Home News विश्व च’ कित् हुनेगरि बाइडेनले घोष’णा गरे आफ्नो श’ क्तिशाली टिम, अमेरिकाभर...

विश्व च’ कित् हुनेगरि बाइडेनले घोष’णा गरे आफ्नो श’ क्तिशाली टिम, अमेरिकाभर बाइडेनको हाई हाई !!

608
0

विश्व च’कित् हुनेगरि बाइडेनले घोष’णा गरे आफ्नो श’ क्तिशाली टिम, अमेरिकाभर बाइडेनको हाई हाई !!




याे पनि पढ्नुहोस्

सगरमाथाको नयाँ उचाइ घोषणा गर्न मन्त्रिपरिषद्को स्वीकृति, ट्रेड युनियनको निर्वाचन फेरि स्थगित

काठमाडौँ — मन्त्रिपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति दिएको छ । मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्को बुधबारको बैठकले स्वीकृत गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।

‘सगरमाथाको नयाँ उचाइ घोषणा गर्नका लागि प्रस्ताव प्रस्ताव मन्त्रिपरिषद्मा लगेकी थिएँ । उक्त प्रस्ताव स्वीकृत भएको छ,’ मन्त्री अर्यालले भनिन्, ‘अब मन्त्रालयले छिट्टै सगरमाथाको नयाँ उचाइ आधिकारीक रूपमा घोषणा गर्नेछ ।’
सगरमाथाको उचाइ यकिन गर्नका लागि नेपाली र चिनियाँ सरकारी टोलीले संयुक्त रूपमा काम गरेका थिए । दुवै मुलुकका सरकारी कमिटीले प्रतिवेदन तयार पारेका थिए । नेपालको सरकारी समितिले सगरमाथाको उचाइ नापजाँचको प्रतिवेदन मन्त्री अर्याललाई बुझाएपछि सार्वजनिक गर्नका लागि मन्त्रिपरिषद्मा प्रस्ताव गएको थियो ।

मन्त्रिपरिषद्ले स्वीकृति दिएसँगै छिट्टै सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्ने तयारी भइरहेको मन्त्रालयले जानकारी दिएको छ । ‘सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने तयारी मन्त्रालयले गरिसकेको छ, मन्त्रिपरिषद्बाट स्वीकृति मिलिसकेपछि अबको केहीदिनमै नयाँ उचाई सार्वनिक गर्छौं,’ मन्त्रालय स्रोतले भन्यो ।

त्यस्तै, मन्त्रिपरिषद्को बैठकले तीन सहसचिवलाई सचिवमा बढुवा गरेको छ । कृषितर्फ योगेन्द्र कार्की, इन्जिनियरिङतर्फ सुरेश आचार्य र प्रशासनतर्फ गोकर्णमणि दवाडीलाई बढुवा गरिएको मन्त्री अर्यालले जानकारी दिइन् ।

मन्त्रिपरिषद्को बैठकले निजामती कर्मचारीहरूको आधिकरिक ट्रेड युनियनको निर्वाचन फेरि पनि स्थगित गरेको छ । मंसिर २८ गतेका लागि तय गरिएको ट्रेड युनियनको निर्वाचन तत्कालका लि लागि स्थगित गर्ने निर्णय गरेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमण कायमै रहेकाले यसअघि पनि स्थगित भएको ट्रेड युनियनको निर्वाचन फेरि स्थागित गर्ने निर्णय लिइएको हो । यसअघि असोज २४ गतेका लागि तय भएको ट्रेड युनियनको निर्वाचन कोरोना भाइरसको संक्रमणकै कारण मंसिर २८ गतेका लागि तय सारिएको थियो । युनियनको नियमित निर्वाचन जेठ १९ गते हुनुपर्नेमा कोरोनाका कारण दोस्रो पटक सारिएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट कर्मचारी संगठनले भने निर्वाचन स्थगित गरेकोप्रति असन्तुष्टि जनाउँदै आएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here