Home News कुनैपनि हालतमा राजीनामा दिन्न भनेका ओलीले यो के गरे ? देशभरका नेताकार्यकर्तामा...

कुनैपनि हालतमा राजीनामा दिन्न भनेका ओलीले यो के गरे ? देशभरका नेताकार्यकर्तामा खुशीयाली

356
0

कुनैपनि हालतमा राजीनामा दिन्न भनेका ओलीले यो के गरे ? देशभरका नेताकार्यकर्तामा खुशीयाली Oli Prachanda



याे समचार पनि पढ्नुहोस्

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद चुलिएको छ । विवाद समाधानको लागि आजपनि सचिवालयको बैठक बसेको थियो । तर, प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले दश दिनको समय मागेपछि आजको बैठक सम्पन्न भएको थियो । गत कार्तिक २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले १९ पृष्ठ लामो राजनीतिक प्रस्ताव पेश गरेपछि नेकपाभित्रको विवाद झनै वारपारको अवस्थामा पुगेको छ ।यो बीचमा अध्यक्षद्धय ओली र दाहालसँग राष्टपति विद्यादेवी भण्डारीले बेग्लाबेग्लै भेटवार्ता गरिन् ।

Ads by AdMana.net
नेकपा विवाद समाधानको लागि राष्टपति सक्रिय भएको भनेर सामाजिक सञ्जालमा आलोचना भैरहेको छ । त्यतिमात्रै होईन, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी समेत नेकपा विवाद झनै चुलिएपछि सक्रिय भएको समाचार आए । उनले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा हिजो राति करिब दुई घण्टा लामो भेटवार्ता गरिन् ।उच्च स्रोतले जनाएअनुसार उक्त भेटमा राजदूत यान्छीले प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छोड्दा नै ओलीको लागि हितकर हुने सुझाव दिएकी थिईन् । यसअघि गत बैशाखमा नेकपाभित्र दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाल समूहले ओलीको दुवै पदबाट राजीनामा माग्दा राजदूत यान्छी सक्रिय भएकी थिईन् ।

उनले नेकपाका प्रायः सबै शीर्ष नेताहरुलाई घरघरमै पुगेर भेटेकी थिईन् । उनले पार्टी एकता सुदृढ गर्दै अघि बढ्दा नै राम्रो हुने सुझाव दिएकी थिईन् । यसपटक भने राजदूत यान्छीले ओलीलाई दुई मध्ये एक पद छोड्दा राम्रो हुने सुझाव दिएको स्रोतको दाबी छ ।

याे पनि पढ्नुहोस्
प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि भारतीय राजदुत विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ ।बुधबार जङ्गी अड्डामा भएको भेटवार्तामा दुई देशबीचका समसामयिक विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।प्रधानसेनापति थापा र राजदुत क्वात्राबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको छ । यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।

केही समय अगाडि भएको भारतीय स्थलसेनाध्यक्ष मनोज मुकुन्द नरवाणेको नेपाल भ्रमणपछि भारतीय राजदूतको प्रधानसेनापतिसँग यो पहिलो भेटघाट हो । नेपाल र भारतबीचको सीमा विवाद टुंगो लगाउन चाँडै औचापरिक बैठक बस्ने तयारी भइरहँदा भारतीय राजदूतले प्रधानसेनापति थापालाई भेट्नु अर्थपूर्ण छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here