Home News राजाले देखायो काठमाण्डौमा डर**लाग्दो शक्ति, बीच सडकमै प्रहरी र राजाबादी बीच भयो...

राजाले देखायो काठमाण्डौमा डर**लाग्दो शक्ति, बीच सडकमै प्रहरी र राजाबादी बीच भयो लफ**डा, सिंहदरबार घेरिदै

11164
0

राजाले देखायो काठमाण्डौमा डर**लाग्दो शक्ति, बीच सडकमै प्रहरी र राजाबादी बीच भयो लफ**डा, सिंहदरबार घेरिदै



याे समचार पनि पढ्नुहोस्

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकार ढाल्न पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल सरकार ढाल्ने खेलमा लागेको बताएका छन् । अहिले पनि प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको लागि सांसदहरुलाई खाली कागजमा सही गराइएको उनले बताएका छन् ।

शनिबारको सचिवालय बैठकमा जवाफी प्रस्ताव पेस गर्दै प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्तावका लागि भनेर हस्ताक्षर गराउँदा प्रश्न उठाउन सक्ने भन्दै विभिन्न विकास आयोजनाका लागि सरकारसँग माग गर्ने बहानामा सांसदहरुलाई खाली कागजमा सही गराइएको बताएका हुन् ।
ओलीले स्थानीय निर्वाचनमा दाहालले आफ्नै छोरीलाई जिताउन मतपत्र च्यात्नु पर्ने लज्जास्पद उपायको साहारा लिनु पर्ने ठाउँमा पुर्‍याएको प्रसंग पनि जवाफि प्रस्तावमा जोडेका छन् ।

‘स्थानीय चुनावमा सारा घेराबन्दीलाई तोड्दै नेकपा (एमाले) पहिलो शक्तिका रुपमा उदायो । दोस्रो संविधानसभामा कमजोर बनेको जातीय–क्षेत्रीय अतिवाद स्थानीय चुनावसम्म आइपुग्दा लगभग निस्तेज भयो । अवस्था यस्तो भयो कि, आफ्नै छोरीलाई जिताउन मतपत्र च्यात्ने लज्जास्पद उपायको सहारा लिनु पर्ने ठाउँमा तपाईंलाई पुर्‍यायो । तपाईंका अगाडि एउटा गम्भीर प्रश्न उभियो, नेपाली काङ्ग्रेससँगको गठबन्धनमा गाँसिदै अन्ततः विलयनको बाटोमा जाने कि नयाँ राजनीतिक सम्भावनाको खोजी गर्ने । ठिक यही बिन्दुमा हो, दुई पार्टीबीच चुनावी गठबन्धन गर्ने निष्कर्षमा हामी पुगेको । मैले कहिल्यै पनि तपाईंलाई सोधेको छैन– कमरेड, आफैं सम्मिलित गठबन्धनको मुख्य पार्टीलाई थाहै नदिई, एक किसिमले छापामार शैलीमा, विपक्षी पार्टीसँग चुनावी तालमेल गर्दा भोलि उठ्नसक्ने नैतिकताका प्रश्नले तपाईंलाई अलिकति पनि छोएन ?’

जवाफी प्रस्तावको ८ नम्बर बुँदामा ओलीले भनेका छन्, ‘म आज पनि यो प्रश्न सोध्दिनँ, किनभने यो राम्रो कामको लागि तपाईंले लिएको जोखिम हो भनेर मैले अनुमान गरेँ । तर जब आज पनि तपाईं, सिधै प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्तावका लागि भनेर हस्ताक्षर गराउँदा साथीहरुले प्रश्न उठाउलान् भनेर, विभिन्न विकास आयोजनाका लागि सरकारसँग माग गर्ने बहानामा सांसदहरुलाई खाली कागजमा सही गराउँदै हुनुहुन्छ, गम्भीर नैतिक प्रश्न त उठ्छ नै ।’

ओलीले दाहाललाई अपारदर्शिता र छलछाम किन गरेको भनेर प्रश्न गरेका छन् । प्रस्तावको ९ नम्बर बुँदामा ओलीले भनेका छन्, ‘कामरेड ‘प्रचण्ड’, किन यस्तो अपारदर्शिता ? किन यस्तो छलछाम ? राजनीतिमा सहमत हुन पाइन्छ, असहमत हुन पनि पाइन्छ । भएको पार्टी विघटन गर्न र नयाँ पार्टी बनाउन पनि पाइन्छ । भएकै कुनै पार्टीमा जोडिन पाइन्छ । तपाईं आफै यस्ता कुरालाई स्वाभाविक र आफ्नो नियमित अभ्यास भन्ने गर्नुहुन्छ । ‘भत्काउने– बनाउने– फेरि भत्काउने‘ यस्तो विषयलाई गर्वको विषय बताउनु हुन्छ । अझ थप, दिक्क लाग्यो भने, राजनीति छाड्न पनि पाइन्छ । विश्राम लिन पनि पाइन्छ । तर लोकतन्त्रमा पारदर्शिता र नैतिकता ठूलो विषय हो । युद्धका बेला काम लागेका विधिहरु शान्तिपूर्ण, लोकतान्त्रिक र खुल्ला समाजमा सधैभरि काम लाग्दैनन् । मेरो प्रश्न तपाईंले लिन खोजेको बाटोप्रति होइन, ती कामलाई ‘सहमति’ को आवरणमा गर्नुभएको दोहोरो मापदण्ड र बहानाबाजीका हकमा हो ।’

दाहालले पेस गरेको प्रस्तावलाई सचिवालयबाट खारेज गर्न पनि ओलीले सचिवालयका सबै सदस्यलाई आग्रह गर्दै उनले भदौ २६ को निर्णयमा फर्किन पनि प्रस्ताव गरेका छन् ।

प्रस्तावको अन्तिममा ओलीले भनेका छन्, ‘मैले मेराविरुद्ध कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगाउनु भएका आरोपहरुको खण्डन गरेको छु, तिनलाई अस्वीकार गरेको छु । म कमरेडहरुलाई आग्रह गर्न चाहन्छु, पार्टीमा विग्रह निम्त्याउने कथित प्रस्ताव सचिवालय बैठकबाट खारेज गरौँ र पार्टीलाई २०७७ भदौ २६ गते स्थायी कमिटीले निर्माण गरेको सहज अवस्थामा फर्काऔँ ।’

ओलीले महाधिवेशन आयोजना गरी नेतृत्व हस्तान्तरण गर्ने मुख्य अभिभारा भएका अन्तरिम कमिटीहरुलाई अल्पमत र बहुमतको खेल खेल्ने थलो नबनाउन पनि आग्रह गरेका छन् ।

‘कुनै पनि महाधिवेशन/अधिवेशनहरुबाट निर्वाचित नभएका, महाधिवेशनसम्मको सङ्क्रमणकालीन व्यवस्थाका लागि भनेर बनाइएका र सहजतापूर्वक महाधिवेशन आयोजना गरी नेतृत्व हस्तान्तरण गर्ने मुख्य अभिभारा भएका अन्तरिम कमिटीहरुलाई अल्पमत र बहुमतको खेल खेल्ने थलो नबनाऔं । हाम्रो विधान र नियमावली पनि अधिवेशनसम्म हामीलाई मार्गदर्शन गर्न बनाइएका अन्तरिम प्रबन्धहरु हुन्,’ ओलीको जवाफी प्रस्तावमा छ, ‘तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी–केन्द्र) का दुई अध्यक्षले सहमतिका साथ अघि बढ्ने प्रतिबद्धता र एकीकरणका सम्पूर्ण काम सम्पन्न गर्न एकता महाधिवेशन गर्ने प्रयोजनका लागि सहमतिका साथ र मनोनयनका आधारमा बनाइएका यी कमिटीहरुलाई महाधिवेशन/अधिवेशन आयोजना गर्ने मुख्य उद्देश्यबाट बरालिन नदिऊँ । तीन महिनाभित्र सक्ने भनिएको सङ्गठनात्मक एकीकरणको काम सम्पन्न गर्ने काममा केन्द्रित बनौँ । विचार, विधि, सङ्गठन र नेतृत्वको प्रश्नको समाधान यथाशीघ्र एकता महाधिवेशन आयोजना गरेर त्यसैबाट खोजौँ ।’

५३ बुँदामा समेटिएको ओलीको जवाफि प्रस्ताव दाहालले लगाएका ओरोपको खण्डनमा बढि केन्द्रीत छ । सचिवालयमा पेस भएका दुवै प्रस्तावमाथि मंसिर १६ को सचिवालय बैकठमा छलफल हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here