Home News ससुराले ज्वाईले विदेश बाट पठाएको पैसाले घर बनाए। सबै पैसा खाए -छोरि...

ससुराले ज्वाईले विदेश बाट पठाएको पैसाले घर बनाए। सबै पैसा खाए -छोरि अन्तै अर्कै संग पठाए

5049
0

ससुराले ज्वाईले विदेश बाट पठाएको पैसाले घर बनाए। सबै पैसा खाए -छोरि अन्तै अर्कै संग पठाए




याे पनि पढ्नुहोस्

काठमाडौँ- आफूहरुको अनुरोधअनुसार अध्यक्ष एवं प्रधामन्त्री केपी शर्मा ओली केन्द्रीय सचिवालय बैठक डाक्न सहमत नभएमा ओलीसँग असन्तुष्ट नेकपाका सचिवालयका नेताहरुले मंगलबार साँझसम्म औपचारिक सचिवालय बैठकबारे निर्णय लिने तयारी गरेका छन्।

ओलीसँग असन्तुष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष वामदेव गौतमको समूहले ओलीले सहमत नभएमा आफैले औपचारिक सचिवालय बैठकको मिति तय गर्ने तयारी गरेको हो।

कार्यकारी अधिकार प्राप्त गरेपनि अध्यक्ष प्रचण्डलाई औपचारिक सचिवालय बैठक डाकेमा पार्टी फुटको घोषणा गर्ने चेतावनी ओलीले दिएपछि यो समूहले शुक्रबार पार्टी मुख्यालय धुम्बाराहीमा अनौपचारिक सचिवालय बैठकबाट शनिबार प्रधानमन्त्री ओलीलाई केन्द्रीय सचिवालय बैठकका लागि लिखित अनुरोध गर्ने निर्णय गरेको थियो।

त्यसैअनुसार यो समूहले शनिबार प्रधानमन्त्री ओलीलाई बैठक डाक्न सहमत हुन अनुरोध गर्दै लिखित पत्र बुझाएको थियो। समूहले बैठकका लागि ४८ घण्टा अल्टिमेटमसमेत दिएको थियो।

अल्टिमेटम सोमबार सकिएको थियो। तर अझै एक दिन प्रधानमन्त्री ओलीको सहमतिका लागि प्रतिक्षा गर्ने प्रवक्ता श्रेष्ठले बताएका थिए। त्यसका लागि श्रेष्ठ र अर्का वरिष्ठ नेता माधव नेपालले प्रचण्डलाई खुमलटारमै गएर अनुरोध गरेका थिए।

तर बैठकका लागि अनुरोध गर्दै लिखित पत्र बुझाएकै दिन यता प्रधानमन्त्री ओलीले पार्टीको आफू प्रथम मात्रै नभएर कार्यकारी अध्यक्ष पनि भएको, गुटगत निर्णयका आधारमा गरिएको बैठक डाक्ने अनुरोध अस्वीकार गर्ने र आफ्नो विशेषाधिकार अनुसार सरकारको कामकारवाही अघि बढाउने चेतावनी सार्वजनिकरुपमा दिएका थिए।

खासगरी प्रधानमन्त्री ओली र प्रचण्ड-नेपालसमूहबीच द्वन्द्व बढ्दै जाँदा पार्टी फुटको संघारमा पुगेको छ।

ओलीले पटकपटक आफ्नो सहमतिविपरीत बैठक डाकेमा पार्टी फुटाउने धम्की दिएपछि यो समूहलाई पार्टी एकताको रक्षा गर्दै ओलीलाई तह लगाउनुपर्ने चुनौति देखिएको छ।

पार्टीका दोस्रो तहका नेताहरुले पार्टी एकताका लागि दुई अध्यक्ष मिल्नुको विकल्प नभएको भन्दै बालुवाटार र खुमलटार दौडधूप जारी राखेका छन्।

पार्टी प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओली बैठकका लागि सहमत नभएमा साँझसम्म कुनै निष्कर्षमा आफूहरु पुग्ने र सम्भवत आफूहरुको केन्द्रीय सचिवालयको औपचारिक बैठक अब पार्टी मुख्यालय धुम्बाराहीमै राख्ने जानकारी दिए।

उनले मगंलबार देशसञ्चारलाई भने,‘ आन्तरिक छलफल भइरहेको छ। साँझसम्म कहिले बैठक डाक्ने भन्ने निधो गरिन्छ होला। तर हामी प्रधानमन्त्रीको सहमतिको अझै आस गरिरहेका छौँ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here