Home News बाहिरियो श्रीमती को लागि भग’वान् बनेका श्रीमान बिनोद को बास्तविकता – सन्सार...

बाहिरियो श्रीमती को लागि भग’वान् बनेका श्रीमान बिनोद को बास्तविकता – सन्सार रु*वायो ( सम्मान स्वरुप सेयर गराै)

33983
0

बाहिरियो श्रीमती को लागि भगवान् बनेका श्रीमान बिनोद को बास्तविकता – सन्सार रुवायो Anita Binod Khadka




याे समचार पनि पढ्नुहोस् र मन परे सेयर गराै

नेपाली कांग्रेसका नेता एवं सांसद गगनकुमार थापाले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएका आरोप सार्वजनिक सरोकारका विषय भएको बताएका छन्। उनले नेकपा सचिवालय बैठकमा प्रचण्डले पेस गरेको राजनीतिक प्रस्तावमा समावेश भएका आरोपहरू नेकपाको आन्तरिक विषय मात्रै नभएको दाबी गरेका हुन्।

सरकार पूर्ण रूपमा असफल भएको निष्कर्ष निकाल्दै प्रधानमन्त्री ओलीमाथि प्रचण्डले लगाएका आरोपहरू सत्य भएको उल्लेख गर्दै नेता थापाले यसलाई नेकपाको आन्तरिक विषय भनेर प्रतिपक्षी चुप नलाग्ने स्पष्ट पारे। नेकपाको घरझगडा, राष्ट्रिय राजनीति र सरकार सञ्चालनबारे बुधबार सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै नेता थापाले प्रचण्डले लगाएका आरोपबारे प्रधानमन्त्रीबाट जवाफ खोजिने बताए।

‘आरोप लगाउने र आरोपित जसले जसलाई फकाए पनि जसले आएर ‘फकाइदिए वा मिलाइदिए’ पनि अब हाम्रो एक–एक प्रश्नको उत्तर दिन तयार पनि हुनुहोला,’ थापाले भने, ‘नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षले आफ्नै पार्टीका तर्फबाट बन्नुभएको प्रधानमन्त्रीको सन्दर्भमा उठाउनुभएको एकएक प्रकरणको हिसाबकिताब अब संसद् र सडक दुवैबाट मागिनेछ।’

प्रचण्डले प्रधानमन्त्री ओलीमाथि लगाएको आरोपमा नौला विषय नभए पनि आफ्नै पार्टीको संसदीय दलको नेताको रूपमा प्रधानमन्त्री बनाएको व्यक्तिविरुद्ध असक्षम र भ्रष्टाचारीलाई प्रोत्साहन र संरक्षण गरेको, राष्ट्रिय सुरक्षामा असंवेदनशील भएको निष्कर्ष निकाल्नुलाई सामान्य रूपमा लिन नहुनेमा उनले जोड दिएका छन्। उनले पार्टीभित्रको विवाद मिलाउने नाममा प्रधानमन्त्री ओलीविरुद्ध पेस भएको प्रस्ताव फिर्ता लिँदैमा आरोपबाट नजोगिने भन्दै ओलीले जवाफ दिनुपर्ने उल्लेख गरेका छन्।

‘अब दुई अध्यक्षको मन–मुटु मिल्दैमा, गुटहरू जोड्दैमा, कोही आएर रातारात मिलाइदिँदैमा अनि एक भयौं भनेर हात मिलाउँदैमा, आत्मआलोचना गर्दैमा अनि प्रस्ताव फिर्ता लिँदैमा सकिने विषय होइनन् सकिँदैनन्,’ नेता थापाले भने, ‘यी सार्वजनिक चासो र राष्ट्रिय सरोकारका विषय हुन् र यी विषयको उत्तर आरोपीले दिनुपर्छ, आरोप लगाउनेले दिनुपर्छ, प्रधानमन्त्रीले दिनुपर्छ, नेकपाले दिनुपर्छ।’ साथै उनले नेकपाको आन्तरिक शक्ति संघर्ष र कलहबीच विदेशी गुप्तचर प्रमुखसँगको प्रधानमन्त्रीको भेटको विषय अनि नेकपाका नेताहरूले चिनियाँराजदूतसँग गरेको अस्वाभाविक भेटघाटसमेतका बारेमा जवाफको माग गरेका छन् : अन्नपूर्ण पोस्टबाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here