Home News नेतालाई देश सुम्पेको केही बर्षमै देश खोक्रो बनाए भन्दै राजा ज्ञानेन्द्रले लिए...

नेतालाई देश सुम्पेको केही बर्षमै देश खोक्रो बनाए भन्दै राजा ज्ञानेन्द्रले लिए यस्तो निर्णय … पूरा हेरि सक्दो शेयर गरौ

5166
0




नेतालाइ देश सुम्पेको केही बर्षमै देश खोक्रो बनाए भन्दै राजा ज्ञानेन्द्रले लिए यस्तो निर्णय …पूरा हेरि सक्दो शेयर गरौ

पूर्व राजा ज्ञानेन्द्र शाहले देश बन्ने र बनाइने सपना देखेका नेपालीहरुले अहिले देश कसरी बचाउने भन्ने चिन्तामा पुगेको उल्लेख गर्नु भएको छ । उहाँले हरेक उपलब्धिहरु परिवर्तन हुन तर हरेक परिवर्तनहरु उपलब्धिमुलक बन्न नसक्ने रहेछन् भन्ने पुष्टि भएको बताउदै परिवर्तनका नाममा समेटिएका असामयिक र असान्दर्भिक कार्यसूचीका कारण देशको अवस्था चिन्ताजनक बनेको उल्लेख गर्नु भएको छ । नेपालीबीचको सामाजिक सद्भाव मेटिदै गएको उल्लेख गर्दै पूर्व राजा शाहले तराई, पहाड र हिमाल माझको एक्यभाव तोड्ने भगिरथ प्रयत्न समेत भइरहेको बताउनु भएको छ ।

अव समिक्षा र आत्ममूल्यांकन गर्ने घडी आएको चर्चा गर्दै उहाँले आफैलाई साक्षी राखेर देश र देशबासीका पक्षमा केही गर्ने प्रण गर्न पनि सबैमा आग्रह गर्नु भएको छ । विजया दशमीको पावन अवसरमा शुभकामना विज्ञप्ती जारी गर्दै पूर्व राजा शाहले अगाडि भन्नु भएको छ ‘देश शान्त, सूखी र सम्वृद्ध बन्ने आशामा हामीले गरेको सहमति अभिभाज्य मूलूक र सद्भावपूर्ण राष्ट्रिय एकताका निम्ति थियो भन्ने तथ्य पूनः स्मरण गराउंदछु ।’

उहाँले देशमा शान्ति सूव्यवस्था बन्ने, एउटा नेपाली अर्को नेपालीबाट मर्नू मारिनू नपर्ने, अपराधिक कृयाकलापमा न्युनीकरण हूने, कोपिला बालबालिकाहरु समेत सूरक्षित र संरक्षित रहन सक्ने, विभिन्न आकार प्रकारका सरकारहरुबाट जनतामाथि आर्थिक भार कम हूने, जनताको जीवन सूखमय बन्ने, राष्ट्रिय एकता र सार्वभौमिकता थप मजबुद हूने तथा असहिष्णू व्यवहार निरुत्साहित हूंदै जाने विश्वास आफुले लिएको पनि विज्ञप्तीमा उल्लेख गर्नु भएको छ ।

नेपाल राष्ट्र भन्नु नै यज्ञीय, मन्त्रीय, तन्त्रीय, वैदिक, अनूष्ठान, साधना र परम्पराले व्यष्ठित रहेको उल्लेख गर्दै कोट, मौलो, खड्ग, छत्र, शिला, कलश, शक्तिपीठका प्रतिककारुपमा रही नेपाली समाजमा देवी महात्म्यम् आरध्य रहेको बताउनु भएको छ । तर पछिल्लो समय हाम्रा मौलिक धर्म, संस्कृति र चाडपर्वहरु संकटमा पर्दै जानू सबै नेपालीका लागि विषद् विषय बनेको पनि पूर्व राजा शाहद्वारा विज्ञप्तीमा उल्लेख गर्नु भएको छ । उहाँले श्री नवदुर्गा भवानीले सबै नेपालीमा सत्प्रेरणा प्रदान गरुन् भन्दै नेपालीबीचको आपसी प्रेम, सद्भाव र सम्मानको पूनर्जागरण होस्, भन्ने कामना पनि गर्नु भएको छ ।

याे पनि पढ्नुहोस्

ओलीले अब एक पद त्याग गर्नुपर्ने प्रचण्ड-नेपाल पक्षको अडान

काठमाडौँ – पार्टी निर्णयविपरीत चलेको निष्कर्ष निकाल्दै नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी गरेका असन्तुष्ट पक्षका सदस्यहरुले पार्टीको तत्कालीन संकट निवारणका लागि ओलीले एक पद त्याग गर्नुपर्ने अडानमा एक हुने रणनीति निर्माण गरेका छन्।

असन्तुष्ट पक्षको नेतृत्व गरेका पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्धारा शुक्रबारको सचिवालय बैठकमा प्रस्तुत प्रस्तावमै ओलीले त्याग गर्नुपर्ने स्थिति आएको उल्लेख गरिएकाले त्यसमै टेकेर ओलीलाई एक पदबाट हट्न दबाब दिने रणनीति उनीहरुले बनाएका हुन्।

प्रचण्डले उक्त प्रस्ताव फिर्ता नलिए मंसिर ३ गते निर्धारित केन्द्रीय सचिवालय बैठक नडाक्ने अडान ओली पक्षले लिए पनि बैठक डाकेर ओलीलाई एक पद त्यागका लागि दबाब दिने तयारी प्रचण्ड पक्षको छ।

‘कार्यशैली सच्याउन पनि तयार नहुने, बैठक पनि डाक्न तयार नहुने ओलीलाई अब कम्तीमा एक पदबाट हामीले हटाइछोड्नु पर्ने भएको छ। पार्टी निर्णय लागू गर्न ओलीलाई फेर्नुपर्ने बाध्यता हाम्रो हो,’ प्रचण्ड पक्षका एक सचिवालय सदस्यले देश सञ्चारसँग भने।

ओलीले पार्टी एकताको रक्षाका लागि भन्दा पनि धम्की मात्रै आउन थालेको र आफूहरुविरुद्ध केकस्तो कदम चाल्ने भन्नेमा राष्ट्रपतिसँग समेत पटकपटक छलफल गरेको अवस्थामा उनको विकल्प खोज्ने निर्णयमा आफूहरु पुगेको ती सदस्यले बताए।

ओलीको एक पदबाट राजीनामाका लागि प्रचण्डले तीन दिन यता लगातार आफ्ना पक्षका नेताहरुसँग परामर्श जारी राखेका छन्।

यो बीचमा प्रधानमन्त्री ओली प्रचण्ड पक्षका वरिष्ठ नेता माधवकुमार नेपाललाई चार पटक बालुवटार बोलाएर उनलाई मनाउने प्रयासमा असफल भएका छन्।

यस्तै हालै सर्वोच्च अदालतबाट सांसदमा रहन र मन्त्री बन्न पाउने बाटो खुलेपछि प्रचण्ड पक्षका नेता बामदेव गौतमलाई पनि ओलीले मनाउने हरप्रयास गरिरहेका छन्।

तर नेपाल र गौतम प्रचण्डको पक्षमा यसपटक दरिलोसँग उभिएपछि ओली अल्पमतमा परेका छन्। र, बहुमतले उनलाई कम्तिमा एक पदबाट हटाउने तयारी गरेको छ। ‘सकेसम्म हामी ओलीलाई पार्टी अध्यक्षबाट हटाउनेमा केन्द्रीत हुने छौँ।

उनले प्रचण्डलाई कार्यकारी अधिकार दिएर पनि त्यसमा पटकपटक हस्तक्षप गरेका छन्। ‘अब पार्टीलाई व्यवस्थित गर्न एकै अध्यक्ष बनाउनुपर्छ भन्ने हाम्रो मान्यता हो’,सचिवालयका ती सदस्यले भने।

पार्टीमा निर्णय गर्दा सहमत हुने तर पछि कार्यान्वयमा चुक्ने ओली प्रवृति हटाउनका लागि आफूहरु सक्दो लागेको तर सोही समयमा पार्टी बचाउनु पर्ने दायीत्व पनि आफ्नो काँधमा आएको उनी बताउँछन्।

आफ्नो राजीनामा माग्न ठिक्क परेको भन्दै सुरुमा केन्द्रीय सचिवालय बैठक बोलाउन तयार नभएका ओलीले प्रचण्डलाई विभिन्न आरोपसहित जबाफी पत्र पठाइसकेपछि २८ गते बैठक राख्न उनी सहमत भएका थिए।

तर प्रचण्डले ओलीलाई ‘काउन्टर’मा १९ पृष्ठ लामो प्रस्ताव र अर्को एक खण्डनपत्र बुझाएपछि ओली पक्षले त्यो प्रस्ताव फिर्ता नभएसम्म अब बैठक मात्रै नबस्ने होइन, संवादसमेत अघि नबढ्ने चेतावनी दिइसकेको छ।

प्रचण्ड पक्षका चारजना सदस्यले नै प्रचण्डले पेश गरेको प्रस्तावको खुलेर अपनत्व लिएका छन्।

नेता खनालले देशसञ्चारलाई भने,‘कार्यकारी अध्यक्षबाट बैठकमा प्रस्तुत भएको प्रस्ताव हामी सबै पाँच जना नेताले अपनत्व गरेको विषय हो। यो न फिर्ता हुन्छ, न यसको छलफलबाट प्रधामन्त्री भाग्न मिल्छ।’

यस्तै उनले तोकिएको समयमा केन्द्रीय सचिवालय बैठक भएर छोड्ने दाबी समेत गरे। ओलीले यो बीचमा प्रचण्ड पक्षबाट अलग बनाउन नेता गौतमलाई आफ्नो सरकारमा सामेल भएर आफूलाई सहयोग गर्न पटकपटक आग्रहसमेत गरेका छन्। तर पटकपटक धोखा खाइसकेका गौतमले यसपटक आफू मन्त्री नहुने, विधि र पद्धतिका लागि लडाईँमा उत्रिएको र ओली सच्चिनुको विकल्प नभएको अडान लिएका छन्।

६९ दिनको लामो अन्तरद्वन्द्व अन्त्य गर्दै गत भदौ २६ गते नेकपाले १५ बुँदे प्रस्ताव पारित गरेको थियो। प्रस्तावमध्ये ओली सरकारको काममा केन्द्रीत हुने, दाहाल कार्यकारी अधिकारसहित पार्टीको काममा केन्द्रीत हुने तर काम गर्दा एकअर्कासँग समन्वय गर्ने निर्णय एक थियो।

तर ओलीले दाहालको कार्यकारी अधिकारमाथि फेरि हस्तक्षप सुरु गरेको, राष्ट्रलाई क्षति पुर्याउने हिसावमा कामकारवाही अघि बढाएको आरोप दाहाल पक्षको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here