Home News Breaking: गलकोटबाट काठमाण्डौं उडेको हेलिकप्टर दु’ र्घटना

Breaking: गलकोटबाट काठमाण्डौं उडेको हेलिकप्टर दु’ र्घटना

431
0

गलकोट, गलकोटबाट काठमाण्डौं उडेको हेलिकप्टर नुवाकोटमा दु’र्घटना भएको छ ।




कैलाश हेलिकप्टर सर्भिसेस्को नाईन एनए जेजे हेलिकप्टर दु’र्धटना भएको हो । उडिरहेको हेलिकप्टरमा चिल चरा ठो’किएपछि दु’र्घटना भएको गलकोट नगरपालिका वडानम्वर ३ का वडा अध्यक्ष वीर जंग भण्डारीले जानकारी दिनुभयो ।उडिरहेको हेलिकप्टरमा चरा ठो’किएपछि बेलकोटगढि गाँउपालिका वडा नम्वर ६ मा आकस्मीक अवतरण गरेको बताईएको छ । हटियाबाट १२ बजेर ५० मिनेटमा उडेको हेलिकप्टर पौने २ बजे दु’र्घटना भएको हो ।

चरा ठोकीदा हेलिकप्टरको अगाडिको सिसा फु’टेको छ भने अगाडिको भागमा क्ष’ति पुगेको छ ।हेलिकप्टरमा सवार गलकोट नगरपालिका वडा नम्बर ३ का अध्यक्ष भण्डारी सहित गलकोट नगरपालिका वडा नम्बर ३ का सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गिता मल्ल तथा चालकको अवस्था समान्य रहेको बताईएको छ । भण्डारीको हात र खुट्टामा सामान्य चो’ट लागेको छ ।

याे समचार पनि पढ्नुहोस्

दे’वघाट ३ नाल्बुङ निवासी माया गुरुङ ७३ वर्षकी भइन्। गाउँमै हुर्कि बढी वृद्धावस्थामा ढल्कन थालेकी उनी नेपाली हुन् भन्नेमा कुनै शंका छैन। तर राज्यको नजरमा भने उनी यत्तिका उमेरम्म पनि अनागरिक नै थिइन्। उनले अहिलेसम्म नागरिकता पाएकी थिइनन्। बिहे पनि नगरेकी र परिवारका कोही पनि सदस्य नभएकी उनी मामाघरको खाली झुप्रोमा बस्दै आएकी थिइन्। तर २०७२ सालको भूकम्पले उनको त्यो आश्रय पनि भ’त्कियो । प्राविधिकहरुले उनको घर पूर्ण क्षतिग्रस्त भनेर लाभग्राहीको सूचीमा त पारिदिए तर नागरिकता नै नभएकाले उनी त्यो सुविधाबाट ब’ञ्चित भइन्।

मंसीर मसान्तसम्म सम्झौता नभएमा सूचीमा परेकाले घर बनाउने पैसा नपाउने सरकारले भनेको छ। तर मायाको नागरिकता नै थिएन। आफन्तको घर भ’त्केपछि टिनले ढाकेको झुप्रोमा एक्लो जीवन बिताउँदै आएकी उनको अवस्थबारे स्थानीय युवाले खबर दिए पछि प्रशासनले घरमै गएर नागरिकता प्रदान गरेको छ। प्रमुख जिल्ला अधिकारी सागर आचार्यले आफूले साता अघि वृद्धाको अवस्था थाहा पाए पछि घरमै गएर नागरिकता दिएको बताए। ‘नागरिकता नभएकैले भत्ता र घर बनाउने पैसा पनि पाउन नसकेको सुने पछि घरमै गएर नागरिकता दियौं,’ उनले भने।

अब उनले सामाजिक सुरक्षा भत्ता पाउने बाटो पनि खुलेको छ। स्थानीय युवा गंगासिं विकले वृद्धाको अवस्थाबारे जानकारी गराए पछि नागरिकता दिलाउन प’हल थालेको तनहुँ क्षेत्र नम्बर १ का सांसद कृष्णकुमार श्रेष्ठका सचिवालय संयोजक अनिल पाण्डेले बताए ।याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here