Home News धर्ति माता पोखरामा आउदा यस्तो भयो ! देउता बोल्न थाले ,मातालाई भेट्दा...

धर्ति माता पोखरामा आउदा यस्तो भयो ! देउता बोल्न थाले ,मातालाई भेट्दा रुवाबासी(भिडियो)

552
0





पछील्लो समय ‘धर्ती माता’ को रुपमा सामाजिक सञ्जालमा चर्चित बनेकी छिन् गुल्मीकी विष्णु कुँवर । गुल्मीको ईस्मा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष टीका रेश्मीका अनुसार उनको जन्म घर सोही वडा साविक हस्तीचौर गाविस –८ मा रहेको पालुखाको पनाह टोलमा हो ।

उनकी आमाको मृ’त्यु भइसकेको छ भने उनले बाबुको नाम सञ्चार माध्यममा गोप्य राखेकी छिन् । उनीहरुको परिवार बसाइसराइ गरेर रुपन्देहीतिर गएको ८–९ वर्ष भएको उनका दाजु पर्ने पनाहका बलभद्र कुँवरले बताए ।

मेरी आमा तीन महिनाको गर्भवती रहँदा बुवाले माइतीमा छाडेर हिँडेका थिए । म जन्मेको डेढ वर्ष हुँदासम्म बाबाले यो सन्तान मेरो होइन भनेर जिम्मा लिन मान्नुभएन । खासमा वहाँलाई छोरा जन्मियोस् भन्ने रहेछ । आमाले मलाई माइतमै राखेर स्याहार गर्नुभयो ।

मेरो बाल्यकाल कष्टपूर्ण थियो । मलाई राम्रोसँग खान दिइँदैन थियो । धेरै काम गर्नुपर्ने । पढ्न जान्छु भन्दा मेरो कापी कितावहरु जलाई दिने । स्कुल जान्छु भन्दा पर्दैन तँ दुनियाँकी लतारा भनिन्थ्यो । कुटाई खाँदा मुख र नाकबाट रगत आउँथ्यो । सिस्नोले हान्दा खुट्टा सुनिएर तीन दिनसम्म उठ्न नसक्ने हुन्थेँ । एक पटक मलाई पिटेर मरी भनेर फाल्दिएका थिए, आँपको बुटामुनी । म तीन घण्टा पछि मात्र ब्युझिँएछु ।

एक दिन आफ्नै मान्छेले सात दिनको आटो सिन्कीसँग पकाएर खान दिँदा त्यो आटो किन फालिस भनेर मेरो मुन्टो खरानीमा गाड्देको मलाई भर्खरै जस्तो लाग्छ ।

त्यो बेलामा धेरै घाँस काट्न नसकेपछि ढिकाबाट घचेडेर तलसम्म झारेको भर्खर जस्तो लाग्छ । सायद त्यही भएर पनि होला भगवानकी प्यारी भएर रुखमुनी बसेर संसारको ज्ञान लेखे, संसारको ध्यान लेखेँ ।मान्छेहरु ठगी खाने माता भन्छन् । मैले धेरै पैसा बैंकमा राखेको रेकर्ड छैन । दाजु भाईले दिएको चारपाँच तोला सुन छ ।

भिडियो हेर्नुस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here