Home News पहिरोले पुरिएर काठमाडौंमा एक जनाको मृत्यु

पहिरोले पुरिएर काठमाडौंमा एक जनाको मृत्यु

50
0

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा पहिराले पुरिएर एक जनाको मृत्यु भएको छ। गागलफेदीस्थित सातघट्टेमा खसेको पहिरामा पुरिएर २२ वर्षीय नवराज गुरुङको ज्यान गएको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए।

उनका अनुसार शौच गर्न भनेर खोला छेउ जङ्गलमा गएको समयमा आएको पहिरोमा परेर आइतबार साँझ गुरुङको मृत्यु भएको हो। उनीसँगै अरु आठ जना गएका थिए। पहिरामा पुरिएका गुरुङको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here