Home News तिहारको दिन संसारलाइ रुवा’ उने हस्पी’टल भित्रको कारु’णीक दृश्य महान श्रीमान बिनोदको...

तिहारको दिन संसारलाइ रुवा’ उने हस्पी’टल भित्रको कारु’णीक दृश्य महान श्रीमान बिनोदको माया (भिडियो हेर्नुहोस्)

49860
0

तिहारको दिन संसारलाइ रुवा’उने हस्पीटल भित्रको कारु’णीक दृश्य महान श्रीमान बिनोदको माया Anita & Binod




याे समचार पनि पढ्नुहोस्

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र उनीसँग आक्रोशित अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधकुमार नेपाललगायत पाँच जना सचिवालय सदस्यहरुबीचको तिक्तता कायम रहेका बेला ओलीका तर्फबाट प्रचण्डलाई मनाउन सोमबार खुमलटार पुगेका महासचिव विष्णु पौडेल निराश फर्के।

आफूसँग असन्तुष्ट बनेका नेताहरुलाई पालैपालो बालुवाटार बोलाएर सुझाव लिने र सरकार तथा पार्टी एकतालाई प्रभावकारी बनाउने भन्दा पनि धम्की दिनेक्रम जारी राखेका ओलीले महासचिव पौडेललाई खुमलटार पाठएका थिए, प्रचण्डको आफूविरुद्ध चाल बुझ्न।

पार्टी स्रोतका अनुसार यो बीचमा दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपनि आफूबिरुद्ध स्पष्ट बहुमत हुने देखेपछि त्यसबाट ओली केही पछि हटेका छन्।

र, आफूलाई त्याग गर्न अर्थात प्रधानमन्त्रीबाट हट्न घुमाउरो आग्रहसहित सचिवालय बैठकमा १९ पृष्ठ लामो प्रस्ताव पेश गरेका प्रचण्डलाई त्यो फिर्ताका लागि आफ्ना योद्धाहरुलाई खुल्लारुपमा आग्रह गर्न लगाएका ओलीले भित्र भने प्रचण्डको अबको रणनीति बुझ्न पौडेललाई खुमलटार पठाएको असन्तुष्ट पक्षका एक सदस्यले देशसञ्चारलाई बताए।

‘महासचिवले जतिपटक प्रचण्डलाई भेट्छन्, त्यति पटक मिल्नुपर्छ भन्छन्। प्रचण्डलाई पगाल्न ओली पनि ठिक छैन भन्छन्। त्यो उनले ओली र प्रचण्डलाई मिलाउनका लागि लिएको नीति हो कि आफ्नो भविष्य सुरक्षित राख्ने नीति हो?’

तर ओलीले अब प्रधानमन्त्री पदबाट राजीनामा गर्नै पर्ने निष्कर्षमा पुगिसकेका प्रचण्डले पौडेलमार्फत ओलीप्रति कुनै पनि लचकता नदेखाएको बुझिएको छ।

पछिल्लो पटक प्रचण्डले खुलेरै आफ्नो प्रस्तावमा ओलीले भ्रष्टाचारलाई प्रोत्साहन गरेको, गुटबन्दी गरेको, कम्युनिष्ट नभएको, एकाधिकारवादी भएको जस्ता कडा आरोप लगाएका छन्।

त्यसलाई ओली पक्षका नेताहरुले प्रस्ताव नभई ‘अभियोग पत्र’का रुपमा चिनाउने प्रयास जारी राखेका छन्। आफ्नै पार्टीका नेताहरुले भ्रष्टाचारको संरक्षण गरेको आरोप यसपाली ओलीका लागि सबैभन्दा बढी असहीय बनेको बुझिन्छ।

ओली निकट एक स्थायी कमिटी सदस्यले सोमाबार देशसञ्चारलाई भने,‘आफ्नो अस्तित्व बिलिन हुँदै गएपछि व्यक्त गरिएको कुंठा मात्रै हो। मनलाग्दी आरोप लगाएर ल्याएको पत्रलाई प्रस्ताव भन्न मिल्दैन। यसबारे बैठकमा छलफल हुने कुनै सम्भावना छैन।’

त्यसैले प्रचण्डले प्रस्ताव फिर्ता नगरेसम्म दुईपछि अर्थात मंसिर तीन गते निर्धारित सचिवालय बैठक हुन नदिने या त्यसमा भाग नलिने अडान ओली पक्षले सार्वजनिकरुपमै लिएको छ।
यति मात्रै होइन प्रचण्डको प्रस्तावले पार्टी एकतालाई भत्काउने चेतावनी पनि ओली पक्षले सार्वजनिकरुमै दिएको छ।

तर असन्तुष्ट पक्ष आफ्नो अडानबाट यसपटक बिचलित नहुने देखिन्छ। असन्तुष्ट पक्षका अर्का एक सदस्य भन्छन्,‘प्रस्ताव फिर्ता नलिए बैठक बोलाइन्न, संवाद गरिन्न भनिएको छ।

त्यो ब्यवहारमा कति उत्रिन्छ हेर्न बाँकी छ। तर हामी आफ्नो अडानमा तलमाथि भएका छैनौँ। मंसिर ३ गते ओली पक्ष सहभागि नभएपनि सचिवालयको औपचारिक बैठक हुनेछ।’

यो सँगै असन्तुष्ट पक्षले ओली पक्ष सहभागी नभएपनि उक्त बैठकबाट स्थायी कमिटी बैठकको मिती तय गर्ने तयारीसमेत गरेको छ।

स्वभाविकरुपमा स्थायी कमिटी बैठकले ओलीलाई राजीनामाका लागि निर्देशन दिनेछ। तर ओलीलाई प्रधानमन्त्रीबाट हटाउन संसदीय दलको बैठकको निर्णय आवश्यक पर्छ। जहाँ अहिलेको अवस्थामा परिवर्तन नआए ओलीविरुद्ध स्पष्ट बहुमत हुनेछ।

असन्तुष्ट पक्षका अर्का एक सदस्य भन्छन्,‘हालसम्म ओली पक्ष आफ्नो अराजक गतिविधिबाट टसमस भएको अवस्था छैन। झन दलविभाजनसम्बन्धी अध्यादेश ल्याउने, संसद विघटन गर्ने जस्ता कामहरुको गृहकार्य भइरहेको सुनिन्छ। त्यो भन्दा पहिल्यै नै हामी उहाँलाई बिदा गछौँ। बहुमतबाटै सबै निर्णय हुनेछ।’

पार्टीलाई संकटबाट बचाउन अन्तिम विकल्प ओलीको प्रधानमन्त्री पदबाट बर्हिगमन नै भएको निष्कर्ष असन्तुष्ट पक्षको छ। त्यसका लागि असन्तुष्ट पक्षका सदस्यहरुले सोमबार तिहारका दिन पनि फोन संवादलाई जारी राखे।

यो बीचमा असन्तुष्ट पक्षका नेपाल र अर्का नेता बामदेव गौतमलाई फकाउने हरप्रयास गरेपनि ओली असफल भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here