Home News राम राम सप्तकोशीमा हालसम्मकै ठुलो बाढी, ४८ ढोका खोल्दा भारत जलमग्न, करोडौँको...

राम राम सप्तकोशीमा हालसम्मकै ठुलो बाढी, ४८ ढोका खोल्दा भारत जलमग्न, करोडौँको रुवाबासी

138
0

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलो भन्ने स्थानमा खसेको पहिरो हटाउने काम सुरु भएको छ ।

सो ठाउँमा केहीबेरदेखि पानी पर्न रोकिएको मौकामा पहिरो हटाउन थालिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए । खनालका अनुसार पहिरो झण्डै ५० मिटर लामो छ । सोमबार विहानैबाट अवरुद्ध सडकखण्ड खुलाउन अहिले चारवटा डोजर लगाएर काम भैरहेको छ ।

सोमबार दिउँसो चार बजेतिर पहिरो हटाउने प्रयास गरिए पनि नसकेपछि छाडिएको थियो । पानी रोकिए अबको तीन घण्टामा पहिरो हटाएर एकतर्फी सडक सञ्चालन गर्न सकिने इन्जिनियर खनालले बताए । नारायणगढ–मुग्लिन सडकखण्डको विभिन्न स्थानमा कतै पहिरो खसेको छ भने कतै सडक भासिएको छ । सडक अवरुद्ध भएपछि राजधानी काठमाडौं, पोखरा लगायतका ठूला शहर तथा विभिन्न जिल्लामा जाने सवारी साधानहरु बाटोमा नै रोकिएका छन् । कतिपय सवारी साधनहरुलाई आँपटारी, रामनगरलगायत स्थानमा रोकिएको छ ।

प्रहरीले वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न भने पनि विभिन्न राजमार्गहरुमा पहिरो गएको तथा सडक भत्किएकाले जान सक्ने अवस्था छैन । काठमाडौं जान वैकल्पिक मार्गका रुपमा प्रयोग गरिने मकवानपुरको भिमफेदीको सडक पनि पहिरोका कारण अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सुशिलसिंह राठौरले जानकारी दिए ।

उनका अनुसार हेटौंडा–दामन–पालुङ हुँदै नौबिसे निस्कने सडकखण्ड मात्रै सुचारु छ । साना सवारी साधन मात्रै यो सडकखण्ड भएर सहज यात्रा गर्न सक्ने हुँदा ठूला सवारी साधनहरुलाई समस्या भएको प्रहरीको भनाइ छ ।

५ साउन, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । इच्छाकामना–६ चारकिलो भन्ने स्थानमा सोमबार बिहान ५ बजेतिर दुई वटा विद्युतका पोलसहित ठूलो पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको हो । पानी लगातार परिरहेको र माथिबाट समेत थप पहिरो खसिरहेकाले आज दिनभर जस्तो सडक अवरुद्ध हुन सक्ने देखिएको प्रहरीले जनाएको छ । त्यसैले आज यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न भनिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्ने बताएको छ । त्यसैले एकतर्फी सवारी लामबद्ध गरिदिन प्रहरीले अनुरोध गरेको छ । चारकिलोमा यसअघि पनि पटकपटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको थियो ।

चितवनका दुई ठूला नदीहरुमा पानीको सतह निकै बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नारायणी नदीले खतराको तह पार गरेको छ भने, राप्ती नदी चेतावनीको तहभन्दा माथि पुगेको छ । नारायणी नदीको जलसतह ८ मिटरभन्दा माथि पुग्यो भने खतराको तह मानिन्छ । तर देवघाट क्षेत्रमा गरिएको मापनमा अहिले जलसतह ९.८१ मिटर पुगेको छ । जल सतह अझै बढ्ने क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नारायणी नदी बढ्दा भरतपुर महानगरपालिका वडा नं. २६ का विभिन्न स्थानमा कटान र डुबान हुन थालेको छ । वडाध्यक्ष ज्ञानप्रसाद खनालका अनुसार वडाको कोइला, सिसैँ, भगडि भन्ने ठाउँ सबैभन्दा बढी जोखिममा छन् । सो ठाउँका झण्डै ३० घर परिवारलाई राति नै सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष खनालले बताए । उनले जुनसुकै बेला पनि कटान गरेर नदी बस्तीमा पस्ने खतरा रहेको बताए । वडा नंं. २७ को न्यूरेचोक पनि उत्तिकै जोखिममा छ ।

यसैगरी चितवनको नारायणगढस्थित नारायणी नदी पुलमा पनि बाढीले सतर्कताको तह पार गरेको छ । नारायणगढ पुलमा ११ मिटरसम्म सतर्कताको तह मानिन्छ, तर अहिले जलसतह १२ मिटर पुगेको छ ।

यस्तै चितवनको पूर्वमा बग्ने राप्ती नदीमा पनि जलसतह बढेको छ । पूर्वी राप्ती नदीको बाढी मापनकेन्द्र रजैयामा जलसतह चेतावनीको तहभन्दा माथि गएको छ । रजैयामा ३.३० मिटरमा चेतावनीको तह मानिन्छ । अहिले पानीको सतह ३.३६ पुगेको छ ।

नदीमा पानीको सतह खतराको तह (३.३७ मिटर) नजिक पुगेको छ । यसको ट्रेण्ड बढ्ने देखिएको छ । राप्ती नदीमा पानी बढ्दा त्यसको मार पर्यटकीय क्षेत्रमा पर्न सक्छ । यही नदी बढ्दा पटक–पटक सौराहा डुबानमा पार्दै आएको छ । पटिहानी र जगतपुर क्षेत्र पनि जोखिममा पर्ने खतरा हुन्छ ।

नारायणी र राप्ती नदीमा जलसतह बढ्नेक्रममा रहेकाले तटीय क्षेत्रमा सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले उक्त क्षेत्रका वासिन्दाहरुको मोबाइलमा म्यासेज समेत पठाएर सतर्क रहन भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here