Home News नरेश खाती र समिक्षा अधिकारीकाे अर्को गीत ‘पिपलुबर’ सार्वजनिक( भिडियो )

नरेश खाती र समिक्षा अधिकारीकाे अर्को गीत ‘पिपलुबर’ सार्वजनिक( भिडियो )

204
0

पछिल्लो समय नेपाली गीत संगीतकाे क्षेत्र अझै भन्ने हाे भने सांगितिक बजारमा नेपाली लोक गित संगितकाे निक्कै चर्चा परिचर्चा हुँदै आईरहेको देख्न सकिन्छ । एक तवरले भन्नेनै हाे भने गीत संगीत पनि एउटा सुखदुःखकाे सहयात्री जस्तै हुन् दु:ख पर्दा हाेस् या खुसी उत्साहकाे बखत सुन्ने र रमाउने भनेकै गीत संगीत हाे अाखिर गीत संगीतलाई माया नगर्ने र नरुचाउने त काे नै हाेला र। समस्त सांगीतिक सिर्जनाहरु सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।

पछिल्ला समयमा अाएका प्रायःजसो गीतहरूले छाेटो समयमै सफलता हातपार्न सफल भएका छन र करोड क्लवकाे ढाेका खाेल्न र कराेड क्लव प्रवेश गर्नपनि सफल भैरहेका छन।

बजारमा थुप्रै सर्जकहरुले आफ्नो सिर्जनाहरु पस्किरहेका हुन्छन्। प्रायःजसो मायाप्रेम र बिछोड अनि वेदनाले भरिएका निक्कै मार्मिक शब्द सिर्जनामा तयार भएका गीतहरु पछिल्लाे समय निकै दर्शक स्राेताहरुले रुचाएकाे देख्न सकिन्छ।

अचेल दैनिकजसो फरक-फरक धारका र प्याटनका गीतहरु बजारमा आईरहेका हुन्छन् । कुनै गीत संगीत दर्शकस्राेताकाे आँखै रसाईदिने खालका त कुनै गीत संगीतले ननाचे पनि बारुली कम्मर मर्काएर नाच्दिउ नाच्दिउ जस्तो खैर जे हाेस् गीत संगीतको विषेशता भनेकै यहीँ हाे। जे हाेस् पछिल्लो समयावधिमा भने बढिजसो मायाप्रेमका गीतहरुलेनै चर्चा परिचर्चा बटुल्न सफल भईरहेकाे देखिन्छ।

यसै सन्दर्भमा समधुर स्वरकी धनि लोकप्रिय गायिका समिक्षा अधिकारी र सर्जक एवम् गायक नरेश खातिको स्वरमा “पिपलुवर” सार्वजनिक भएको छ।

नरेश खातिको शब्द संगीत रहेको उक्त गितमा गायक तथा संगीतकार नरेश खाति र समिक्षा अधिकारीको स्वर रहेको छ । उक्त गीतलाई बिक्रम चौहानले निर्देशन गरेका हुन्। भने गीतको म्युजिक भिडियो अर्जुन तिवारीको टिमले छायांकन गरेका हुन्। भने मिलन बिकले सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा मोडल तथा नायक पल शाह र अश्मिता पन्तको दमदार अभिनय रहेको छ । उक्त गीतलाई Bishal Entertainment युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here