबाट जुवामा हारेको रकम कमाएर फर्किने मन देखिन्छ तर कहाँ गए भन्ने खुल्न नसकेको कारण ६२ वर्षीया आमा रातदिन रोइरहनुभएकाे छ । उनको घरमा दाजु, भाउजु, एउटा बहिनी र आमा गरी पाँच जनाको परिवार छ । गोविन्द चार वर्षको छँदा बुबाको निधन भइसकेको थियाे ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय दैलेखमा बालकको हुलियासहित खोजी सहयोगका लागि निवेदन दिए पनि अहिलेसम्म पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ । पढाइ केही कमजोर भए पनि गोविन्दले दैलेख सदरमुकामका तीन वटा पसलमा गरी ८–१० महिना सुनचाँदीको गहना बनाउने सीप सिकेका छ्न् । उनी लकडाउनयता ६ महिनाभन्दा बढी दाजु र अरु डकर्मी मिस्त्रीहरुसँग मजदुरी गर्दैै आएका थिए ।यस्ताे छ पत्रकाे व्यहाेरा –

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here