Home News नेपाली से’नालाई महान् र श*क्ति* शाली बनाएर फिर्ता ल्याउने हो ग्रेटर नेपाल

नेपाली से’नालाई महान् र श*क्ति* शाली बनाएर फिर्ता ल्याउने हो ग्रेटर नेपाल

1859
0

नेपाली सेनालाई महान् र शक्ति*शाली बनाएर फिर्ता ल्याउने हो ग्रेटर नेपाल




यो पनि पढ्नुहोस्

बाथरूममा नुहाउँदा यी कुरा ख्याल गर्नुभएन भने जान सक्छ ज्यान

यसैसाता काठमाडौंको मिलनचोकमा नुहाउन बाथरुम छिरेकी स्वशिका लिम्बू बाथरुमभित्रै बेहोस् भइन्। झापाकी २० वर्षिया लिम्बू मिलनचोकको रुमिज गर्ल्स होस्टेलमा बस्थिन्।

तेस्रो तलामा रहेको बाथरुममा नुहाउन छिरेकी उनलाई धेरै बेरसम्म पनि ननिस्केपछि भेन्टिलेसन फोरेर हेर्दा बेहोस अवस्थामा भेटियो। उनलाई तत्कालै हस्पिटल त पुर्‍याइयो, तर उनको मृत्यु भइसकेको थियो।

त्यसको एक दिनअघि ललितपुरमा पनि उस्तै घटना भयो। वीरगन्ज घर भएकी १९ वर्षीया जेनिथ चौहानको बाथरुममा निसास्सिएर मृत्यु भएको थियो । उनी ललितपुरको सुरिवा गर्ल्स होस्टलमा बस्थिन्। भक्तपुरको सिर्जनानगर घर भएकी निजामति सेवामा कार्यरत जुनु भट्टराईको जीवनमापनि यस्तै घटना भएको छ । बाबाले ढोका फोरेर तत्कालै अस्पताल पुर्याउनुभयो अनि मात्र मैले पुर्नजीवन पाए उनी सुनाउने गर्छिन् ।

यी घटना त प्रतिनिधि घटना मात्र हुन् । धेरै मानिसको मृत्यु नुहाउने बेला बाथरुममा होस नपुर्याउँदा भएको छ । यो रेकर्ड विभिन्न अस्पतालमा छ । उनीहरू ग्यास गिजर वा सोलारबाट आउने तातो पानीमा नुहाउन छिरेका थिए। र, निसास्सिएर बेहोस भएका थिए। लामो समयसम्म बेहोस भएको थाहा नपाउदा मृत्यु भएको प्रारम्भिक बुझाइ प्रहरीको छ।

यी त प्रतिनिधि घटना हुन्। यस्ता घटना कहाँ कति भएका छन्, यकिन छैन। जोडो मौसममा नुहाउन बाथरुमभित्र मात्रै होइन, कोठा तताउन बालिएको हिटरको कारणले पनि निसास्सिएर मृत्यु हुने गरेको छ।

फिजिसियन डाक्टर निमेश पौडेल यस्तो मृत्युमा ग्यास गिजर मात्रको दोष हैन। बाथरूममा राखिने भेन्टिलेसन पनि हो भन्नुहुन्छ । ‘हामी प्रायः नुहाउन बाथरुम छिर्दा झ्याल ढोका लगाउँछौं, अनि ग्यास गिजन चलाउछौं,’ अथवा सोलारबाट आएको तातो पानी खोल्छौ पौडेलले भने, ‘त्यसपछि ग्यास गिजरबाट निस्कने कार्वन मोनोअक्साइडको मात्रा शरीरमा बढ्दै जान्छ, अक्सिजन कमी हुन्छ र मानिस बेहोस हुन्छन्।’

बेहोस बिरामीलाई तत्कालै खुल्ला ठाउँमा वा पर्याप्त अक्सिजन भएको ठाउँमा लैजान सके बचाउन सकिन्छ। ‘तर, हाम्रोमा बाथरुम छिरेर लामो समय बस्ने र बाहिर कसैले वास्ता नगर्दा यस्तो जोखिम बढेको छ,’ उनले भने। यस्ता घटना धेरै भएपछि विदेशी धेरै मुलुकमा वाथरुममा चुक्कुल नै राखिदैन । तर हाम्रोमा बाथरुम भित्र छिरेरपनि चुक्कुल लगाएर नुहाउने बानी छ । केही भएको थाहा पाएपनि निकाल्न समय लाग्छ । यसले गर्दा बचाउन सकिन्न ।

नुहाउँदा थाहा नै नपाई बेहोस नहुने उनले बताए। सुरूमा टाउको दुख्ने, रिंगटा लाग्ने हुन्छ। त्यसलाई ख्याल नगर्दा पछि दिमागले काम गर्न छोड्छ। ‘कहाँ छु भन्ने थाहा हुन छोड्छ। र, मानिस बेहोस हुन्छ,’ उनी भन्छन्। यस्तै, टेकु अस्पतालका फिजिसियन डाक्टर शेरबहादुर पुन पनि पौडेलको जस्तै तर्क गर्छन्।

‘यसको मुख्य कारण भनेको अक्सिजन पर्याप्त नहुनु हो। ग्यास गिजरबाट निस्कने हानीकारक रसायनले मानिसको मत्यु हुन्छ,’ उनले भने। उनी ग्यास गिजर किन्दा, जोड्दा यसको प्रयोग कसरी गर्ने भन्ने जानकारी नदिँदा जोखिम अझै बढेको बताउँछन्।

‘गिजर जोड्ने मान्छे आउँछ जोडेर जान्छ, त्यसलाई कसरी प्रयोग गर्ने भन्ने सिकाएको भेटिँदैन,’ पुनले भने, ‘प्रायः परिवारमा पनि यस विषयमा चर्चा गरेको पाइँदैन। त्यसैले यस्तो दुर्घटना बढेको छ।’

पौडेल गिजर अन गरेर लामो समयसम्म बाथरुममा नबस्न सुझाव दिन्छन्। भन्छन्, ‘कसैको एक घण्टा वा लामो समय बाथरुममा बस्ने बानी हुन्छ, गिजर खोलेर नुहाउँदा बेला–बेलामा बन्द गर्नुपर्छ र सकेसम्म छिटो नुहाइसक्नुपर्छ,’ उनले भने। पुन भने परम्परागत तरिकाले पानी तताएर बाथरुममा लगेर नुहाउन सल्लाह दिन्छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here