Home News सडक दुर्घ’टजना परी २५ र २३ बर्षमै श्रीमान श्रीमतीको एउटै चि’ता, नरु’ने...

सडक दुर्घ’टजना परी २५ र २३ बर्षमै श्रीमान श्रीमतीको एउटै चि’ता, नरु’ने कोहि भएन

1254
0




बर्दियामा सोमवार भएको एउटा घटनाले जिल्ला शोकमा डुवेको छ । मोटरसाइकल दुर्घटनामा परी बर्दियाका सन्त वहादुर रिमालका कान्छो छोरा र वुहारीको निधन भयो । सानै उमेरमा संसार छोडेका यि जोडीलाई एउटै चितामा राखेर अन्त्यष्टि गर्दा उपस्थित सबैको आँखा रसायो । सोही घटनामा सहभागी भएका स्थानिय प्रदिप ज्ञवालीले सामाजिक सञ्जालमा लेखेका छन् –

‘जिवनमा पहिलो पटक देखे एक चिता दुई शरिर मर्माहित दुखद घटना एउटै चिता मा दम्पति लाई दाग वत्ति, धन्य भगवान निष्टुरि दैवको लिला !! सन्त वहादुर रिमाल का कान्छो छोरा र वुहारिको मोटरसाईकल दुर्घटना वाट दुवै जनाको निधनले हामी सवै स्तव्ध छा‌ै दुव‌ै को स्वर्गमा बाँस होस, मृत आ त्माको चिर शान्तिको कामना र शोकाकुल परिवार जन प्रति हार्दिक समवेदना प्रकट गर्दछौ !’ – प्रदिप ज्ञवाली, वढैयाताल ८ वर्दिया

शनिबार राती ८ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको भे ३ प ७८७० नम्बरको मोटर साइकल र पश्चिमबाट पुर्व तर्फ गैरहेको भे १ त ५०९९ नम्बरको काठ लोड गरेको टेक्टर आपसमा ठोकिदा मोटर साइकलमा सवार श्रीमान र श्रीमतिको मृत्यु भएको हो । बढैयाताल गाउँपालिका–७ पचासा बस्ने अर्जुन रिमाल र उहाँको पत्नि ललिता रिमालको मृत्यु भएको हो । अर्जुन २५ वर्षका थिए भने उनकी श्रीमती २३ वर्षकी थिईन् ।

त्यस्तै काठमाडौं महानगरपालिका–४ धुम्बराही चोकमा बा.९४ प ५३१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई राति दुर्घटना हुँदा बैतडी महारुद्र घर भएका ३३ वर्षीय भरत बहादुर चन्दको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो ।

त्यस्तै इच्छाकामना गाउँपालिका–५ शान्ति बजारमा तेल बोकेको ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा काठमाडौंको नागपोखरी बस्ने २२ वर्षिय पदम विक्रम थापा रहेका छन् ।

नारायणगढबाट पोखरा तर्फ जाँदै गरेको ना ७ ख ४२०६ नम्बरको तेल ट्याङ्करले बिपरित दिशाबाट आउँदै गरेको बा ९९ प ३०९३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते मोटरसाईकल चालकको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका–१० बासबारीमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । को ३९ प ९०७० नम्बरको स्कुर आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा युनिका बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
त्रियुगा नगरपालिका–९ राजाबास बस्ने १९ बर्षीया युनिकाको उपचारको क्रममा बिराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको हो । स्कुटर चालक बर्ष १३ का युनिक बुढाथोकी सामान्य घाइते भएका छन् ।

स्कुटर आफैं अनियन्त्रित भएर पल्टिँदा टाउकोमा चोट लागेपछि युनिकालाई उपचारका लागी जिल्ला अस्पताल उदयपुर र पछि न्यूरो अस्पताल बिराटनगर लगिएको थियो । स्कुटर चालकको विराटनगरमा उपचार भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here