Home News दुई दिनदेखि हराइरहेका २६ वर्षीय र २१ वर्षीय दाजुभाइ मृ तावस्थामा फेला

दुई दिनदेखि हराइरहेका २६ वर्षीय र २१ वर्षीय दाजुभाइ मृ तावस्थामा फेला

188
0

दुई दिनदेखि हराइरहेका दाजुभाइ मृ तावस्थामा फेला परेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृ तावस्थामा फेला परेका हुन् । जिल्लाप्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार सोमबार बिहानदेखि उनीहरू हराएका थिए ।

दुवै जनाको शव बुधबार साँझ करिब सात बजेको समयमा गैँडाकोट–३ स्थित जयश्री खोलाको बाँधमा फेला परेको हो । प्रहरी उपरीक्षक मल्लका अनुसार एक जनाको श व खोलाको बाँधमा तैरिएको र अर्कोको श व डुबेको अवस्थामा फेला परेको हो । दुई दिनदेखि हराइरहेका उनीहरुको खोजी गर्ने क्रममा मृ तावस्थामा फेला परेको प्रहरी उपरीक्षक मल्लले बताउनुभयो । मृत्युको कारणबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । रासस

याे पनि पढ्नुहोस्

काठमाण्डौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले सांस्कृतिक सहरका रुपमा चिनिएको काठमाण्डौ उपत्यकालाई मागी खानेहरुको शहर भनेर चिनाउने प्रयास नगर्न आग्रह गर्नुभएको छ । खुलामञ्चमा खाना खुवाइ रहेका संस्थालाई रोक लगाएपछि चौतर्फी आलोचना भइरहेका बेला मेयर शाक्यले पत्रकार सम्मेलन नै गरेर काठमाण्डौमा कसैले पनि खान नपाएर भोकै बस्नुपर्ने अवस्था नरहेको पनि दावी गर्नुभएको छ ।

‘काठमाण्डाैलाई गरिखानेहरूको शहरका रुपमा चिनाउनुपर्छ भन्ने हाम्रो मान्यता रही आएको छ । कोरोना कहरका बेला सार्वजनिक स्थान र सडकमा स्वास्थ्य मापदण्डको सामान्य पनि ख्याल नगरी ज’थाभावी लाइन लगाएर खाना खुवाई स्वास्थ्यमाथि नै हेलचक्र्याइँ गरी उनीहरुकै कथा–व्यथा बेचेर विश्वमै ऐतिहासिक र सांस्कृतिक शहरका रुपमा परिचित काठमाण्डाै मागिखानेहरुको शहर हो भनी विश्वलाई चिनाउने प्रयास कसैबाट नहोस् भन्ने पनि हाम्रो चाहना छ’, शाक्यले भन्नुभएको छ ।

कोरोना महामारीका कारण रोजगारी गुमेर खान नपाएका कोही पनि महानगरवासी भएमा आफूबसेको सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरेको अवस्थामा उहाँहरू कसैलाई पनि भोकै बस्न नपर्ने गरी सहयोग गर्न काठमाण्डाै महानगरपालिका प्रतिवद्ध रहेको शाक्यले दावी गर्नुभएको छ । देशमा लकडाउन हटिसकेकाले सबैले समन्वय गरेर अघि बढ्ने हो भने समस्यामा परेका श्रमिक, गरिब र असहायलाई दुई छाक खाने र उनीहरुको चुल्हो ननिभ्ने व्यवस्था सजिलै गर्न सकिने शाक्यको भनाइ छ ।

‘हुनेखानेले मात्रै होइन दीनहीनले पनि स्वस्थ्यकर र पेटभरि खाना खान पाउनुपर्छ, काठमाण्डाै महानगर यो मान्यतामा दृढ छ । श्रम गरी खान सक्ने युवालाई श्रमप्रतिको सम्मानका लागि प्रेरणा जागृत गराउनुपर्छ, अल्छी बनाउनुहुन्न’ शाक्यले भन्नुभएको छ । कोरो ना महामारीका कारण रोजगारी गुमेर केही समयका लागि हातमुख जोड्ने स’मस्याले पेट भर्नकै लागि ताँती लागेका नागरिकहरूको निर्दोष अनुहारलाई सामाजिक सञ्जाल लगायतमा व्यापक बनाउँदा कसैलाई क्षणिक लाभ पुगे पनि सम्बन्धित नागरिकको आत्मसम्मान लाई भने यसले आघात पुर्याउने कुराप्रति सचेत हुन मेयर शाक्यको आग्रह छ ।

अहिले काठमाण्डाैका पुरानो बसपार्क लगायतका विभिन्न सार्वजनिक स्थलहरूमा फोहोर, धूलोधुँवा र भीडभाडका बीच स्वास्थ्य सुरक्षासम्बन्धी सामान्य मापदण्ड समेत पूरा नगरी अस्वस्थ र असुरक्षित तरिकाले खाना खुवाउँदै आइरहेको भनी जनस्तरबाटै गुनासो आउने गरेको कुराप्रति पनि ध्यानाकर्षण शाक्यको भनाइ छ ।

‘कुनै पनि मानवीय सेवा यदि स्वच्छभाव र स्वार्थरहित ढंगले प्रदान गरिएको छ भने त्यसलाई आडम्बरपूर्ण सार्वजनिक प्रदर्शनको विषय बनाउनु आवश्यक हुन्न । समस्यामा परेका श्रमिक, गरिब र असहायलाई खाना खुवाउने कार्यमा काठमाण्डाै महानगर पालिकाको कुनै वैरभाव छैन’, शाक्यले भन्नुभएको छ ।

जनगुनासोलाई समेत ध्यानमा राखी बढी भिँडभाड हुने र सार्वजनिक स्थलमा अस्वस्थ र असु’रक्षित ढंगले भइरहेको खाना खुवाउने कार्यलाई अविलम्ब व्यवस्थित गर्न र विकल्प खोज्न सबैमा महानगरपालिकाले आग्रह गरेको छ । त्यसका लागि आवश्यक सहयोग गर्न काठमाण्डाै महानगरपालिका तयार रहेको पनि शाक्यको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here