Home News आयो खुशीको खबर,अमेरिकाले गर्यो नेपाललाई य*तिठुलो सहयोग, अमेरिकी सरकार नेपालसँग साझदारी गर्न...

आयो खुशीको खबर,अमेरिकाले गर्यो नेपाललाई य*तिठुलो सहयोग, अमेरिकी सरकार नेपालसँग साझदारी गर्न तयार

10627
0

आयो खुशीको खबर,अमेरिकाले गर्यो नेपाललाई य*तिठुलो सहयोग, अमेरिकी सरकार नेपालसँग साझदारी गर्न तयार



याे पनि पढ्नुहोस्

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार, अनियमितता संरक्षण गरेको आरोप लगाएका छन् ।वाइड बडी विमान खरीद, सुरक्षण छापाखाना खरिद, सञ्चारमन्त्रीको टेप प्रकरण, यति होल्डिङ्गसँगको अपारदर्शी र शंकास्पद कारोबार, चिनी आयात घोटाला, कोरोना संक्रमणको नियन्त्रणका लागि स्वास्थ्य सामाग्री खरीदमा ओम्नी समूहको साँठगाँठ आदि प्रकरणमा प्रधानमन्त्री ओलीले भ्रष्टाचारीहरूको संरक्षण गरेको आरोप लगाएका हुन् ।

पार्टीको कार्यकारी अध्यक्षसमेत रहेका प्रचण्डले तयार पारेको दस्तावेजमा भनिएको छ, “बजेट सार्वजनिक गर्नुअघि अतिगोप्य राख्नुपर्ने राजश्वका दर रेट परिवर्तनलाई चुहाएर विद्युतबाट चल्ने गाडी र चकलेट आयातमा अनियमितता जस्ता प्रकरण सार्वजनिक भए ।यस्ता प्रकरणमा मुछिएकाहरुको प्रतिरक्षा गरेर क. के.पी. शर्मा ओलीले भ्रष्टाचारलाई प्रोत्साहन र संरक्षण गर्नुभयो ।”त्यस्तै प्रचण्डको प्रतिवेदनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्वच्छ सरकार र सुशासनको कार्यदिशाविपरीत प्रधानमन्त्रीले सरकार चलाएको बताइएको छ ।

देश र जनताको आवश्यकता र आकांक्षाप्रति संवेदनशील हुनुको साटो प्रधानमन्त्री व्यक्तिवाद र व्यक्तिपूजातर्फ प्रवृत्त रहेको भनिएको छ । “तत्काल नगरि नहुने काममा लाग्नु भन्दा कार्यान्वयन नहुने कुरा गरेर सस्तो लोकप्रियता आर्जन गर्नेतर्फ उहाँले बढी रुचि राख्नुभयो । भ्रष्टाचार, दुराचार, व्यभिचार र कमिशनखोरी नियन्त्रण र समाप्त गर्नेतर्फ कुनै सार्थक पाइला चालिएन । नेपाल कम्युनिष्ट पार्टीको बहुमत प्राप्त सरकारबाट जनताले सुशासनको आशा गरेका थिए । हाम्रो पार्टीको सार्वजनिक प्रतिबद्धता पनि त्यही थियो ।तर यस अवधिमा भ्रष्टाचारका अनेकौं प्रकरण भए ।

यस्ता प्रकरणहरुमा अख्तियार प्राप्त निकायले छानबिन गरी सम्बन्धित व्यक्ति निर्दोष वा दोषी भए नभएको निक्र्यौल गर्नुपर्नेमा आरोपित व्यक्तिहरु निर्दोष रहेको घोषणा प्रधानमन्त्री स्वयम्ले गर्नुभयो । आरोपित माथि छानबिन समेत नहुने स्थिति सिर्जना गरियो ।यसबाट जनतामा पार्टी र सरकारप्रति नकारात्मक धारणा सिर्जना भयोे । ‘सत्तामा रहेको पार्टीभित्र भ्रष्टाचार, विचलन, नोकरशाही शैली, व्यक्तिवाद, पदीय अहंकार, नैतिक र चारित्रिक स्खलन र जनताबाट अलगावको प्रवृत्ति देखापर्ने खतरा अन्य बेला भन्दा प्रवल हुन्छ । यस्ता प्रवृत्तिहरुलाई सच्याउन व्यापक रुपमा अभियान सञ्चालन गर्नुपर्छ’ भनी पार्टीको राजनीतिक प्रतिवेदनको मार्ग निर्देशनको उपहास गरियो,” प्रतिवेदनमा भनिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here