Home News Exclusive: बिहे गरि अष्ट्रेलिया लैजान्छु भनि प्रेमिकाले फ”साईन, पच्चीस लाख चैट (अस्ट्रेलिया...

Exclusive: बिहे गरि अष्ट्रेलिया लैजान्छु भनि प्रेमिकाले फ”साईन, पच्चीस लाख चैट (अस्ट्रेलिया काे नाम मा लुट)

274
0

Exclusive: बिहे गरि अष्ट्रेलिया लैजान्छु भनि प्रेमिकाले फ”साईन, पच्चीस लाख चैट




याे पनि पढ्नुहोस्

लामो समयदेखि सुस्त रहेको र घटिरहेको नेप्से परिसूचक पछिल्ला केही दिनदेखि आक्रामक रुपमा बढिरहेको छ। यसरी सेयर मार्केटका परिसूचकहरु बढ्नु अर्थतन्त्रका लागि सकारात्मक संकेत हो। यति हुँदाहुँदै पनि नेपालको परिपेक्षमा नेप्से परिसूचकले समग्र अर्थतन्त्रको प्रतिविम्व भने गर्दैन। नेपाली सेयर बजार आम मानिसको जीवनसँग खासै जोडिएको छैन, त्यसैले यसमा आएको उतार चढाबले समग्र अर्थतन्त्र र आम मानिसको जीवनमा भने धेरै फरक पार्दैन तर पछिल्लो समय यो क्षेत्रमा भएका सुधारहरुले कारोबारमा सहज भएपछि नेप्से परिसुचक बढेको अनुमान गर्न सकिन्छ।

नेपाली सेयर बजारमा नेप्से यसरी बढ्नुका केही कारणहरु मध्ये एउटा मुख्य कारण हाल बजारमा रहेको ब्याजदर हो। बैंकको मुद्दती खातामा नै ७.२५% ब्याजदर कायम हुनु र निक्षेपमा २% को हाराहारीमा मात्र ब्याजदर हुँदा मानिसहरुले पैसा बैंकमा राखिरहनु भन्दा शेयर कारोबारमा लगाउँदा ज्यादा प्रतिफल दिन्छ भन्ने अनुमानका साथमा शेयर खरिद गरेका कारणले नेप्से परिसूचकमा सकारात्मक प्रभाव परेको देखिन्छ।

विश्व बैंकले नेपालमा कोरोना भाइरसको संक्रमण सुरु हुँदा सन् २०२० मा अघिल्लो वर्ष २०१९ मा भन्दा करिब १२% ले विप्रेषण घट्ने अनुमान गरेको थियो तर यसको विपर्यास नेपालमा विप्रेषण १२.६% ले बढेको छ। अमेरिकी डलरमा मात्र विप्रेषण ७.६% ले बृद्धि भएको छ। यसरी अनुमान गरिए भन्दा भिन्न विप्रेषण बृद्धि हुँदा यसले सेयर मार्केटमा समेत सकारात्मक प्रभाव पारेको हो।

सेयर बजारमा सकारात्मक असर पर्नुको अर्को कारण हालै भएका केहि नीतिगत सुधारहरु पनि हुन्। नयाँ व्यवस्था अनुसार ५०% मात्र कायम गरेको मार्जिन लेन्डिनलाई ६५% बनाउँदा सहज कर्जा प्रवाह भई शेयर बजारमा लगानी हुँदा शेयर बजारमा यसको प्रभाव परेको छ। यसरी मार्जिन लेन्डिनको सिमा बढाएकै कारणले मात्र शेयर मार्केट बढ्नु कति सकारात्मक हो- यो फरक बहसको विषय हुनसक्छ। तर यसको प्रभाव शेयर मार्केटमा भने सकारात्मक परेको छ।

शेयर बजारमा भएका केही नीतिगत सुधारहरुका कारणले पनि सकारात्मक प्रभाव परेको देखिन्छ। अनलाइन ट्रेडिङमा सहजता आउँदा आम मानिसहरुलाई लगानी गर्न सजिलो भएको छ। अझ सुधार गर्दै जाने र शेयरको खरिद-बिक्री गर्न ब्रोकरको आवश्यकता नपर्ने हो भने नेप्से हालको स्थान भन्दा पनि अझ माथि पुग्ने कुरामा कुनै दुबिधा छैन।

यसका साथै शेयर बजारमा भएका केही नीतिगत सुधारहरुका कारणले पनि सकारात्मक प्रभाव परेको देखिन्छ। अनलाइन ट्रेडिङमा सहजता आउँदा आम मानिसहरुलाई लगानी गर्न सजिलो भएको छ। अझ सुधार गर्दै जाने र शेयरको खरिद-बिक्री गर्न ब्रोकरको आवश्यकता नपर्ने हो भने नेप्से हालको स्थान भन्दा पनि अझ माथि पुग्ने कुरामा कुनै दुबिधा छैन।

तर यी सबै सकारात्मक कामहरुका बाबजुद पनि शेयर बजार नेपालमा जसरी बढिरहेको छ। यो अप्राकृतिक हो। हामीले हाम्रो अर्थतन्त्रमा गरेको एउटा सबैभन्दा ठूलो गल्ती भनेको बैंक तथा वित्तीय संस्था संचालकलाई अन्य व्यवसाय सञ्चालन गर्न दिनु हो। यसो गर्दा एउटा बैंकको सञ्चालकले अर्को बैंकको सञ्चालकले चलाएको अन्य कुनै व्यसायमा कर्जा लगानी गर्छ र अर्कोले पनि त्यसैगरी अर्को सञ्चालकको व्यवसायमा कर्जा दिन्छन्। कानुनका आखाँमा यसका केही गलत छैन तर यसरी एक अर्कालाई कर्जा प्रवाह गर्दै जाँदा साँच्चै कर्जाको खाँचो भएका साना व्यवसायीहरु मारमा पर्छन्; र बैंकहरुले आवश्यक स्थानमा कर्जाको प्रयोग गर्न सक्दैनन्। हालको सेयर बजारको बृद्धि पनि यस्तै प्रवृत्तिबाट चोखो छैन।

केही ठूला लगानीकर्ताले एक अर्काको व्यवसायमा जानजानी लगानी गरि रुग्ण भएको शेयर बजारलाई आकर्षक बनाउने रणनीतिका रुपमा यो समयलाई लिएका छन्। नेप्से परिसूचकले केही दिन आम मानिसलाई आकर्षित गर्छ र नेप्से परिसूचक घटेको दिन साना लगानीकर्ताको पैसा लामो समयका लागि बजारमा फस्ने सम्भावना बढ्छ। तर ठूला लगानीकर्ताले भने यसबाट प्रचुर फाइदा लिन सक्छन्। समग्रमा भन्नुपर्दा हालको नेप्से परिसूचकमा भएको बृद्धि प्राकृतिक नभई कृतिम हो।

लामो समयसम्म कोभिडको मारमा परेका लगानीकर्ताहरुले आफूसँग भएको समिति लगानीका लागि अन्य क्षेत्र भन्दा सुरक्षित महसुस गरेका कारणले अन्य केहीमा लगानी गर्नु भन्दा पैसा शेयर बजारमा लगाएका कारणले पनि यो बजारमा सोचेको भन्दा बढी बृद्धि भएको हो। साथै शेयर बजार घर-जग्गा जस्तै कालो धन लुकाउन प्रयोग हुने एउटा साधन हो। पछिल्लो समय सरकारले यसरी शेयर बजारमा कालो धनको प्रयोग हुने सम्भावनालाई न्यूनीकरण गर्दै गएको भएता पनि यो निवारण भएको छैन। कोरोना भाइरसको संक्रमण पछि घर जग्गा व्यवसाय केही संकुचित भएका कारणले पनि शेयर बजारमा लगानी बढेको छ।

शेयर मार्केट बढ्नलाई लगानी कर्ताको आत्मविश्वास बढ्नुपर्छ। आत्मविश्वास बढ्न बजारमा व्यवसायहरु फस्टाएको, नयाँ उत्पादन ल्याएको, उत्पादनको माग बढेको, कुनै कम्पनीले अकल्पनीय डिभिडेन्ड बाँडेको वा प्रगति गरेको हुनुपर्छ। यसका साथै सरकारको नीतिगत व्यवस्थाले निजी क्षेत्रलाई व्यवसायमा प्रोत्साहित गरेको हुनुपर्ने हो। यसका साथै शेयर मार्केट सकारात्मक सूचना र प्रतिकूल वातावरणका कारणले समेत बढ्दछ। हालको परिस्थितिको मूल्याङ्कन गर्ने हो भने यी कुनै पनि क्षेत्रमा उल्लेखित सुधार भएका छैनन्। साह्रै अनुदार ठानिएका अर्थमन्त्री बिदाइ भएर नयाँ अर्थमन्त्री आउँदा केही लगानीकर्ता उत्साहित भएका हुनसक्छन् तर यतिले मात्र बजारमा यस्तो सुधार आउने सम्भावना कमै छ। देशले नयाँ अर्थ मन्त्री पाएको भए पनि लगानी मैत्री वातावरण निर्माण गर्नमा कुनै पहल भएको छैन यस्तो अवस्थामा बढेको शेयर बजारलाई अप्राकृतिक बृद्धि हुनसक्छ। तसर्थ आम लगानीकर्तले शेयर मार्केटबाट लाभ लिनलाई नबुझी हाम फाल्दा घाटा व्यहोर्नुपर्ने हुनसक्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here