Home News भर्खरै हनुमन्ते खोलाको बाढीले यसरी डुबायो भक्तपुर, ठुलो जनधनको क्षति, पिडामा जनता

भर्खरै हनुमन्ते खोलाको बाढीले यसरी डुबायो भक्तपुर, ठुलो जनधनको क्षति, पिडामा जनता

75
0

अविरल वर्षाले हनुमन्ते खोलामा पानीको सतह बढेको छ । हनुमन्ते खोलामा आएको बाढीले खोला दायाँबायाँका होचा क्षेत्र डुबाएको छ । वर्षा हुने क्रम नरोकिएकाले बस्तीमा बाढी पस्ने जो*खिम बढेको,खोलामा आएको बाढीले डुबानमा पर्नसक्ने सम्भावित क्षेत्रका बासिन्दालाई सुर*क्षित रहन आग्रह !!

५ साउन, काठमाडौं । पानी नपर्दै पनि एक वृद्ध छाता लिएर सडकमा हिँडिरहेका हुन्छन् । कसैले सोध्छ, ‘ए बाजे, किन छाता लिएर हिँडेको ?’ वृद्धले जवाफ फर्काउँछन्, ‘मौसम विभागले पानी पर्दैन भनेको छ, त्यही भएर ।’

मौसम विभागले गरेको पूर्वानुमान नमिलेको भनेर व्यङ्ग्य गर्न केही वर्ष अगाडि एउटा पत्रिकामा छापेको कार्टुन हो यो । तर अहिले अवस्था केही फेरिएको महसुस हुन थालेको छ । मौसमबारे गरिएको पूर्वानुमान मिल्न थालेको छ ।

मनसुन अझ सक्रिय हुँदै जाँदा मौसम पूर्वानुमानको महत्व बढ्दै गएको छ किनकि यसले सम्भावित विपद्लाई रोक्न सक्छ र जनधनको उल्लेख्य क्षति हुनबाट बचाउन सक्छ । यस्तो अवस्थामा मौसम विभागचाहिँ कसरी काम गर्ने रहेछ त ? यसै जिज्ञासाका साथ काठमाडौँस्थित महाशाखाको कार्यालयकम पुग्दा कोही नागरिकका जिज्ञासा सुन्दै थिए भने कोही आगामी मौसम पूर्वानुमानलाई व्यवस्थित गरिरहेका थिए ।

कोही अन्य मुलुकका जोखिम हेरेर नेपालको मौसम र अवस्था दाँजेर रिर्पोटिङ गरिरहेका थिए । र, त्यो सबैलाई एकीकृत गरेर देखाइएका ठूला तीनवटा कम्युटर स्क्रिन हेर्दै थिए, वरिष्ठ जलविद् एवं विभागका सूचना अधिकारी विक्रम श्रेष्ठ । स्क्रिनमा कहाँकहाँ बादल लागिरहेको छ, कहाँ पानी बोकेको बादल छ, कहाँ पानी परिरहेको छ, कहाँ बढी खतरा छ भनेर देखाइएको थियो ।

स्वचालित प्रविधिबाट प्राप्त सूचनाहरूलाई एकीकृत गरेर आगामी २४ घण्टे आकलन, आगामी तीन दिनको आकलन, वर्तमानको अवस्थालाई देखाइएको थियो ।

स्क्रिनका सूचनाहरू देखाउँदै सूचना अधिकारी श्रेष्ठले संवत् २०७२ पछि विभागले गरेको पूर्वानुमान विश्वसनीय भएको र सोहीअनुसार नागरिकबाट प्रतिक्रिया पाउन थालेको बताए । कम्तीमा तीन दिनको मौसम अनुमान मिलाउन सफल भएको बताउँछन् उनी ।यो सफलता केही वर्षदेखिको निरन्तरको प्रयास र प्रविधिको विकासका कारण भएको उनी सुनाउँछन् ।

देशका ठूला र मझौला तथा सहायक नदीहरूमा बाढी आउने चारदेखि ६ घण्टा अगावै र साना खेलामा बाढी आउनुभन्दा दुई घण्टा अगावै पूर्वसूचना दिनसक्ने प्रणाली विभागसँग छ ।

सूचना अधिकारी श्रेष्ठका अनुसार वर्षा र जलसम्बन्धी सूचना सङ्कलन गर्न आधुनिक केन्द्रहरू सञ्चालनमा छन् । हाल प्रयोग गरिएका उपकरण र प्रविधि युरोप तथा अमेरिकाका विकसित देशमा प्रयोग भएकै खालको छ । त्यसलाई नेपालको परिप्रेक्षमा थप सुधार गरेर प्रयोगमा ल्याइएको विभागले जनाएको छ ।

बाढीको सम्भावना आकलन गर्न देशभर २०० वटा केन्द्र छन्, जसमध्ये १०४ मा स्वचालित उपकरण जडान गरिएका छन् । स्वचालित मेसिनबाट १० मिनेटको अन्तरालमा खोलाको अवस्था थाहा पाउन सकिन्छ । सोहीअनुसार बाढीको सम्भावना आकलन गरेर विभागले सम्बद्ध निकाय र नागरिकलाई पूर्वसूचित गर्ने गर्छ ।

बाढीसम्बन्धी अध्ययन तथा सूचना प्रवाहका लागि कोशी, गण्डकी र कर्णाली गरी तीन मुख्य र महाकाली, बबई, पश्चिम राप्ती, वाग्मती, कमला र कन्काई गरी छ वटा मध्यमस्तरका नदी पहिचान गरिएको छ । तिनै नदीका जल सतहलाई आधार मानी आसपासका क्षेत्रका लागि पूर्वानुमान गर्ने गरिएको छ । यसैगरी वर्षाको सन्दर्भमा पनि १५० भन्दा बढी केन्द्रहरूमा तत्कालै हेर्न मिल्नेगरी स्वचालित मेसिनहरू जडान गरिएको छ ।

खतराबारे नागरिकलाई सोझै जानकारी

सम्बद्ध निकाय र नागरिकलाई जोखिमको जानकारी दिन विभागले छुट्टै हटलाइनको व्यवस्था गरेको छ । साथसाथै आफ्नो वेबसाइटबाट अनलाइन सूचना प्रवाह पनि गर्ने गरेको छ ।

बाढी, पहिरो तथा डुबानको पूर्वजानकारी लिन ११५५ मा चौबिसै घण्टा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ । विभागले खतराको जानकारी एसएमएसमार्फत समेत दिने गरेको छ ।

आइतबार बेलुकीसम्मको तथ्याङ्कअनुसार विभागले बाढी, पहिरोको जोखिमबारे नागरिकलाई सूचित गर्दै यस वर्ष २९ लाखभन्दा बढी एसएमएस पठाएको छ । अधिकांश एसएमएस तराई र चुरे क्षेत्रका नागरिकलाई पठाइको छ । ‘अधिकतः वर्षा र बाढीको जोखिम जब बढ्छ, तब जोखिमयुक्त क्षेत्रका नागरिकहरूलाई कम्तीमा चार घण्टाअगाडि नेपाल टेलिकम र एनसेलमार्फत एसएमएस पठाउछौं’ सूचना अधिकारी श्रेष्ठ भन्छन् ।

नागरिकलाई सोझै खतराबारे जानकारी दिँदा कतिपयले नबुझेर फोन गर्ने गरेको, कतिपयले स्थानीय भाषामा भए हुने भन्ने सुझाव दिने गरेको उनी सुनाउँछन् । हालसम्म विभागले जोखिमको खतराबारे जानकारी नेपाली भाषामा लेखेर पठाउने गरेको छ ।

त्यस क्रममा नागरिकलाई पनि खतरा छ भन्ने लागेमा सूचना दिन आग्रह गर्ने गरिएको विभागले जनाएको छ ।

अबको चुनौती : थप प्रविधि र दक्ष जनशक्ति

मौसम पूर्वानुमान प्रणालीमा सुधारले धेरै मानिसको ज्यान बचेको भए पनि अझै पर्याप्त नरहेको समद्ध अधिकारीहरू बताउँछन्् । ‘विश्वका विभिन्न मुलुकमा एक वर्षसम्मको मौसम पूर्वानुमान गर्नसक्ने क्षमता छ,’ विभागका सूचना अधिकारी श्रेष्ठ भन्छन्, ‘नेपालसँग अहिलेको परिस्थितिमा तीन दिनसम्मको पूर्वानुमान मात्र विश्वसनीय तरिकाले गर्न सकिने प्रविधि छ ।’

बाढीका हकमा तीन/चार घण्टाअगाडि मात्र सही पूर्वानुमान गर्न सकिने अवस्था छ । अब यसलाई बढाउँदै लैजानुपर्ने आवश्यकता रहेको विभाग बताउँछ । ‘लामो समयको रियलटाइम सूचना पूर्ण रूपमा दिन सक्ने अवस्थामा छैनौं । त्यसमा राम्रोभन्दा राम्रो प्रविधि भित्र्याउनुपर्छ,’ श्रेष्ठ भन्छन्, ‘प्रविधि मात्र भित्र्याएर पनि भएन, प्रविधिलाई चलाउन जान्ने क्षमतावान् कर्मचारी हुनुपर्छ ।’

उनका अनुसार केन्द्रमा १५० को हाराहारीमा र क्षेत्रीय कार्यालयहरूमा समेत गरी २५१ जना कर्मचारी छन् । तीमध्ये अधिकांश विभिन्न तहका प्राविधिकहरू छन् । श्रेष्ठ भन्छन्, ‘यति कर्मचारीले पुग्दैन । विकास निर्माणका कुरामा प्राथमिकता दिएर सरकारले जति बजेट छुट्याउँछ, सूचना प्रविधिलाई पनि सरकारले प्राथमिकतामा राख्नुपर्छ ।’

विगतमा भन्दा यस वर्ष बढी खतरा

जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्षको वर्षा विगतको भन्दा केही फरक छ । पछिल्लो जाडोयाममा विगत ३० वर्षयताकै बढी वर्षा भएको छ ।

यस वर्ष प्रि–मनसुनमा पनि बढी पानी परेको छ तर मनसुन सामान्य समयमा नै सुरु भएको छ ।

‘प्रि–मनसुनमा बढी पानी पर्नु भनेको विगतका वर्षहरूमा भन्दा यस वर्ष बढी खतरा छ भन्नु हो’ सूचना अधिकारी श्रेष्ठ भन्छन्, ‘वर्षा भइसकेपछि जमिनहरू भिजिसकेको, थिलथिलो अवस्थामा हुन्छन् । वर्षा अधिकतम नहुँदा पनि बाढी पहिरोको प्रशस्त जोखिम हुने देखिन्छ ।’

उनका अनुसार भारत र नेपालको सीमा क्षेत्रमा विकास भएको न्यून चापीय प्रणाली नेपालतर्फ सर्ने क्रममा छ । त्यसैले केही दिनयता भारी वर्षा भइरहेको हो । यो क्रम सात गतेसम्म निरन्तर जारी रहन्छ ।

वर्षा कम भए पनि पानीले कमजोर बनाएको जमिन खस्ने अर्थात् पहिरो जाने खतरा पछिसम्मै रहन्छ । विभागका अनुसार बाढी र डुबानको खतरा नौ गतेसम्मै छ । पूर्वी र मध्य नेपालमा धेरै खतरा छ । प्रदेश नम्बर एक, प्रदेश नम्बर दुई, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर पाँचका साना, ठूला तथा मझौला नदीहरूमा बाढी आउने सम्भावना बढी रहेको श्रेष्ठ बताउँछन् ।

‘सुनकोसी, भोटेकोसीलगायत कोसीका सहायक नदीहरूमा उल्लेख्य बहाव बढ्ने र सर्तकता तहभन्दा बढी पुग्ने देखिएको छ । मझौला तथा ठूला खोलाहरूमा पनि बहाव उच्च रहने र बिस्तारै घट्ने देखिन्छ, श्रेष्ठ भन्छन्, ‘तिनाउ, राप्ती, बबईलगायतका मझौला खोलाहरू पनि यसपटक सर्तकता तहसम्म पुग्ने देखिन्छन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here