Home News प्रचण्डद्वारा कार्यकारी अध्यक्ष पद परित्याग ! अब के हाेला ?

प्रचण्डद्वारा कार्यकारी अध्यक्ष पद परित्याग ! अब के हाेला ?

281
0




नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल सहित ५ जना सदस्यहरुले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष सचिवालय बैठक बोलाउन लिखित माग गरेको घटनालाई राजनीतिक वृत्तमा दाहालले कार्यकारी पद त्याग गरेको रूपमा लिईएको छ। आज पार्टी अध्यक्ष ओलीलाई भेट्न कार्यकारी अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

“केन्द्रीय सचिवालय बैठक बोलाउनको लागि अध्यक्ष केपी शर्मा ओलीसमक्ष लिखितरूपमा माग गरेका छौं”, प्रवक्ता नाराणकाजी श्रेष्ठले भने। ”यदि प्रचण्डले कार्यकारी अध्यक्ष पदको अधिकार प्रयोग गरेको भए, उहाँले अरु चार जनाबाट निवेदन लिनु हुने थियो,” एक सचिवालय सदस्यले भने,” तर, आफैँले बैठक बोलाउन अध्यक्ष केपी शर्मा ओली समक्ष लिखित माग गरेपछि उहाँले कार्यकारी अध्यक्ष पद परित्याग गरेको रुपमा बुझेका छौं। अध्यक्ष दाहाल सहित भएर गरिएको सचिवालय बैठकको मागले नेकपाको एक मात्र निर्णयकर्ता केपी शर्मा ओली रहेछन् भन्ने प्रष्ट भएको छ।”

नेकपामा केही महिना अघि मात्र अध्यक्ष र महासचिव मिलेर बैठकको एजेण्डा तय गर्ने सहमती भएको थियो। ती सचिवालय सदस्यले भने “आज प्रचण्डले आफूले एजेण्डा तोक्न र बैठक वोलाउन सक्दिन भनेर निवेदन नै दिनुभयो। अब बैठकको एजेण्डा र मिती तोक्ने काम अध्यक्ष ओली र महासचिव मिलेर गर्नुहुन्छ। व्यवहार र आचरणद्वारा प्रचण्डले कार्यकारी पद परित्याग गर्नुभयो।”

याे पनि पढ्नुहोस्

सकारात्मक सोच राख्नुस । कामलाई पूजा गर्नुस् । कुरा काटनेलाई काटन दिनुस ,तर आफनो लक्ष्यलाई कहिल्यै नछाडनुस । यति मात्रै गर्न सकियो भने जीवनमा राम्रै सफलता हासिल गर्न सकिन्छ । सफलताका लागि इमान्दार प्रयास र काममा लगनशिलता भने आवश्यक पर्दछ । मानिसहरु जो सफल भएका छन्, उनीहरु आफनै मेहनतले सफल भएका छन् । भाग्यलाई होइन कर्ममा विश्वास गर्नुस ।

यस्तै भएको छ, भारतका एक युवालाई । यो नेपालका युवालाई समेत काम लाग्ने सफलताको कथा हुनसक्छ । किनकी दुःखले नै सुख ल्याउँछ । अभावले नै सबै कुरा प्राप्त गर्ने स्थानमा लैजान्छ ।

आज तपाईसँग केही छैन भनेर चिन्ता नलिनुस । कुनै विषयले तपाईलाई पीडा दिएको छ भने त्यसलाई आफू भित्रै दबाउनुस, नयाँ साहस र उतसाह लिएर अगाडि बढ्नुस । त्यसले तपाईलाई जीवनभर एक सफल व्यक्तिको रुपमा स्थापित गर्नेछ र तपाई धेरैका लागि उदाहरणीय बन्न सक्नुहुन्छ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

१२ वर्षको उमेरमा घरबाट १५० भारतीय रुपैयाँ लिएर भागेर हिडेका एक युवाले अहिले ४० करोड भारतीय रुपैयाँ कमाई हुने कम्पनी खडा गरेका छन् । विगतमा दुःख र पीडालाई उनले इतिहासको गर्तमा धकेलिदिएका छन् ।

राजस्थानका दुर्गाराम चौधरी १२ वर्षको उमेरमा घरबाट १५० भारतीय रुपैयाँ लिएर घर छाडेका थिए । उनले मन्दिरमा चढाइएका प्रसाद खाएर पेट भरे । शहरमा आयोजना गरिने विवाहको पार्टीमा वेटरको काम गरे । तर, आज उनको आफनो कम्पनीमा थप ६५ जनालाई रोजगारी दिएका छन् ।

घरबाट हिड्दा उनले कोही कसैलाई केही बताएका थिएनन् । उनी रेलमा बसे । तर कहाँ जाने, के गर्ने र कहाँ रहने उनलाई केही पनि थाहा थिएन । केवल मनमा यही कुरा थियो, मैले केही गर्नुपर्छ, म केही गर्न सक्छु । उनको गोजीमा केवल १५० रुपैयाँ मात्रै थियो । आज उनी दुई वटा कम्पनीको मालिक भएका छन् । उनको कूल टर्नओभर मात्रै ४० करोड भारतीय रुपैयाँ बराबरको रहेको छ । उनले बताए अनुसार शुन्यबाट शुरु गरेर ४० करोड बराबरको टर्नओभर सम्म पुग्ने कुरा साच्चै सहज थिएन ।

उनका माता पीता गाँउमा नै खेती किसानी गर्थे । उनले सानेमा सोचे जिन्दगीमा केही त गर्नैपर्छ । राजस्थानका अधिकाशं मानिस व्यापार तथा व्यवसायका लागि दक्षिण भारत जाने गर्दथे । उनीहरुलाई देखेर एक दिन घरमा कोही कसैलाई केही पनि नभनी अहमदावाद जाने रेलमा चढे ।

गोजीमा केवल १५० रुपैयाँ मात्रै थियो । रेलमा रहेका केही मानिस मुम्बइृ जाने कुरा गर्दथे । उनीहरुको कुरा सुनेर म पनि त्यतै जाने सोच बनाए । ४० रुपैयाँ रेल भाडामा नै सकियो । जब म मुम्बई पुगे, गोजीमा मात्रै ११० रुपैयाँ बाँकी थियो । शुरुवाती चरणमा ६–७ महिना म फुटपाथ नै बसे । स्थानीय सिप टैंकमा एक मन्दिर थियो, जुन यद्यपी पनि छ ।

सोही मन्दिरमा बसेर पूजा गर्न आएका मानिसले चढाएका प्रसाद खाएर पेट भरे । मन्दिरको नजिकै आर्य समाजको एक हल थियो । जहाँ विवाहबारी हुन्थ्यो । त्यहाँ मैले पनि वेटरको काम गरे । एउटा विवाहमा काम गर्दा १५ रुपैयाँ मिल्थ्यो । कयौं दिन यही सिलसिला जारी रहयो ।

आर्य समाजको हलको नजिकै एउटा पसल थियो । उनले मेरो सानो उमेर देखेर मलाई एक घरमा घरेलु कामदारको काम मिलाइदिए । अढाई वर्ष मैले त्यहाँ काम गरे । खाना बनाउने, घर हेरेर बस्ने काम सिके । फेरी त्यही नै मैले एक डाक्टरको घरमा पनि त्यही काम गर्न थाले ।

मनमा सधै यस्तै चलीरहन्थ्यो, घरमाबाट भागेर आएको छु । सबैले थाहा पाए भने के होला अर्काको घरमा खाना पकाउने, भाडा माझने काम गरेर बसेको छ । कोही कसैले पनि इज्जत गर्दैनन् । मैले खाना बनाउन छाडेर एक विजुलीको पसलमा काम गर्न थाले । मेरो ध्येय थियो, केही काम सिक्नुपर्छ । तर, दुई महिना पछि त्यो पसल बन्द भयो ।

जुन भवनमा पसल थियो, त्यही सोही समय विनस कम्पनीका मालिक गणेश जैन बस्दथे । उनको श्रीमतीसँग सामान्य चिनजानी भएको थियो । उनले मलाई घरमा काम गर्न राखिन । फेरी मैले त्यहाँ खाना बनाउन लागे । एक दिन मैले भने कि सर, मलाई खाना बनाउने काम गर्न मन लाग्दैन ।

म केही सिक्न चाहन्छु । उनले मलाई आफनो कम्पनीमा क्यासकेट प्याक गर्ने काम दिए । उनले भने मलाई खाना पनि बनाउनुपर्छ र यो कम्पनीमा पनि काम सिके हुन्छ । डेढ वर्ष मैले त्यहाँ काम गरे । केही पैसा जम्मा भयो । त्यसपछि मलाई नयाँ काम गर्ने ध्येयका साथ १९९६ मा मैले त्यो काम छाडिदिए ।

उनका अनुसार विनसमा काम गर्ने एक महिला पनि टि सिरिज कम्पनीमा काम गर्न थालेकी थिइन । उनको सहयोगमा मैले पनि सोही कम्पनीमा काम गर्न थाले । त्यहाँ मैले क्यासकेटको बजारको अवस्थाका बारेमा थाहा पाए ।

काम कस्तो हुन्छ, त्यो पनि मैले देखेर थाहा पाए । जागिर गरिरहेको समयमा मलाई मनमा यो कुरा आयो कि म आफै बजारबाट क्यासकेट खरिद गरेर बाहिर बिक्री गर्न सक्छु । नोकरीको समय भन्दा पछि मैले क्यासकेट बिक्री गर्न थाले ।

हरेक दिन बजार जान्थे । १०– १२ वटा क्यासकेट खरिद गर्थे । यो सँगै मेरो जागिर पनि चलीरहेको थियो । एउटा क्यासकेट बिक्री गर्दा १० देखि १५ रुपैयाँ कमिसन प्राप्त हुन्थ्यो ।

त्यसबाट हरेक दिन १५० देखि २०० रुपैयाँ तलबका अलावा कमाइ हुन थाल्यो । केही महिना पछि मैले एउटा पसल भाडमा लिए । फेरी त्यहाँ पनि सोही व्यापार गर्न थाले ।

घरबाट हिडेको ९ वर्षपछि २००० सालमा घरमा फोन गरे । भने– म मुम्बईमा छु र जागिर पनि गरिरहेको छु । सन् २००२ मा मैले टि सिरजि छाडिदिए । सो समयमा रिलायन्स कम्युनिकेशन शुरु हु लागेको थियो । उसलाई यस्तो मानिस चाहिएको थियो, जसलाई उद्योगको बारेमा पनि जानकारी भएको होस् वा उत्पादकको साथमा रहेर सहयोग समेत गर्न सकोस ।

टि सिरजमा काम गर्दा गर्दै मैले कयौं निर्माता, कलाकारसँग सम्बन्ध बनाएको थिए । सोही कारण मैले रिलायन्समा काम पाए । रिलायन्सको जागिरमा साथ साथै सन् २००४ सम्म मेरो दोस्रो क्यासकेट पसल समेत भइसकेको थियो ।

सन् २००५ मा मोबाइल फोनमा रिंगटोन तथा कल ट्यूनको चलन आयो । एउटा गीत लाखौं संख्यामा डाउनलोड हुन्थ्यो । सबै गीत बलिउडकै हुन्थ्यो । मैले गुजराती, भोजपुरी, राजस्थानी गीतको क्यासकेट बर्षौदेखि बिक्री गरिरहेको थिए ।

बलिउडका गीत यति धेरै डाउनलोड भइरहेको छ, तर क्षेत्रीय गीत के कति मात्रामा होला ? जुन मानिससँग क्यासकेट लिन्थे, उनीहरुलाई भन्न थाले म यसलाई डिजिटलमा परिवर्तन गरिदिन्छु । कयौं दिनसम्म कुनै पनि रेस्पोन्स आएको थिएन ।

सन् २००६ मा एक गुजराती गीत आयो । उक्त गीत असाध्यै लोकप्रिय भएको थियो । म त्यसलाई तयार गर्ने कम्पनीको खोजीमा मेहसाणा पुगे । उनलाई भने कि यस गीतको प्राधिकार मलाई देऊ । म यो गीतलाई डिजिटल बनाउँछु । डिजिटल बनाएपछि फाइदा हुन्छ । फाइदा होस वा नोक्सान होस केही हुँदैन । उनी तयार भए ।

म जागिर गरिरहेको थिए, त्यसकारण मैले कुनै पनि सम्झौता गर्न सक्ने अवस्था थिएन । मैले हंगामा कम्पनीसँग कुरा गरे । त्यहाँ मेरा केही साथी पनि थिए । त्यसपछि गुजरातका केही कम्पनीसँग सम्झौता गरे । ती व्यक्ति समेत क्षेत्रीय गीत अपलोड गर्नका लागि तयार थिएनन् ।

मेरो अनुरोध पछि उनी तयार भए । डेढ वर्षको बीचमा उक्त गीत ३ लाख ७५ पटक डाउनलोड भयो । उक्त डिलमा मैले २० लाख रुपैयाँ रोयल्टी पाए । २० लाख रुपैयाँ गुजरातको कम्पनलिाई दिलाए । ३० प्रतिशत कमिसन हंगामा कम्पनीलाई पनि मिल्यो ।

त्यसपछि हंगामा कम्पनीले मेरा सबै कन्टेट अपलोड गर्न शुरु गर्यो । केही दिन पछि मलाई उनीहरुले जागिरका लागि समेत आग्रह गरे । मैले भने कि म जागिर यस शर्तमा गर्छु कि राजस्थान, गुजरातको जुन मेरो काम हो, त्यो मेरो साथमा नै हरनेछ । र उनीहरु माने पनि । जसको गीत लोकप्रिय थिए । म नै कम्पनीसम्म पुग्थे ।

उनीहरुसँग कुरा गरेर गीतलाई डिटिजल प्लेटफर्ममा ल्याउँथे । यी सबै गरिरहेको बेला सन् २०१२ मा यूटयबको जमाना आयो । हंगामा कम्पनी यूटयबमा जान त्यत्ति धेरै उत्सकु थिएन । मैले त्यहाँको जागिर छाडिदिए र आफै कम्पनी शुरु गरे ।

फेरी शुन्यबाट नै काम शुरु गर्नुपर्यो । किनकी क्षेत्रीय कम्पनी जो मेरा पार्टर थिए, उनीहर सबै हंगामासँग काम गर्दथे । फेरी उनै कम्पनीको मालिकसँग भेटे । मैले भने कि मैले आफनै कम्पनी शुरु गरे । तपाई आफनो कन्टेट दिनुस् हामी यूटयबमा राख्छौ ।

सबैले मलाई सहयोग गरे । क्षेत्रीय सामग्रीलाई मैले सक्दो प्रयास गरेर यूटयूबमा राखे । राजस्थानका कयौ कम्पनीलाई हामीले एकत्रित गर्यौ । कोलकाता, असम, उडिसा समेत पुगे । त्यहाँका सबै क्षेत्रीय गीतलाई डिजिटल प्लेटफर्ममा राखे ।

सन् २०१७ मा एनिमेशन फर्म को समेत काम शुरु गरे । आज मेरो साथमा ६५ जनाले काम गर्छन । वार्षिक टर्नओभर मात्रै ४० करोड बढी हुने गरेको छ । श्रोत क्लिक मांडू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here