Home News आमा संगै सपनाको रुवा”बासी | सम्मान र सहयोगको ओहिरो, भाव्बिहोल भए पुण्य...

आमा संगै सपनाको रुवा”बासी | सम्मान र सहयोगको ओहिरो, भाव्बिहोल भए पुण्य गौतम Sapana Roka (सम्मान स्वरुप सेयर गराै)

507
0

आमा संगै सपनाको रुवा”बासी | सम्मान र सहयोगको ओहिरो, भाव्बिहोल भए पुण्य गौतम Sapana Roka




याे समचार पनि पढ्नुहोस्

२०७२ सालको भुइँचालोले भत्काएको रानीपोखरीको पुनर्निर्माणमा पनि महानगर नेतृत्वले एकदमै गैरजिम्मेवार व्यवहार देखाएको थियो । उसले यसको ऐतिहासिक र सांस्कृतिक महत्त्वलाई लत्त्याउँदै कंक्रिटको निर्माण गर्न थाल्यो । यसको ऐतिहासिक वास्तुकला, सांस्कृतिक र पुरातात्त्विक महत्त्व बचाएर मल्लकालीन शैलीमा बनाउन स्थानीय सम्पदाप्रेमी र जनताले दबाब दिएपछि मात्र रानीपोखरीले अहिलेको स्वरूप पाएको हो । नत्र महानगरले इतिहास र संस्कृतिलाई बिर्सेर रानीपोखरीको नाममा स्विमिङ पुलजस्तो एउटा पोखरी बनाउन लागेको थियो । रानीपोखरी, सिंहदरबार वैद्यखाना र गाईजात्रा पर्व प्रताप मल्लको पालामा युवराजको मृत्यु र रानीको शोकका कारण एकसाथ जन्मेर इतिहास बोकेका सांस्कृतिक धरोहर भएको हामीले भुल्नु हुँदैन ।

यसै क्रममा अर्को गम्भीर गल्ती गरिएको छ । नेपाल भाषा, नेपाल संवत्, मानव अधिकार, संस्कृति संरक्षणजस्ता धेरै काममा आजीवन ठूलो योगदान पुर्‍याएका पद्मरत्न तुलाधरको सालिक रत्नपार्कमा स्थापित गर्ने निर्णयलाई पनि स्थानीय जनताले रुचाएका छैनन् । त्यसैले ‘महारानी रत्नको ठाउँमा पद्मरत्न’ जस्ता व्यंग्यात्मक प्रतिक्रिया आउने नै भए । पद्मरत्नजीका नाममा कहीँ पनि अलग्गै पार्क वा अर्को संरचना बनाउन सक्दैन महानगरले ? रत्नपार्कको नयाँ नामकरणमा नचाहिँदो उत्साह हेर्दा महानगरले नयाँ निर्माण गर्न सक्ला भन्ने लाग्दैन । गत वर्ष चिनियाँ राष्ट्रपति आउने बेला महानगरले तीनकुनेमा पचासौं लाख खर्चेर गरेको सजावट दुई–चार महिना पनि टिकाउन सकेन । अनैतिक क्रियाकलाप र दुर्व्यसनीको अखडा भइरहेको रत्नपार्कबाट ती विषयलाई हटाउन नसकेर नयाँ नामको साइनबोर्ड झुन्ड्याइदिएपछि आफ्नो कर्तव्य पूरा भएको ठान्नु नालायकी हो ।

काठमाडौं उपत्यकाभित्र सत्र नगरपालिका छन् । राष्ट्रिय विभूति शंखधर वा पद्मरत्नजी सबैका साझा हुन् । उनीहरूका नाममा संरचना निर्माण गर्न अरू नगरपालिकालाई पनि तातो लाग्नुपर्छ । काठमाडौं महानगरले यसमा आवश्यकताअनुसार संयोजन वा समन्वय गर्न सक्नुपर्छ । तर केन्द्रदेखि स्थानीय तहसम्मका सरकार गठन गरेका कम्युनिस्टहरूबाट बारम्बार संस्कृतिमाथि अतिक्रमण, सांस्कृतिक पहिचान मेटाउने षड्यन्त्र र राष्ट्रिय विभूति वा व्यक्तित्वको अवमूल्यन हुँदै आएको छ । जुन जनताको विश्वास लिएर उनीहरूले निर्वाचन जिते र सरकार बनाए, सत्तामा बसेपछि तिनैमाथि विश्वासघात गर्ने काम भएको छ । उनीहरूकै आस्थामाथि कैयौंपटक कुठाराघात भइसकेको छ । महानगरको रत्नपार्कको नाम फेर्ने निर्णयबाट कथित राजावादीहरूलाई पनि गतिलो सन्देश गएको छ ।

‘काठमाडौंको फोक्सो’ मानिएको टुँडिखेलले पनि लामो इतिहास, सांस्कृतिक गरिमा र महत्त्व बोकेको छ । लिच्छविकालदेखि मल्लकाल हुँदै विभिन्न समयमा विकसित भएको नेवार सभ्यता, परम्परा, संस्कृति र रीतिथितिसँग टुँडिखेल क्षेत्रको सोझो सरोकार रहँदै आएको छ । टुँडिखेल आफैं इतिहास हो र संस्कृति मञ्चन हुने डबली हो । गुरुमापा राक्षसका किंवदन्ती र घोडेजात्राको उत्पत्ति, पाहाँचह्रे पर्व, अजिमाको मूर्तिको सवारी अनुष्ठान, द्येपूजा, नेपाली सेनाको स्थापना दिवसमा हुने शिवरात्रिको बढाइँसहित दसैंको फूलपाती बढाइँजस्ता अनेकौं सांस्कृतिक महत्त्व टुँडिखेलसँग सम्बन्धित छन् । सरकारी प्रश्रय पाएका भूमाफियाबाट टुँडिखेल क्षेत्रलाई जोगाउन गत वर्ष कात्तिक–मंसिरमा स्थानीय बासिन्दाहरूले ‘अक्युपाइड टुँडिखेल’ अभियान चलाउनुपर्‍यो ।

वर्तमान सरकारकै पालामा ल्याइएको आपत्तिजनक र विवादास्पद गुठी विधेयकले जीवन–मरणको सवाल खडा गरेपछि त्यसलाई खारेज गर्न काठमाडौंका जनता जाग्नुपर्‍यो । सरकारका प्रवक्ताले गुठीलाई ‘सामन्तवादको स्वरूप’ भनिदिएपछि समाज झन् आक्रोशित बन्ने नै भयो । नेकपालाई सरकार बनाउने भोट दिएका काठमाडौं उपत्यकाका बहुसंख्यक मतदाता त्यही पार्टीको सरकारविरुद्ध क्रुद्ध हुँदै सडकमा आउनुपर्‍यो । त्यो आपत्तिजनक विधेयक सरकारले दाबी गरेजस्तो ‘गुठीको एकीकृत विकास’ का लागि थिएन, गुठी व्यवस्था स्वाहा पारेर आफ्नो स्वार्थपूर्ति गर्ने असफल प्रयास थियो । कम्युनिस्ट सरकारकै कारण, युनेस्कोको विश्वसम्पदा सूचीमा खुला संग्रहालयका रूपमा रहेका पुरातात्त्विक सम्पदासहित ६९ जिल्लामा लगभग साढे २ हजार राजगुठीको मातहतमा रहेका ७१७ मन्दिर, ६४७ पौवा वा गुठीघर, १९२ फूलबारी, १५९ पोखरी, १०५७ अमानत गुठी, ५००० भन्दा बढी निजी गुठी खतरामा परेका थिए, जसलाई जनदबाबले जोगाएको थियो । Ekantipur बाट साभार गरिएको हो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here