Home News ओली सरकारको सन’स**नीपूर्ण काम, यसरी फास्ट ट्रयाकमा को”रोनाको खो’प नेपाल ल्याउँदै ...

ओली सरकारको सन’स**नीपूर्ण काम, यसरी फास्ट ट्रयाकमा को”रोनाको खो’प नेपाल ल्याउँदै News Nepal

328
0

ओली सरकारको सनस**नीपूर्ण काम, यसरी फास्ट ट्रयाकमा को”रोनाको खो’प नेपाल ल्याउँदै !News Nepal.




याे समचार पनि पढ्नुहोस्

बुधबारको बैठकमा अध्यक्ष ओली सहभागी नभएपछि मंसिर २० का लागि सचिवालय बैठक बोलाइएको छ । तर, शीर्ष तहमा अनौपचारिक छलफल अझै हुन सकेको छैन । अध्यक्षद्वय ओली र प्रचण्डले सचिवालय बैठकमा पेस गरेको प्रस्तावमा वैचारिक र सैद्धान्तिक भन्दा पनि एक–अर्कामा आरोप–प्रत्यारोप र दोषारोपणमा केन्द्रित भएको छ ।दुवै अध्यक्षले आ–आफ्नो प्रस्तावलाई प्रतिष्ठाको विषय बनाउँदा विवाद बढेको हो । बहुमत सचिवालय सदस्यले प्रचण्डको प्रतिवेदनलाई समर्थन गरेसँगै अध्यक्ष ओली अल्मतमा पर्नुभएको छ ।

पार्टीको बैठकलाई नै चुनौती दिने गरी अध्यक्ष ओलीले चेतावनी दिए सँगै अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ ओलीसँग रुष्ट बनेका छन् ।बहुमत सचिवालय सदस्यले ओलीले अटेर गरिरहे आगामी बैठकबाट एउटा निर्णय गरेर अगाडि बढनुपर्ने दबाब अध्यक्ष प्रचण्डलाई दिइरहेका छन् ।सचिवालयका एक सदस्यले भने– ‘पार्टीभित्र देखिएको अन्योलता धेरै दिन राख्नुहुँदैन, सचिवालय बैठकमा पेस भएको दुवै अध्यक्षको प्रतिवेदनमाथि छलफल गरी एउटा निर्णय गरेर अगाडि बढनुपर्छ ।

बैठकमा नै बस्दिनँ भन्न पाइन्छ र रु’ सचिवालय बैठकमा अध्यक्ष ओली भने रक्षात्मक अवस्थामा रहेका छन् ।यसअघि पार्टीभित्र विवाद देखा पर्दा निर्णायक भूमिकामा देखा पर्दै आउनुभएका उपाध्यक्ष गौतम यसपटक भने प्रचण्ड–नेपाल पक्षमा दृढ भएर उभिनुभएको छ ।अध्यक्ष ओलीले बहुमतको आधारमा निर्णय गरे पार्टी एकता भंग हुने चेतावनी दिँदै आउनुभएको छ । सचिवालयको बैठकमा पेस गरेको प्रतिवेदनमा पनि प्रचण्डमाथि प्रश्न गर्दै पार्टी विभाजित गर्न खोजेको आरोप लगाउनुभएको छ ।यो समाचार आजको नेपाल समाचार पत्र दैनिकमा छ ।

अध्यक्ष ओलीले गत कात्तिक २६ गते स्थायी समिति बैठकले गरेको निर्णयलाई आधार बनाएर जारी विवाद समाधान गरेर अगाडि बढ्नुपर्ने बटमलाइन बनाए पनि प्रचण्ड र नेपाल पक्षले यसपटक एक कदम अगाडि बढेर पार्टीले निर्णय लिने रणनीति बनाएका छन् ।यसपटक सचिवालय बैठकले अध्यक्षद्वय ओली–प्रचण्डको राजनीतिक प्रतिवेदनका बारेमा छलफल गरेर निष्कर्ष निकाल्न नसके स्थायी समिति बैठकमा लगेर बहुमतको आधारमा निर्णय गराउने तयारी गरेको बताइएको छ ।स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको समस्याको निकास दिन अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नै पर्ने बताउनुभएको छ ।

उहाँले एक पद छाड्ने बाहेकमा कुनै सम्झौता नहुने बताउनुभएको हो ।‘ओली प्रधानमन्त्री रहने भए अध्यक्ष छोड्नुपर्छ । एक पद मात्रै लिनुपर्छ । अब ओलीसँग सम्झौता हुँदैन’, पौडेलले भन्नुभयो– ‘पार्टीलाई फुटको दिशातर्फ लैजाने काम कसैले पनि गर्न हुँदैन, एकताबद्ध बनाएर लैजानुपर्छ ।’पार्टीको विधान र पद्धतिअनुसार ओली अघि बढेको खण्डमा विवाद समाधान हुने दाबी गर्दै उहाँले ओलीले पार्टीको निर्णय मानेर पार्टीले सरकार चलाउने कुरा स्वीकार गर्नुपर्ने बताउनुभयो ।नेकपा विवादले संकटपूर्ण अवस्था सिर्जना गरेको भन्दै पौडेलले अब समस्या समाधा नगर्ने जिम्मा ओलीले लिनुपर्ने माग गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here