Home News बर्दिवास काण्ड: ज्ञानेन्द्र शाहीले टिचिङमा मचाए त’हल्का | प्रहरीलाई नै जे’ल कोछु,...

बर्दिवास काण्ड: ज्ञानेन्द्र शाहीले टिचिङमा मचाए त’हल्का | प्रहरीलाई नै जे’ल कोछु, अस्पतालमै लफ’ डा

401
0

बर्दिवास काण्ड: ज्ञानेन्द्र शाहीले टिचिङमा मचाए त’हल्का | प्रहरीलाई नै जे’ल कोछु, अस्पतालमै लफ’ डा




यो पनि पढ्नुहोस्

रेलवेसँग पर्याप्त रकम छ भनेर म भन्दिनँ, तर सरकारसँग त त्यस्ता विकल्प छन्, जहाँबाट पैसा उपलब्ध गराउन सकिन्छ

गत वर्ष ४ अक्टोबरमा निकै हल्लाखल्लाका साथ देशको पहिलो कर्पोरेट ट्रेन तेजस व्यापारिक प्रयोजनसहित ल्याइयो । यो लखनउ र नयाँदिल्लीका लागि चल्दै थियो, जबकि यसै वर्ष १७ जनवरीका दिन अहमदाबाद र मुम्बईबीच दोस्रो तेजस सेवाको शुभारम्भ गरिएको छ । तेजस ल्याउने वेलामा यसबाट स्वस्थ प्रतियोगिताको माहोल बन्नेछ र भारतीय रेल सेवाको कायपलट हुनेछ भन्ने दाबी गरिएको थियो । तर, अब यी ट्रेनलाई सुचारु नगर्ने निर्णय गरिएको छ । घट्दै गरेको यात्रुको संख्या देखेर यस्तो निर्णय गरिएको हो । जसको दोष कोभिड–१९ लाई दिइएको छ । तर, अहिलेसम्मको तेजसको उतारचढाव हेर्ने हो भने यसको नियति तय थियो ।

निःसन्देह पहिलो महिनामा लखनउ तेजसबाट झन्डै ७० लाखको फाइदा भएको समाचार आएको थियो, तर पछिल्ला दिनमा यो घाटामा छ । अहमदाबाद तेजसको कथा पनि धेरथोर यस्तै हो । बाँकी सबै कुरालाई कोरोनाले भित्तैमा पुर्‍याइदियो । तथ्यांक हेर्ने हो भने लकडाउनभन्दा पहिले यसले आफ्नो क्षमताको ५० देखि ८० प्रतिशत यात्रु बोकिरहेको थियो भने कोरोनापछि यो संख्या घटेर २४ देखि ४० प्रतिशतमा खुम्चिन बाध्य भयो । स्वाभाविक कुरा के हो भने कुनै निजी कम्पनीले बारम्बारको यस्तो घाटा व्यहोर्न सम्भव थिएन । त्यसैले यसलाई बन्द गर्ने निर्णय गरियो । आगामी महिनामा तेजस फेरि सुरु हुने सम्भावना छ । पक्कै पनि यसले हाम्रा नीति–निर्मातालाई शिक्षा दिएको छ । यसको पहिलो सन्देश के हो भने जुन देशमा २५.७ प्रतिशत ग्रामीण जनसंख्या र १३.७ प्रतिशत सहरी जनसंख्या गरिबीको रेखामुनि जीवन जिउन बाध्य छन् र जहाँ कोरोना महामारीका वेलामा ८० करोड मानिसलाई राहतमा रासन पुर्‍याउनुपर्ने हुन्छ, त्यहाँ यस्तो महँगो सेवाको कल्पना पनि गर्न सकिँदैन ।

जुन देशमा २५.७ प्रतिशत ग्रामीण जनसंख्या र १३.७ प्रतिशत सहरी जनसंख्या गरिबीको रेखामुनि जीवन जिउन बाध्य छ र जहाँ कोरोना महामारीका वेलामा ८० करोड मानिसलाई राहतमा राशन पुर्‍याउनुपर्ने हुन्छ, त्यहाँ यस्तो महँगो सेवाको कल्पना पनि गर्न सकिँदैन ।

साँचो कुरा के हो भने देशका अधिकांश मानिससँग आज पनि सुविधा सम्पन्न यात्रा गर्न सक्ने हैसियत छैन । ती सबै, जसले सहरमा कडा परिश्रम गरी आफ्नो परिवारलाई गाउँमा राख्छन्, तिनलाई भारतीय रेलवेले खर्चको तुलनामा न्यून भाडा लिएर उनीहरूको अप्ठेरोलाई सल्ट्याउने प्रयास नगरेको होइन । उनीहरूसँग साधारण टिकट किन्नेसम्मको पैसा छैन भने तेजसजस्तो महँगो भाडा लिने रेलमा यात्रा गर्नु उनीहरूका लागि सहज कुरा हुँदै होइन । यातायातका दुइटा महत्वपूर्ण आयाम छन् । पहिलो– त्यो सुरक्षित हुनुपर्छ र दोस्रो– त्यसको मूल्य सस्तो हुनुपर्छ । निजी सेवा सुरक्षित र सुविधा सम्पन्न त हुन सक्छ, तर तिनको मूल्य पनि उचित हुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । के पनि भन्न सकिन्छ भने भारतीय रेल घाटामा छ, त्यसैले केही सेवालाई निजीको हातमा सुम्पिनुपर्छ । म यस कुरामा सहमति राख्दिनँ । मलाई त्यति वेलाको कुरा अझै पनि सम्झना छ– जति वेला अपांगहरूलाई रेलयात्रामा सुविधा दिनेबारे पिआइएल दर्ता गरियो, त्यति वेला जुन कमिटी बनेको थियो, त्यसमा म पनि थिएँ । अनेकौँ तक–वितर्कपछि जब सहमति बन्यो, त्यति वेला रेलवेसँग जरुरी पैसा पनि आयो ।

रेलवेसँग पर्याप्त रकम छ भनेर म भन्दिनँ, तर सरकारसँग त त्यस्ता विकल्प छन्, जहाँबाट पैसा उपलब्ध गराउन सकिन्छ । त्यसैले म एयर इन्डियालाई बेच्नुपर्छ भन्ने मतको विपक्षमा छु । सार्वजनिक क्षेत्रको यो विमान सेवा झन्डै ६० हजार करोड ऋणमा छ । सरकारले चाहने हो भने यो रकमको व्यवस्थापन गर्न कुनै गाह्रो हुँदैन । त्यसै पनि निजी विमान कम्पनीलाई आममानिसको ट्याक्सको पैसा बेल आउटका माध्यमबाट दिन सकिन्छ । अनि तेजसलाई सञ्चालन गर्ने मामिलामा यस्तो इच्छाशक्ति किन देखाइँदैन ?

हाम्रोमा यातायात सेवाको निजीकरण गरेर जुन हालत भएको छ, त्यसलाई हेरेर बुलेट ट्रेनको विषयमा चिन्ता हुनु स्वाभाविक छ । जे होस्, कुनै पनि लोकतन्त्रमा सरकारको उद्देश्य आममानिसको जनजीवन सुधार्ने हुन्छ । त्यसैले यातायात क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने गर्छ । जब गुणवत्तापूर्ण जीवन पाइन्छ, काम पनि स्वतः पाइन थाल्छ । यसैगरी एउटा सामाजिक बदलाव हुन्छ । निजी कम्पनीहरू यस जिम्मेवारीबाट पन्छिन खोज्छन् । त्यसैले उनीहरूले सुविधा दिन्छन् भने चर्को मूल्य त असुल्ने नै छन् । यस्तोमा भारतजस्तो विकासशील देशमा निजीकरण कसरी सफल हुन्छ र ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here