Home News फेरि कोशी र गण्डकीमा डेन्जर बाढी – पुल नै भत्कियो, एकैछिनमा डुब्यो...

फेरि कोशी र गण्डकीमा डेन्जर बाढी – पुल नै भत्कियो, एकैछिनमा डुब्यो भारत! 54 लाख जनता डुबानमा…

111
0

फेरि कोशी र गण्डकीमा डेन्जर बाढी – पुल नै भत्कियो, एकैछिनमा डुब्यो भारत! 54 लाख जनता डुबानमा…

याे पनि पढ्नुहोस्
सिन्धुपाल्चोकमा सीमा जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतको खासा नजिक रहेको केरुङ च्छो नामक ताल फुट्न सक्ने खतरामा रहेकाले भोटेकोशी र सुनकोशी किनारका बासिन्दालाई सचेत रहन स्थानीय प्रशासनले आग्रह गरेको छ। खासा क्षेत्रमा अत्यधिक पानी परिरहेको र केरुङ च्छो नामक ताल भरिएर फुट्ने खतरामा रहेकाले उक्त ताल फुट्दा भोटेकोशीमा पानीको बहाव बढ्ने भएकाले किनारका बासिन्दालाई सचेत र सुरक्षित रहन आग्रह गरिएको हो।

सोमबार साँझ विपद व्यवस्थापन समितिको बैठक बसी जिल्ला प्रशासन कार्यालयले चीनको न्यालम काउन्टीबाट जानकारी प्राप्त भएको उल्लेख गर्दै सीमा क्षेत्र र नदि किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह गरी सूचना जारी गरेको छ। सूचनामा पोखरी फुट्न गएमा भोटेकोशी नदिमा आकस्मिक रुपमा पानीको बहाव अत्यधिक बढ्ने भइ नदि किनारमा रहेका भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका लगायत स्थानीय तहका बजार तथा मानव बस्ती बगाउन सक्ने र ठूलो क्षति पुग्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको उल्लेख छ।

चिनियाँ समकक्षीबाट ताल भरिएकाले जुनसुकै अवस्थामा ताल फुट्न सक्ने भएकाले सतर्कता अपनाउन सूचना आएपछि नदि किनारका बस्ती र बजारमा सर्तकता अपनाउन र सुरक्षित स्थानमा बस्न आग्रह गरी सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए। यसअघि पनि दुई वर्षअघि चिनियाँ क्षेत्रका ताल फुट्दा भोटेकोशी नदिमा आएको बाढिले सीमा क्षेत्रका बजारमा क्षति पुर्‍याएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here