Home News भर्खरै सकियो लकडाउन बारे निर्णय गर्न बसेको सीसीएमसीको बैठक, गर्यो यस्तो निर्णय...

भर्खरै सकियो लकडाउन बारे निर्णय गर्न बसेको सीसीएमसीको बैठक, गर्यो यस्तो निर्णय ( जानकारीका लागि सेयर गराै)

424
0




भर्खरै सकियो लकडाउन बारे निर्णय गर्न बसेको सीसीएमसीको बैठक, गर्यो यस्तो निर्णय Kathmandu Nepal.
भर्खरै सकियो लकडाउन बारे निर्णय गर्न बसेको सीसीएमसीको बैठक: सीसीएमसीको बैठकले सबै देशहरुमा उडान अनुमति दिदै जाने निर्णय गरेको छ । सीसीएमसीले आज विभिन्न क्षेत्रबाट आएको सुझावहरुबारे छलफल गरेको हो । उपत्यका मेयर्स फोरमले कम्तिमा दुई साता लकडाउन गर्न सुझाव दिएको थियो ।

याे पनि पढ्नुहोस्

दम नभएको दोस्रो पुस्ता

ठूलो रूखको सेपमा सानो रूख हुर्कंदैन, सानो रूख हुर्कन अलग्गै जमिन चाहिन्छ । दोस्रो पुस्ताका नेताले अब आफ्नो जमिन आफैं निर्माण गर्नुपर्छ ।
काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक चातुर्यमा सम्भवतः समकालीन नेतामध्ये सबैभन्दा माथि छन् । तर, उनको त्यो चातुर्य आत्मकेन्द्रित/सत्ताकेन्द्रित देखिन्छ, मुलुककेन्द्रित देखिँदैन ।

आफूइतरका नेता र गुटलाई तह लगाउन उनी अनेक दाउपेच खेल्न सक्छन् । अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को ‘आरोपपत्र’ ले ओली केही घायल त भएका छन् तर उनको तुनीरका अस्त्र सकिएका छैनन् । यति बेला उनले फालेको एउटा अस्त्रलाई अवसर बनाउन सके दुर्घटनाको डिलमा पुगेको नेकपाले नयाँ जीवन पाउन सक्छ ।

हालैको एउटा टेलिभिजन अन्तर्वार्तामा ओलीले अस्त्र फाले, ‘नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न सहमति गरौं ।’ उनले भने, ‘हामी किन नयाँ पुस्तालाई पार्टी जिम्मा लगाउन तयार हुन सक्दैनौं ? बत्तीस–तेत्तीस वर्ष पार्टी अध्यक्ष चलाइसकेका, प्रधानमन्त्री भइसकेका साथीहरू मैलाई पुगेन, मेरै भाग पुगेन, मेरै मान पुगेन भनिरहेछौं । यस्तो किन गर्छौं ? सहमति गरौं । नयाँ पुस्तालाई दिऔं ।’

ओलीको यो प्रस्तावमा लुकेको नियत के हो ? उनी साँच्चै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न चाहन्छन् ? कि, आफूलक्षित संकटको विषयान्तर मात्रै खोजिरहेका छन् ? उनको प्रवृत्ति नै यस्तो छ, प्रश्न उठिहाल्छ । कहिले उनी वरिष्ठ नेता माधव नेपाललाई पूर्वएमाले एक ठाउँमा आउने भन्दै आगामी महाधिवेशनको अध्यक्ष ‘उधारो’ मा बाँड्छन्, कहिले वामदेव गौतमको महत्त्वाकांक्षा बढाइदिएर प्रधानमन्त्रीको आश्वासन दिन्छन् । पार्टीभित्रकै जानकार भन्छन्— विवाद बल्झँदा अलमल्याउने उपाय मात्रै हो, पुस्तान्तरणको ओली–अस्त्र । तर, उनको यो अस्त्र नेकपाको पार्टी पंक्तिका लागि संकटमोचनको सूत्र बन्न सक्छ ।

त्यस्तो अवसर निर्माण गर्न सक्छन्, पार्टीका दोस्रो पुस्ताका नेताहरूले । ओलीकै बोलीमा लोली मिलाएर अर्थमन्त्री एवं महासचिव विष्णु पौडेलले शीर्ष तहले नेतृत्व छोड्नुपर्ने प्रस्ताव राखे । ‘सचिवालयले समस्या हल गर्न सकेनौं भनेर स्थायी समितिलाई जिम्मेवारी दिनुपर्छ अब’, उनले मंसिर ३ को बैठकमा भने । जनार्दन शर्माले महासचिवको प्रस्तावमा आफू सहमत भएको सार्वजनिक गरे । केन्द्रीय सदस्य विन्दा पाण्डेले कार्यकारी अधिकारसहितको नेतृत्व लिन दोस्रो पुस्ता तयार हुनुपर्ने र शीर्ष नेतृत्वले अभिभावकको भूमिकामा बस्न राजी हुनुपर्ने धारणा राखिन् ।

नेपाली राजनीतिमा बेला–बेला पुस्तान्तरणको बहस चल्ने गर्छ । अहिले फेरि त्यो बहस नेकपाभित्र बिस्तारै बढ्दै छ । यो बहसलाई सार्थक र परिणाममुखी बनाउन दोस्रो पुस्ताका नेताको सक्रियता र ऊर्जा आवश्यक छ । अध्यक्षद्वयलाई मिलाउने दौडधुपमा लाग्ने ऊर्जा पुस्तान्तरणको अभ्यासमा लगाउन सके सायद त्यो उपलब्धिमूलक हुनेछ ।
अहिले नेकपासामु घरेलु राजनीति व्यवस्थापनको ठूलो चुनौती छ । दोस्रो पुस्ताका नेताले राजनीतिक–वैचारिक हस्तक्षेप गर्दै पुस्तान्तरणको नयाँ अवस्था निर्माणको अग्रसरता लिने हो भने यो चुनौती अवसरमा बदलिन बेर लाग्दैन । र, पार्टीको गिरेको नूर उठाउने अवसर प्राप्त हुन सक्छ । के दोस्रो पुस्ता यो अवसर छोप्न तयार छ ?

नेकपामा अहिले तीन पुस्ता क्रियाशील छन् ।

१. पहिलो शीर्ष नेताहरूको पुस्ता । २००७ को आसपास जन्मिएको यो पुस्ताले राजनीतिक क्रियाशीलता निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध सुरु गर्‍यो । यो पुस्ताले राजनीति सुरु गर्दा नेपाली कम्युनिस्टहरू विभाजित भइसकेका थिए । विभाजित नै भए पनि यसले भूमिगत रूपमा कम्युनिस्ट राजनीति बढायो । मुलुकमा कम्युनिस्ट संगठन र जनमत बढाउनमा यो पुस्ताको महत्त्वपूर्ण भूमिका रह्यो । पार्टी निर्माण, निरंकुशताविरुद्धको संघर्ष, जेलनेल खेपेको यो पुस्ताले २०४६ सालको जनआन्दोलन, बहुदलीय संसदीय व्यवस्थाको अभ्यास, माओवादी विद्रोह, अर्को जनआन्दोलन, संविधानसभामार्फत संविधान निर्माण, शान्ति प्रक्रिया आदि महत्त्वपूर्ण राजनीतिक घटनाक्रमको नेतृत्व गर्‍यो ।

राजनीतिक संघर्षमा खारिए पनि उपलब्धिलाई संस्थागत गर्नमा यो पुस्ता चुक्यो । सरकार सञ्चालन र पार्टी व्यवस्थापनको क्षमता देखिएन । अहिले ओलीका ठाउँमा प्रचण्ड वा माधव नेपाल अथवा वामदेव गौतम वा सचिवालयका कुनै सदस्यको नेतृत्व भए पनि तात्त्विक अन्तर हुँदैन । यो पुस्तासँग पार्टीको कार्यकारी पद र उच्च ओहोदामा बसेको, प्रधानमन्त्री भएको वा नभए पनि सरकारको उच्च तहमा बसेको अनुभव छ तर ‘डेलिभरी’ दिन सक्ने योग्यता छैन । शीर्ष पुस्ता व्यक्तिगत प्रतिष्ठाको लडाइँ, गुटगत राजनीति, सत्तामोह र अहंकारले ग्रस्त छ । पटक–पटक परीक्षण भएको यो पुस्ता अहिले पनि मूल नेतृत्वमै छ ।

२. २०१७ को आसपास जन्मिएको दोस्रो पुस्ताले पनि पञ्चायतकालीन निरंकुशताकै समयमा राजनीति सुरु गर्‍यो । २०३६ को विद्यार्थी आन्दोलन र जनमत संग्रहताका राजनीतिमा आएको यो पुस्ता २०४६ को आन्दोलन हुँदै तीन दशकदेखि राजनीतिमा सक्रिय छ । मूल नेतृत्वमा नपुगे पनि यो पुस्ता त्यसकै वरिपरि छ । पार्टी र सरकारमा काम गरेको अनुभव पनि लिइसकेको छ । परीक्षण नै नभएको होइन तर शीर्ष नेताको छायामा छ ।

३. तेस्रो पुस्ताको परीक्षण हुनै बाँकी छ । २०४६ को आसपास राजनीतिमा पाइला टेकेको यो प्रतिगमनविरोधी पुस्ता हो । २०४६ पछिको विद्यार्थी राजनीतिबाट आएको, २०६३ को आन्दोलनमा सडक मोर्चा सम्हालेको यो पुस्ता पनि ४५–५० वर्षको हाराहारीमा पुगिसकेको छ ।

खासमा ४५ देखि ६० वर्ष उमेर समूहको दोस्रो र तेस्रो पुस्ता नै नेकपाको नयाँ पुस्ता हो । नेतृत्व हस्तान्तरण गर्नुपर्ने यही पुस्तालाई हो । यो पुस्ताका केही गुण, केही दोष छन्, जसलाई पुस्तान्तरणको बहस हुँदै गर्दा केलाउनु आवश्यक छ ।

शीर्ष तहमा राजनीतिक माहोल बिथोलिँदा यो पुस्ताले अग्रसरता लिएर संविधान निर्माण र शान्ति प्रक्रियाका जटिलता फुकाएका दृष्टान्त छन् । पार्टी नेतृत्वलाई अग्रगामी राजनीतिक मुद्दामा अग्रसर गराउन, शीर्ष तहको संवादहीनता फुकाउन दोस्रो पुस्ताका नेताको भूमिका रहँदै आएको छ । तर, यो पुस्ताले नेतृत्वलाई हाँक दिन सक्ने क्षमता देखाउन सकेको छैन ।

नेकपा अनुशासन आयोगका संयोजक अमृत बोहोरा भन्छन्, ‘नेतृत्वलाई चिढ्याउने जोखिम मोल्न तयार छैन, यो पुस्ता । केन्द्रीय सदस्य गुम्ने हो कि, नेतृत्वको कर्के नजर परेर मन्त्री पद नपाइने हो कि, केही चीज गुमिहाल्ने हो कि भन्ने भयबाट मुक्त हुन सकेको छैन ।’ सायद त्यसैले हो, पूरै देश केही थान शीर्ष नेताहरूको आग्रह र कुण्ठाको बन्धक बन्दा दोस्रो पुस्ताका आसलाग्दा नेताहरू पनि त्यतै कतै हराइरहेका छन् ।

अर्को संगीन कमजोरी छ, यो पुस्ताको । शीर्ष नेतृत्वझैं यो पनि गुटकै राजनीतिमा विश्वास गर्छ । अस्वस्थ प्रतिस्पर्धा, अवसरवादिता र नेतामुखी चरित्र दोस्रो पुस्तामा पनि विकास भइसकेको छ । पुस्तान्तरणको अभ्यासबारे बहस हुँदै गर्दा दोस्रो पुस्तामा हुर्कंदो यस्तो विसंगतिको निराकरणका उपाय खोजिनुपर्छ ।

ठूलो रूखको सेपमा सानो रूख हुर्कंदैन, सानो रूख हुर्कन अलग्गै जमिन चाहिन्छ । दोस्रो पुस्ताका नेताले अब आफ्नो जमिन आफैं निर्माण गर्नुपर्छ । शीर्ष नेताको दौराको फेर समातेर सुरक्षित भइरहने भ्रमबाट ननिस्कने हो भने नेकपा अझ संकटग्रस्त हुनेछ र त्यसको भागीदार दोस्रो पुस्ताका नेताहरू पनि हुनेछन् । त्यसकारण पनि दोस्रो तहका नेताको जोडबल नेतृत्व पुस्तान्तरणमै हुनुपर्छ । नेतृत्व पुस्तान्तरणले शीर्ष तहमा चलेको कटुताले विराम पाउँछ भने, पार्टी राजनीति नयाँ चरणमा प्रवेश गर्न सक्छ ।

नेतृत्व पुस्तान्तरणको जस लिने अवसर यो बेला शीर्ष नेतृत्वलाई छ । त्यसमा पनि ओलीलाई छ । प्रचण्डको आरोपले रक्षात्मक बनेका ओलीको साख नराम्ररी धमिलिएको छ । नेतृत्व पुस्तान्तरणको ‘अस्त्र’ लाई दाउपेच नबनाई अवसर नै बनाउने हो भने यो उनको गुमेको साख फिर्ता गर्ने गतिलो अवसर बन्न सक्छ ।

ओलीसँग भएका विकल्प निष्प्रभावी हुँदै गएका छन् । उनीसँग चार विकल्प छन् ।

१. आफूअनुकुल पार्टी विभाजनको अध्यादेश फेरि जारी गर्ने र पार्टी विभाजन गर्ने । कांग्रेससँगको सहकार्यमा पुनः सरकार बनाउने । ‘आरोपपत्र’ को खण्डनको तयारीसँगै प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई भेटेर उनले त्यस्तो ‘इम्प्रेसन’ दिन खोजेका छन् । पटकपटक शीतल निवासमा राष्ट्रपतिसँग परामर्श गरेका छन् । स्रोतहरूका अनुसार, यसपटक ओलीको पार्टी विभाजनको अध्यादेश र संसद् विघटनको योजनामा शीतल निवास तयार भएन । नेकपाको ठूलो पंक्ति पार्टी विभाजनको कुरा स्न्नुै चाहँदैन । शीतल निवास पनि विघटन र विभाजनको ‘कलंक’ बोक्न तयार नभएपछि ओलीको यो अस्त्र निष्प्रभावी भएको हो ।

२. ओली चाहन्थे— पूर्वमाओवादी सर्लक्कै फर्किऊन्, पूर्वएमाले एक ठाउँमा आऊन् । उनले माधव नेपाल, वामदेव गौतमलाई मनाउन खोजे । जनताको बहुदलीय जनवादको दुहाई दिए । बिरामी भएर बसेका प्रदीप नेपाल गुहारे तर उनले सोचेजस्तो समीकरण बन्ने देखिएन । ओलीको यो अस्त्र पनि प्रभावहीन भइसक्यो ।

३. ओलीसँग भएको अर्को विकल्प हो— प्रचण्डको ‘आरोपपत्र’ को सामना गर्ने । प्रत्युत्तर लेख्ने । बैठकहरूमा आरोपको खण्डन गर्ने र यसअघि केन्द्रीय कमिटीमा झैं आत्मालोचना गर्ने । पार्टी निर्णय मान्ने प्रतिबद्धता जनाउने र विवाद थामथुम पारेर अघि बढ्ने ।

४. नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव औपचारिक रूपमा लाने र शीर्ष तहमा सहमति खोज्ने । आफैंले राजीनामा गरेर त्यसको सुरुआत गर्ने ।

कुनै पनि राजनीतिक पार्टीमा राजनीतिक–वैचारिक संघर्षले नेतृत्व जन्माउँछ । एउटा निश्चित विधि हुन्छ, नेतृत्व हस्तान्तरणको । यो एकाध नेताको सहमतिले दिने वा लिने विषय होइन । यद्यपि नेकपा शीर्ष नेतृत्वको सहमतिले गठन भएको पार्टी हो । महाधिवेशनबाट नयाँ नेतृत्व नचुनिँदासम्म त्यहाँ राजनीतिक सहमतिले काम गर्छ । निकासका लागि शीर्ष नेतृत्व अभिभावकीय भूमिकामा रहने र दोस्रो पुस्ताको नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाएर अघि बढ्ने सहमतिको प्रस्ताव ओलीबाटै आयो भने यो अहिलेको संकट समाधानको अचूक अस्त्र बन्न सक्छ ।

विवाद थामथुम पारेर बढ्दा फेरि उही द्वन्द्वका शृङ्खला चल्ने जोखिम हुन्छ । ओलीले सरकार चलाउन नदिएको आरोप लगाउने, प्रचण्डहरू पार्टी र सरकारबीच समन्वय नभएको प्रत्यारोप लगाउने । अब यो सिलसिला तोडिनु नै नेकपा र मुलुकको हितमा छ । त्यसकारण ओलीले चौथो विकल्प रोज्दा राम्रो हुन्छ । उनले यो विकल्प रोज्ने सम्भावना कम छ । यद्यपि यो उनको चार दशक लामो राजनीतिक जीवनको सबैभन्दा उम्दा निर्णय हुनेछ । यसो हुन सके राजनीतिक दाउपेचमा प्रचण्डलाई समेत रिँगाउन सफल भनिएका ओली ‘अब्बल’ नेताकै रूपमा स्थापित हुनेछन् । Ekantipur बाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here