काठमाण्डु – धादिङमा पहिरोले चरा वटा गाडी पुरेको छ । पृथ्वी राजमार्गअन्तगर्त धादिङको बेनीघाट रोराङ गाउँपालिकामा पहिरो जाँदा ४ वटा गाडी पुरिएका छन् । त्यस्तै पहिरो खसेर त्रिशूलीमा पुगेका तीन वटा गाडी पनि बगेका छन् । गाउँपालिकाको वडा नं. १० स्थित हुग्दी खोला र बाँदरेभिरको बीचको क्षेत्रमा आएको पहिरोमा मानवीय क्षति भने भएको छैन ।
यो पनि पढ्नुहोला
अविरल वर्षाले पृथ्वी राजमार्गको धादिङ र चितवन जोड्ने मोवाखोलामाथिको पुलमा क्षति पुर्याएको छ। पुलको धादिङतर्फको भागमा बाढीले कटान गरेर क्षति पुगेको हो।
धादिङ बेनिघाट रोलाङ गाउँपालिका वडा नम्बर १० मा रहेको उक्त पुलमा क्षति पुगेपछि अहिले पृथ्वीराजमार्गको उक्त सडकखण्ड अवरूद्ध छ। सवारी साधन पुलबाट आउजाउ गर्न सक्ने अवस्था छैन। चितवनमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार बाढीले पुलको एकतर्फ क्षति पुगेको हो।
‘मोवाखोला पुललाई बाढीले क्षति पुर्याएको छ,’ उनले सेतोपाटीसँग भने, ‘मुग्लिन–नारायणगढ सडक खण्डको कालीखोला लगायतमा गएको पहिरो हटाउने काम भइरहेको छ।’