Home News रमेश प्रसाईले आँटे बिहे कल्पना दाहाल भन्छिन लेखेको पाईन्छ देखेको पाईदैन, बिगत...

रमेश प्रसाईले आँटे बिहे कल्पना दाहाल भन्छिन लेखेको पाईन्छ देखेको पाईदैन, बिगत सम्झेर बनिन भाबुक

518
0

रमेश प्रसाईले आँटे बिहे कल्पना दाहाल भन्छिन लेखेको पाईन्छ देखेको पाईदैन, बिगत सम्झेर बनिन भाबुक




याे समचार पनि पढ्नुहोस्

धेरैजसो फिल्मको कार्यक्रम भइरहन्थ्यो कुमारी हलमा । कार्यक्रम नभए पनि कलाकार र दर्शकको आउजाउ हुन्थ्यो । ९ महिना भयो यो हलको ढोकामा ताला झुन्डिएको । कुमारी हलको दृश्य पनि वान सिनेमाजको भन्दा फरक छैन । टिकट काउन्टरको छेउमा बलिउड फिल्म ‘थप्पड’, ‘अंग्रेजी मिडियम’ र नेपाली फिल्म ‘आमा’को पोस्टर टाँसिएको छ । पार्किङ क्षेत्र खाली छ । हलको प्राङ्गणमा दर्शकको जुत्ता/चप्पलको छाप भेटिँदैन । हलमा गुँड बनाएर बसेका चराचुरुङ्गीको प्वाँखहरु प्राङ्गण वरिपरि छरिएको भेटिन्छ ।

दर्शकको बाक्लो भीड रहने यो हल पुग्दा सुरक्षामा खटिएका सेक्युरिटी गार्ड कुमार रानामात्रै भेटिए । काम गरेको डेढ वर्षमा कहिल्यै उनले कुमारी हललाई यसरी एक्लो देखेका थिएनन् । ‘पहिला त भिड हुन्थ्यो दर्शकको । अहिले त सुनसान छ,’ हलको अवस्थाबारे सुनाउँदै भने,’पहिला त ढोकामा चेकिङ गर्नु पर्थ्‍यो । अहिले त आवश्यक नै छैन । कलाकारहरु पनि देख्न पाइन्थ्यो । अहिले त एक्लै दिन काट्न पनि गाह्रो ।’

कहिलेकाहीँ उनलाई ढोकामा देखेर ‘हल खुलेको हो ?’ भन्दै सोध्ने पनि गर्छन् । उनी ‘होइन’ भन्दै दर्शकलाई फर्काइदिन्छन् । कोरोना महामारीका कारण कुमारी मात्रै होइन नेपालभरको हलको अवस्था यस्तै छ । कुमारी हलको यो शून्यतासँग अभ्यस्त हुँदै गए पनि कुमारलाई लाग्छ,’चाँडै हल खुले त अरु कर्मचारी साथीहरुसँग भेट हुन्थ्यो । उनीहरुसँग कुराकानी गर्न पाइन्थ्यो ।’

कोरोना महामारीका कारण सरकारले सुरुमै फिल्म हल बन्द गर्ने निर्णय गर्‍यो । अहिले लामो/छोटो दुरीका यातायत सञ्चालनमा छन् । होटल/रेस्टुरेन्ट खुले । बैंक तथा विभिन्न उद्योग खुल्दा हलमा अझै ताला झुन्डिएको छ । बन्द भएको ९ महिना बितिसक्दा पनि सरकारले हल खोल्ने निर्णय नगर्दा हल सञ्जालकहरु आक्रोशित छन् । चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान हल खोल्ने इजाजत नदिए हलको चाबी सरकारलाई बुझाउने बताउँछन् ।

‘हल त जतिसक्दो चाँडो खोल्न दिनुपर्‍यो । ९ महिनादेखि हामीले कर्मचारीलाई आधा तलब दिएर राखेका छौं । बत्तीको पैसा बुझाउँदैछौं । बैंक ब्याज तिरिरहेका छौं । हलको भाडा तिर्दैछौं, ‘उनले भने, ‘अहिले सम्पूर्ण क्षेत्र खुलिसक्यो । १२ को परिक्षा सञ्चालन भयो । भाटभटेनीमा खुट्टा राख्ने ठाउँ छैन । तर, पनि हामी सरकारको प्राथमिकतामा पर्न सकेको छैनौं । सरकारले हल खोल्न नदिनुका चित्तबुझ्दो जवाफ दिनुपर्‍यो । नभए हामी हलको साँचो सरकारलाई बुझाउँछौं ।’

देशभर २ सयको हाराहारीमा हल छन् । हलमा प्रत्यक्ष ३५-४० हजार कर्मचारी आश्रीत छन् । प्रत्यक्ष अप्रत्यक्ष गरेर ९ महिनादेखि १ लाख बढी श्रमजीवी बेरोजगार बनेको अध्यक्ष प्रधानको दावी छ । मल्टिप्लेक्स अन्तर्गतको क्युएफएक्स बन्द हुँदा करिब ७ सय जनाले रोजगारी गुमाएको बताउँछन् क्युएफएक्सका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगा । ‘कर्मचारीहरु बेतलबी बिदामा छन् । उनीहरु त्यतिकै कुरिरहेका छन् । सरकारले नबुझेको किन हो ?’ उनले प्रश्न गरे ।

निर्माता एवं कलाकार रवीन्द्रसिंह बानियाँ परीक्षणकै लागि पनि हल खोल्न दिनुपर्ने बताउँछन् । हल बन्द हुँदा धेरै निर्माताको लगानी फ्रिज अवस्थामा छन् । फिल्मको प्रदर्शन रोकिएको छ । निर्माताको उत्साहका लागि पनि हल खोल्नुपर्ने रवीन्द्र बताउँछन् । ‘हुन त हल खोलेपछि दर्शक आउलान्/नआउलान् भन्ने अवस्था छैन । तर, सबै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर हल खोल्न दिनुपर्छ भन्ने हो,’ उनले भने, ‘हल खोलेपछि वातावरण सहज देखियो भने हामीलाई पनि उत्साह बढ्छ । हल नखोले अरु विकल्प नै भएन । हलवाला, निर्माताभन्दा पनि चलचित्र क्षेत्र नै चलायमान बनाउन हल खोल्नु पर्‍यो । हल खोलेन भने टिकटक र म्यूजिक भिडियो बनाएर बसे मात्रै हो ।’

फिल्म हल नखुले पनि हलवालाले बत्तीको डिमाण्ड शुल्क दिनुपर्छ । बैंकको ब्याज र हलभाडा तिर्नैपर्छ । आफूहरुले बत्तीको डिमान्ड शुल्कसँगै अन्य विषयमा सरकारसँग माग राख्दै आएको बताउँछन् मधुसुदन । ‘हलमा तालाबन्दी छ । बत्ती हामीले प्रयोग गरेका नै छौनौं तर त्यसको डिमान्ड शुल्क तिर्नुपर्छ । यो त ठूलो अन्याय हो नि,’ मागहरुबारे उनी भन्छन्, ‘२ वर्षका लागि भ्याट र मनोरञ्जन कर तिर्न नपरोस् । चलचित्र विकास शुल्क पनि केही घटाउनु पर्ने माग छ । उद्योग चलायमान बनाउन हामीलाई यी कुरामा राहत दिनुपर्‍यो ।’

राष्ट्रिय बाणिज्य बैंकबाट मौद्रिक नीतिमा पाँच प्रतिशत ब्याजदर दिने भन्ने कुरा अहिलेसम्म कागजमै सिमित भएको उनी गुनासो गर्छन् । हल नचले पनि हलवालाले प्रत्येक महिना २०/२५ लाखको घाटा बेहोर्नुपरेको छ । त्यसैले नोक्सानी कम गर्न पनि हल खोलिहाल्नु पर्ने बताउँछन् वान सिनेमाजका मार्केटिङ हेड विवेक ढकाल । ‘हल क्षेत्रलाई महत्वमै नराखेको जस्तो भयो । दु:खलाग्दो कुरा पनि त्यही भयो । हलवाला धेरै नै मारमा परेका छन् । अहिलेसम्म खोल्ने अनुमति नदिएर बेवास्ता गरेको छ,’ उनले सुनाए, ‘हलबाहेक सबै क्षेत्र खुलेको छ । अहिले फाइदाभन्दा पनि नोक्सानी कम गरौं भन्न पनि हल खोल्न दिनु पर्‍यो । केही नगरेर नोक्सानी बेहोर्नुभन्दा दर्शकलाई हलमा बिस्तारै तान्न पनि हामीले पनि हल चलाउन पाउँ भन्ने हो ।’ Ekantipur बाट साभार गरिएको हो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here