Home News भर्खरै आयो मु’टु बिजाउने खबर, तीन बालकको डु’बेर ज्या’न गयो, सिङ्गो गाउँ...

भर्खरै आयो मु’टु बिजाउने खबर, तीन बालकको डु’बेर ज्या’न गयो, सिङ्गो गाउँ शो’कमा !!

43
0

भर्खरै आयो मु’टु बिजाउने खबर, तीन बालकको डु’बेर ज्या’न गयो, सिङ्गो गाउँ शो’कमा !!

झण्डै चार महिनाको बन्दाबन्दीपछि उपत्यकाको सडकमा निजी तथा भाडाका सवारी साधनको चाप बढेसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले नागरिकलाई भौतिक दूरी कायम गराउने र ट्राफिक नियम पालना गराउने कार्यलाई तिव्रता दिएको छ । बन्दाबन्दी अन्त्य भए पनि कोभिड–१९ को जोखिम कायमै रहेकाले आम सडक प्रयोगकर्तालाई स्वास्थ्य मापदण्ड पालना गराउन र ट्राफिक नियम कार्यान्वयन गराउन आजदेखि ट्राफिक प्रहरीको विशेष टोली परिचालन गरिएको महाशाखाले जनाएको छ ।

उक्त टोलीले सार्वजनिक सवारीमा सामाजिक दूरी कायम गरेर नगरेको, चालक र यात्रुले मास्क लगाए नलगाएको, तोकिएको भाडादर लिएर नलिएको, ५० प्रतिशत मात्र यात्रु राखे नराखेको अनुगमन गर्ने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो ।उहाँका अनुसार उपत्यकाका २९ स्थानमा जाँच चौकी स्थापना गर्नुका साथै बसपार्क, बसबिसौनी र विशेष गरी गुडिरहेको सार्वजनिक सवारीलाई अनुगमन गरिनेछ । बन्दाबन्दी हटेसँगै महाशाखाले ट्राफिक नियम पालना नगर्ने चालक विरुद्धसमेत कारवाही थालेको छ ।

महाशाखाका अनुसार आजदेखि मादक पदार्थ सेवन (मापसे) जाँचलाई समेत तिव्रता दिएको छ । उपत्यकाका विभिन्न ठाउँमा मापसे गर्ने क्षेत्रमा निगरानी बढाउने र मापसे गरी सवारी चलाएको भेटिएमा कारवाही गर्न थालिएको ढकालले बताउनुभयो ।कोरोना सङ्क्रमणको जोखिम कायम नै रहेकाले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गर्न, स्यानिटाइजर, मास्क लगाउन र सवारी साधन डिसइन्फेक्सन गर्न पनि महाशाखाले सवारी चालक तथा आम यात्रुलाई अनुरोध गरेको छ ।

त्यस्तै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा सिट क्षमताभन्दा आधा कम मात्र यात्रु राख्न पाउने नियम बनाए पनि राजधानीको काँठ क्षेत्रमा लागू् हुन सकेको छैन । चार महिना लामो बन्दाबन्दी मङ्गलबार अन्त्य भएपछि धेरै मानिस बाहिर निस्कन थालेका छन् ।

सुन्दरीजलबाट रत्नपार्क चल्ने बा३ख ६२३ नं को सार्वजनिक यातायातले जोरपाटीसम्म यात्रु उभ्याएर ल्याएको यात्रु सुरेन्द्र श्रेष्ठले बताउनुभयो । सिट क्षमताभन्दा आधा कम मात्र यात्रु चढाउने नियम सरकारले लगाएको छ भनी सम्झाउँदा मानिस जान खोज्छन् भन्ने जवाफ परिचालकले दिएको उहाँले बताउनुभयो ।

चक्रपथभित्र फाट्टफुट्ट मात्र चलेका सार्वजनिक सवारीमा नियमअनुसार नै यात्रु बसेका छन् । राजधानीकै काँठ क्षेत्रका नगरपालिकामा फाट्टफुट्ट चलेका सवारीले यात्रु ओसार्दा सिट क्षमताको आधामात्र यात्रु राख्ने नियमको ट्राफिक प्रहरीले अनुगमन गरेको छैन । चक्रपथभित्र बाहिर सिट भरिएपछि पनि यात्रु कुरेर चालकले समय बिताउँछन् । ट्राफिक प्रहरीले अनुगमन गर्ने भनिए पनि सबैतिर हुन सकेको छैन ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रवक्ता वामदेव गौतम काँठ क्षेत्रमा कम जनशक्ति भएका कारण अनुगमन हुन नसकेको स्वीकार्नुहुन्छ । “टोखामा पाँच, बूढानीलकण्ठमा चार जनामात्र ट्राफिक प्रहरी छन्, यसअघि मुख्य शहरमै ट्राफिक प्रहरी केन्द्रित गरिएकामा आजदेखि सार्वजनिक यातायातमा सामाजिक दूरी अनुगमन टोली मोटरसाइकलमा खटाइएको छ”, उहाँले भन्नुभयो ।

यस्तो टोली, साँखु, गोकर्ण, भैँसेपाटीलगायत उपत्यकाका काँठ क्षेत्रमा पठाइएको हो । अनुगमनका क्रममा सिट क्षमताको आधाभन्दा बढी यात्रु राखेको पाइएमा तत्काल सार्वजनिक सवारीलाई नियन्त्रणमा राख्ने आदेश दिइएको महाशाखाले जनाएको छ ।

अनुगमनका क्रममा मङ्गलबार उपत्यकामा १८ सार्वजनिक यातायात र २७७ निजी सवारीलाई नियन्त्रणमा लिइएको प्रवक्ता गौतमले सुनाउनुभयो । समातिएका सवारीलाई दिनभर नियन्त्रणमा लिएर बेलुकी ८ बजे भोलिपल्टदेखि दूरी कायम गरेर यात्रु चढाउने शर्तमा छोड्ने गरेको महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here