Home News छोरीलाई टुक्रा टुक्रा पारि जलाएको पुरै नालीबेली सहित बुवा मिडियामा | HARIRAM...

छोरीलाई टुक्रा टुक्रा पारि जलाएको पुरै नालीबेली सहित बुवा मिडियामा | HARIRAM DHAKAL | GITA DHAKAL

90
0


काठमाडौं : रञ्जन कोइरालाको सजाय घटाएर रिहा गर्ने सर्वोच्च अदालतको फैसलाको सबैतिरबाट विरोध र आलोचना भएको छ। यही विषयले सामाजिक संजाल पुरै तरंगित भएको छ। नियोजित रुपमा श्रीमतीको हत्या गर्ने कसुरदारलाई छोडेर न्यायलयले न्यायको उपहास गरेको टिप्पणी कानुनकर्मीले समेत गरेका छन्। यस्तो फैसालाले न्यायलयप्रतिको आमआस्था र भरोसा धरमराएको चिन्ता नागरिकस्तरबाट व्यक्त भएको छ।

राजनीति, कानुन, नागरिक समाज तथा अन्य क्षेत्रमा क्रियाशिल पेसाकर्मीले समाजलाई नै लज्‍जित र अपमानित गर्ने गरी यस्तो विवादित फैसला गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउनुपर्ने माग गरेका छन्। संसदको विशेष अधिवेश बोलाएर यो विषयमा बहस गर्नुपर्ने र महाअभियोग प्रस्ताव दर्ता गर्नुपर्ने माग नागरिकस्तरबाट समेत व्यापक रुपमा अघि सारिएको छ।

सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका पूर्वडीआईजी रञ्जन कोइरालालाई जेलमुक्त गर्ने सर्वोच्च अदालतको फैसला कानुनको सिद्धान्त र स्थापित नजिरविरुद्ध रहेको जिकिर गर्दै पुनरावलोकन मागसहित निवेदन दर्ता भइसकेको छ।

पूर्वडीआईजी कोइरालाले पत्नी गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको कसुर ठहर गर्दै काठमाडौं जिल्ला अदालत र ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो।

जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका कोइरालालाई सर्वोच्चले सजाय ११ वर्ष घटाउने फैसला गरेपछि बिहीबार रंजन जेलमु्क्त भएका हुन्।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासको यस्तो फैसाला सुनाएको हो।

पूर्वमहान्यायाधीवक्ता डा. युवराज संग्रौलाले न्याय प्रणालीमामा सामाजिक न्यायको अवधारणा शून्यमा झरेको टिप्पणी गरेका छन् ।

‘कम्पनीले व्यक्तिका विरुद्ध मौलिक हक उलंघनका मुद्दा हाल्छ्न, तत्काल पेसी पर्छ। विकासका योजना रोक्ने अन्तरिम आदेश जारी हुन्छ्न्। धनीका मुद्दा हेर्ने कमर्सियल इजलास छ्न्, वकालत सेवा होइन ब्यापार भएको छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘न्यायाधीश गोजीका लिस्टबाट मध्यरातमा नियुक्त हुन्छ्न्। राम्रा जति न्यायाधीश डामिन्छ्न् । विचारा बनेका छ्न् । छोराछोरी पढाउन जागिर कायम राखेर बसेका छ्न्।’

सबैको कठ्पुतली बन्यो न्याय : वरिषठ अधिवक्ता डा.युवराज संग्रौला, पूर्व महान्यायधिवक्ता

पूर्वमहान्यायाधिवक्ता डा युवराज संग्रौलाले सामाजिक संजालमा राखेको प्रतिक्रियालाई यहाँ जस्ताको तस्तै प्रस्तुत गरिएको छ। उनले न्याय सबैको कठपुतली बनेको आक्रोश व्यक्त गरेका छन्।

न्याय सत्य खोज्ने प्रक्रिया हो। अहिले हामिले प्रयोग गरेको न्याय प्रणाली उपनिबेशी न्याय प्रणाली बाट आएको हो, र अहिले पनि उपनिबेशिनै छ। भारतबाट भौतिक उपनिबेश गयो, तर हाम्रा न्याय क्षेत्रमा गाडिएको उपनिबेशी न्याय प्रणाली कहिलेपनि गएन। जनताको आस्था न्याय प्रणाली प्रती शुन्य छ। छट्पटी गर्नु बाहेक केहि छैन। सबै कुरा औपचारिकतामा सकिन्छ। नियुक्ति, कार्यबिधी, फैसला सबै। तर पनि यहि क्षेत्रमा म निरन्तर लागि रहेको छु। मलाइ बिस्वास छ, अब आउने पुस्ताले यस्लाइ बदल्ने छ। हामीले गरेको फोहोर नयाँ पुस्ताले सोर्ने छ। तर बीस बर्ष लाग्छ। भोलि इतिहास लेखिने छ। इतिहासबाट डराउन सिक्नु सबैका लागि कल्याण हुन्छ।

१. न्याय प्रणालीमामा सामाजिक न्यायको अवधारणा जिरो छ। कम्पनीले ब्यक्तिका विरुद्ध मौलिक हक उलंघनका मुद्धा हाल्छ्न, तत्काल पेसि पर्छ। बिकासका योजना रोक्ने अन्तरिम आदेश जारी हुन्छ्न। धनीका मुद्दा हेर्ने कमर्सियल इजलास छ्न, वकालत सेवा होइन ब्यापार भएको छ। न्यायाधीश गोजीका लिस्टबाट मध्यरातमा नियुक्त हुन्छ्न। राम्रा जति न्यायाधीश डामिन्छ्न। बिचारा बनेका छ्न। छोराछोरी पढाउन जागिर कायम राखेर बसेका छ्न।

२. एक पटक एक आततायी श्रीमतीले आफू बच्न घच्याट्दा लागेको चोटले लोग्ने मरेछ, बिचारा त्यो महिलालाई जोगाउन सकिएन। उनी सजाय भोग्दा भोग्दै टि बि लागेर मरिन। दांङमा झुट्टो मुद्दा मा फंसाएको बिजय शर्माको पीडा सुन्छु, फोन उठाउन मन लाग्दैन। पुलिसले भात खाएको पैसा माग्दा झगडा परेर जिउ मास्ने बेच्ने मुद्दा लागेकी महिला जेलमा सडेको देखेको छ। कम्पनीले भ्याट नतिरेको आरोपमा इन्जिनियरले जेल भोग्नु पर्ने बाध्यता छ। गरिब जति जेलमा छ्न। सामाजिक न्यायको एक शब्द उच्चारण कहिं हुदैनन। सरकार कम्युनिस्टको, बारमा कम्युनिस्ट, महान्यायाधिवक्ताको अफिस कम्युनिस्टको नेतृत्वमा।

किन गरिब मात्र जेलमा, अनि किन धनीको सजाय मात्र कम हुने? आफुलाइ मार्क्सबादी बिज्ञानको बिद्यार्थी भन्न लाज लाग्छ। न्याय काङ्ग्रेस, कम्युनिस्ट, वकिल, न्यायाधीश, नेता कर्मचारी सबैको कठ्पुतली बन्यो। आएरले एउटा फैसला लेखेका छन, जब समाजमा न्याय मर्छ समाजमा मानिसको हालत पोखरीबाट बाहिर निकालेको माछा जस्तै हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here