Home News पाइलट राजुको श्रीमतिले खोलिन कुरा ! संगै उडेका पाइलटलले देखेका रहेछन लाइभ...

पाइलट राजुको श्रीमतिले खोलिन कुरा ! संगै उडेका पाइलटलले देखेका रहेछन लाइभ खोले दुर्घ**टना हुनुको रह**स्य

3640
0

पाइलट राजुको श्रीमतिले खोलिन कुरा ! संगै उडेका पाइलटलले देखेका रहेछन लाइभ खोले दुर्घ**टना हुनुको रह**स्य




याे समचार पनि पढ्नुहोस्

उजिरमान तामाङ ८० वर्षका भए। सूर्योदय नगरपालिका—५ को खर्बनीमा जन्मेका उनले आफ्नो पूरै उमेर त्यहीँ बिताए। घरमाथिको डाँडामा घाम ताप्न उक्लेका उनले कुराकानीको सुरुमै भने, ‘सरकार कहाँ छ भनेर हेर्न डाँडा चढेको तर देखिएन।’ खर्बनी पुग्न गाडी चल्ने ठाउँबाट चार घण्टा पैदल हिँड्नुपर्छ। उजिरमानले सुनाए, ‘पहिले जस्तो थियो अहिले पनि उस्तै छ।’

साप्ताहिक रूपमा लाग्ने शान्तिबजार पुग्न तीन घण्टा लाग्छ। त्यहाँबाट अहिले पनि स्थानीयले खाद्यान्न आफैं ओर्साछन्। यिनैमध्येकी बुद्धिमाया तामाङले सुनाइन्, ‘घोडा आउने बाटो नै छैन, टाउकोमा नाम्लो नलगाए चुल्हो बल्दैन।’ समृद्ध सूर्योदयको नारासहित सबै वडामा बाहै्रमास सडकको लागि काम गरिरहेको सूर्योदय नगरपालिकाले पूरै गाउँलाई ‘सौतेनीको सन्तान’ ठानेको गुनासो गर्छन् स्थानीय कृष्ण तामाङ। बिरामी पर्दा उपचारका लागि स्वास्थ्यचौकी पुग्न चार घण्टा बढी लाग्ने हुँदा भाग्यले बाचेको ठान्छिन् जितमाया तामाङ।

स्थानीयले वडाध्यक्ष प्रेम तामाङबाहेक अरूलाई चिन्दैनन्। ७० वर्षका लाखमान तामाङले भने, ‘बाटोमा भेट्दा हालखबर सोध्छ (वडा अध्यक्षले) तर विकासको कुरै हुँदैन।’ घरमा बिजुली नभएकै कारण कुनै घरमा टेलिभिजन छैन। स्थानीय बिर्खबहादुर तामाङले सुनाए, ‘कसैकसैकोमा रेडियो बज्छ, टेलिभिजन त परको कुरा भयो।’ इन्टरनेटको दुनियाँमा संसार भुलिएको समयमा मोबाइलको नेटवर्क खोज्न पनि अग्लो ठाउँ खोज्नु पर्ने अवस्था रहेको स्थानीय गुनासो पोख्छन्।

विद्यालय पुग्न घण्टौं हिँड्नु पर्छ। कतिपयले त्यही पीरले बाहिर नानीहरू राखेर पढाउने गरेका छन्। सरकारलाई जमिनको मात्रै कर पनि वार्षिक तीन हजार तिर्ने बिर्खबहादुर तामाङले सुनाए, ‘बाटो भइदिएको भए विद्यालय, स्वास्थ्यचौकी र बजार सबै पुग्न सहज हुने थियो। तर हाम्रो कर लगेर भत्ता खाएरै सके।

हामीलाई एक आँखाले हेरेनन्।’ सोझा तामाङ परिवारको आवाज बोल्दिने नभएकाले नै तीन पुस्ताले दुःख पाइसकेको बिर्खबहादुरको दुःखेसो छ। दुःख देख्ने कोही नभएपछि कतिपयले गाउँ नै छोडिसके। अहिले पाँच परिवारले गाउँ रुँघिरहेका छन्। अरूको जमिन छ। कहिलेकाहीँ आएर फर्कन्छन्।

रोजगारीको अवसर नपाएका यहाँका युवा भारतका विभिन्न सहरमा रोजगारीका लागि जाने गरेका छन्। कोभिडको कारण आयको त्यो स्रोतसमेत गुमेको स्थानीयको गुनासो छ।

बिरामी पर्दा झोलुंगोमा बोक्नुपर्ने खर्बनीका स्थानीयले अहिलेसम्म नगरपालिकाका अगुवाहरूलाई चिनेका छैनन्। मेयरको नाम सुने पनि प्रत्यक्ष नबोलेका उनीहरूले भोट जितेका कसैले पनि गाउँमा नटेकेको बताए। कहिलेकाहीँ रेडियोमा सडक अनुगमन र उद्घाटनको कुरा सुनेका उनीहरूले नगरबाट पाउने कृषिका तालिम र अनुदानबारे समेत थाहा पाएका छैनन्। कोभिड बारे पनि रेडियोमा सुनेका उनीहरूले स्थानीय जनप्रतिनिधिले समेत गाउँमा पाइला नहालेकोमा गुनासो गरे। Annapurnapost बाट साभार गरिएको हो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here