Home News २०७७ सालको देउसी भैलो कृष्ण कंडेलले रमेश प्रसाईलाई सुम्पे पछि इन्द्रेणीको ऐतिहाँसीक...

२०७७ सालको देउसी भैलो कृष्ण कंडेलले रमेश प्रसाईलाई सुम्पे पछि इन्द्रेणीको ऐतिहाँसीक देउसी भैलो

489
0

२०७७ सालको देउसी भैलो कृष्ण कंडेलले रमेश प्रसाईलाई सुम्पे पछि इन्द्रेणीको ऐतिहाँसीक देउसी भैलो




याे पनि पढ्नुहोस्

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रवाद नक्कली भएको र त्यसले पार्टीलाई ठूलो क्षति पुर्‍याएको बताएका छन् ।

शुक्रबार सचिवालय बैठकमा पेस गरेको १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा आफू शक्तिशाली रहन ओलीले मुलुकको हितविपरीतका गतिविधि र निर्णय गरी आफ्नो राष्ट्रवादलाई नक्कली साबित गरेकाे आरोप प्रचण्डले लगाएका हुन् ।

प्रतिवेदनमा एमसीसीदेखि सीमा विवाद र भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखसँगको भेटसम्मका घटनाले ओलीको राष्ट्रवाद नक्कली भएको सन्देश जनतामा गएको उल्लेख छ ।

प्रतिवेदनकाे ४ नम्बर बुँदामा भनिएको छ, ‘नेपालको इतिहासमै पहिलो पटक कुटनैतिक मूल्यमान्यता र प्रधानमन्त्रीको प्रोटोकलविपरीत भारतीय संस्था ‘रअ’का प्रमुखसँग समकक्षीका रूपमा वार्ता र प्रेस नोट जारी गरेर नेपाल र नेपाली जनताको राष्ट्रिय स्वाभीमानमाथि गम्भीर आघात पुर्‍याउने कार्य गरियो ।’ रअ प्रमुख सामन्तकुमार गाेयलसँग प्रधानमन्त्रीले ५ कात्तिकमा भेट गरेका थिए ।

ओलीको व्यवहारलाई अपारदर्शी र अमर्यादित भन्दै प्रचण्डले पार्टीलाई यसले ठूलो क्षति पुर्‍याएको उल्लेख गरेका छन् ।

यो पनि..

प्रचण्डद्वारा ओलीको राजीनामा माग ! [प्रस्तावको पूर्णपाठसहित]
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का सम्बन्धमा पनि ओलीले पार्टीलाई गुमराहमा राखेको प्रचण्डको राजनीतिक प्रतिवेदनमा उल्लेख छ । ‘संसदमा अनुमोदनका लागि विचाराधीन सम्झौताबारे निर्णय नहुँदै सम्झौताका प्रावधानमा संशोधनका लागि अर्थमन्त्रीद्वारा एमसीसीसँग गोप्यरूपमा पत्राचार गरियो । यसबाट संसदकै विशेषधिकारको हनन गरियो ।’

लिम्पियाधुरासम्मको भूभागलाई समेटेर नक्सा जारी गर्न पार्टीले नै दबाब दिएको भए पनि ओलीले उल्टै नक्सा ल्याएपछि आफ्नै पार्टीका नेताले भारतसँग मिलेर आफूलाई हटाउन खोजेको भन्ने अभिव्यक्ति दिएको प्रचण्डको प्रतिवेदनमा उल्लेख छ ।

प्रचण्डको यो प्रतिवेदनपछि नेकपाभित्र थप खैलाबैला मच्चिएको छ । ओली पक्षका नेताहरूले प्रतिवेदन फिर्ता लिन प्रचण्डमाथि दबाब बढाएका छन् । प्रचण्ड पक्षका नेताहरू पनि पेस गरिएको प्रतिवेदनमाथि छलफल हुनुपर्ने अडानमा छन् ।

एक साताअघि एपीवान टिभीलाई दिएको अन्तर्वातामा ओलीले पनि प्रचण्डकाे नाम उल्लेख नगरी पार्टीभित्रबाटै सरकारविरुद्ध प्रचार भएको, सरकारलाई हस्तक्षेप गरेको, एकतालाई टुंग्याउने भन्दा पनि लम्ब्याउने काम गरेको, गुटबन्दी गरेको आरोप लगाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here