Home News ह्वाइटहाउसमा खैला* बैला, कमाण्डो पठाएर ट्रम्प बाहिर निकाल्ने हं’ गामा, बाइडनको घो’षणा...

ह्वाइटहाउसमा खैला* बैला, कमाण्डो पठाएर ट्रम्प बाहिर निकाल्ने हं’ गामा, बाइडनको घो’षणा धेरै मृ* त्यु हुनसक्छ

1146
0

ह्वाइटहाउसमा खैला*बैला, कमाण्डो पठाएर ट्रम्प बाहिर निकाल्ने हं’गामा, बाइडनको घोषणा धेरै मृ* त्यु हुनसक्छ




याे पनि पढ्नुहोस्

अस्पतालका केही स्वास्थ्यकर्मी र कार्यालय सहयोगी भने आफूलाई आइसोलेसन र क्वारेन्टाइनमा ड्युटीमा खटाउन अस्पताल प्रमुखसँग अनुरोध गर्थे । यसको कारण थियो– सरकारले दिने भनेको कोरोना विशेष भत्ता । तर भत्ताको आसमा जोखिमको समयमा ड्युटी गरेका ती स्वास्थ्यकर्मीहरू अहिलेसम्म भत्ता नपाउँदा निराश छन् ।

दैलेखकाे दुल्लु अस्पतालमा बिरामी जाँच्दै स्वास्थ्यकर्मी । फाइल तस्बिर
‘ड्युटीमा लगाउने मलाई अहिले निकै न्यास्रो लाग्ने गरेको छ,’ अस्पताल प्रमुख पूजा बीसी भन्छिन्, ‘पैसाका लागि जोखिम मोल्न तयार भएका सहकर्मीहरू त झन् निराश भएका छन् । अस्पतालका स्वास्थ्यकर्मीले चैतदेखि कोरोना जोखिम भत्ता पाएका छैनन् । अस्पतालका प्रमुख डा. बीसीले स्थानीय तहले केन्द्र सरकारबाट बजेट आएपछि मात्रै दिने भनेको बताइन् । ‘हामीले त प्रदेश सरकारले दिने भनेको प्रोत्साहन भत्ता पनि पाएका छैनौं,’ उनले भनिन्, ‘जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले पाए, तर हामीले प्रोत्साहन र जोखिम भत्ता पाएका छैनौं ।’ उनका अनुसार क्वारेन्टाइन र आइसोलेसनमा कार्यरत ३५ जना स्वास्थ्यकर्मी भत्ताबाट वञ्चित भएका हुन् ।

दुल्लु नगरपालिकाले आइसोलेसन र क्वारेन्टाइनमा ड्युटी गरेबापत डाक्टरलाई दैनिक ३ हजार रुपैयाँ र अन्य स्वास्थ्यकर्मीलाई तहअनुसार २ हजार र १ हजार ५ सयका दरले दिने निर्णय गरेको थियो । सोहीअनुसार नगरपालिकामा ३२ लाख रुपैयाँ माग गरिएकामा अहिलेसम्म नपाइएको उनले बताइन् । ‘जोखिमका बेला ड्युटी गरेका साथीहरूले भत्ता चाहियो भनेर दबाब दिइरहनुभएको छ,’ उनले भनिन्, ‘नगरपालिकाले भने बजेट छैन भन्दै दिन मानेको छैन ।’

अरू स्वास्थ्यकर्मी तथा चिकित्सकले गत आर्थिक वर्षसम्मको जोखिम भत्ता पाए पनि आफूहरूले कुनै भत्ता पनि नपाएको डा. बीसीको गुनासो छ । ‘हामीलाई स्थानीय तहले दिनुपर्ने हो,’ उनले भनिन्, ‘मलाई स्वास्थ्यकर्मी तथा कर्मचारीबाट दबाब आएपछि नगरपालिकामा गत वर्षको मात्रै भए पनि जोखिम भत्ता माग गर्‍यौं तर पाइएन ।’ नगर प्रमुख घनश्याम भण्डारी राजस्व बाँडफाँटको बजेट नआएकाले दिन नसकिएको बताउँछन् ।

दुल्लु अस्पताल मात्र होइन, कर्णालीको सबैभन्दा ठूलो सुर्खेतस्थित प्रदेश अस्पतालमा पनि स्वास्थ्यकर्मी र चिकित्सकले कोरोना विशेष भत्ता पाएका छैनन् । स्वास्थ्यकर्मीले ४ महिनादेखि जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । गत असारसम्म जोखिम भत्ता पाएका स्वास्थ्यकर्मी तथा चिकित्सकले त्यसयताको भत्ता भने नपाएका हुन् । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत नवौं तहका एक चिकित्सकले आफूहरू जोखिम मोलेर काम गर्दा पनि सरकारले दुःख नबुझेको गुनासो गरे । ‘हामीले गरेको सेवाअनुसारको सरकारले पनि भत्ता दिनुपर्ने हो,’ उनले भने, ‘भन्न त दिने नै भनेको छ तर खै अब कहिले पाइन्छ ।’ बढी स्वास्थ्यकर्मी र चिकित्सक कोरोना संक्रमित भएका प्रदेश अस्पतालकै स्वास्थ्यकर्मीले कोरोना विशेष भत्ता नपाउनु दुःखद भएको अर्का चिकित्सकले बताए । ‘हामीले अरूको तुलनामा जोखिम बढी मोल्नुपरेको छ,’ उनले भने, ‘हामीले संकटका बेला जोखिमको पनि वास्ता नगरी काम गरिरहेका बेला सरकारले यतिका महिनासम्म पनि भत्ता नदिनु राम्रो होइन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here