Home News बधाई दिन सिंहदरबार बोलाइएकी सपनाले अर्थमन्त्रीलाईनै हेर्याहेर्यै बनाइन,बिष्णु पौडेल बोल्नसम्म सकेनन (धेरै...

बधाई दिन सिंहदरबार बोलाइएकी सपनाले अर्थमन्त्रीलाईनै हेर्याहेर्यै बनाइन,बिष्णु पौडेल बोल्नसम्म सकेनन (धेरै सेयर गराै)

1723
0

बधाई दिन सिंहदरबार बोलाइएकी सपनाले अर्थमन्त्रीलाईनै हेर्याहेर्यै बनाइन,बिष्णु पौडेल बोल्नसम्म सकेनन



याे पनि पढ्नुहोस्

खासमा नारायणगोपाल, फत्तेमान र म सँगसँगै हुन्थ्यौं । सबैलाई थाहा छ, नारायणगोपालले ट्वाँट खान्थे, मात्नेगरी नै । फत्तेमान उनलाई बाइकमा बोकेर हिंड्थे । मैले एकपटक पुतलीसडकमा नारायणगोपालसँग मात्नेगरी ट्वाँट खाएको थिएँ । त्यो साँझ सँगै रहेका गीतकार रुद्रराज आचार्यले फत्तेमान र मलाई बाइक पछाडि राखेर घर छोड्दिएका थिए । म त्यस्तो धेरै खाने होइन, खाएको भए त रोग लागेर उहिल्यै मरिसक्थें नि !

त्यतिबेला नारायणगोपालका ‘गीतियात्रा’, ‘ब्लु नोट्स’ जस्ता एल्बमहरू निस्केका थिए । तपाईंचाहिं के गरिरहनुभएको थियो ?

मैले पनि एल्बमको तयारी गरेको थिएँ । एउटा भजनको एल्बम ‘समर्पण’ म्युजिक नेपालले २०४३ सालमा निकालेको थियो । २०४४ सालमा म्युजिक नेपालले गजल एल्बमका निम्ति अफर गरेको थियो । थोरै रोयल्टी दिने कुरा गरेपछि मैले त्यसलाई क्यान्सिल गरें । खुद्रा गीत गाउन र संगीत भर्नमै व्यस्त भएँ ।

नेपाली संगीत क्षेत्र र तपाईंको जीवनको कालो दिन २०४६ साल मंसिर १९ को घटनामा जाऊँ । खासमा त्यो दिनको घटना यो उमेरमा आएर नढाँटीकन बताइदिनुस् न !

मैले आजसम्म केही ढाँटेकै छैन । खासमा भएको यस्तो हो– गीतकार कञ्चन पुडासैनीले गोपाल योञ्जनलाई आफ्नो गीतमा संगीत गराएर क्यासेटमा डमी भरी मलाई दिएका थिए । मैले त्यसको रेकर्डिङका लागि अभ्यास पनि गरेको थिएँ । सो गीत सुनाउन त्यस दिन दिउँसो १ बजे काठमाडौंको चक्रपथ, धुम्बाराहीमा कञ्चन पुडासैनी र म गोपाल योञ्जनको घर पुगेका थियौं । गोपाल योञ्जनको बैठक कोठा माथिल्लो तलामा थियो ।

हामीले दिउँसो १ बजेदेखि बेलुकी सवा ८ बजेसम्म उनलाई भेटेर सो गीत सुनाउन कुरिरह्यौं । हामी आएका छौं भनेर सूचना दिने मान्छेले ‘एकछिन, एकछिन’ भन्दै दिनभर कुराए । मैले कञ्चनलाई ‘जाऔं’ भन्दा उनले ‘एकछिन कुरौं न’ भन्दाभन्दै रात पर्‍यो । भोक–प्यासले लोथ परेका बेला सवा ८ बजे गोपाल योञ्जनले माथि बोलाए । मैले हार्मोनियम बजाएर २–४ चोटि गीत सुनाउँदा १ घण्टाजस्तो बितिसकेको थियो । त्यसपछि हामी घर जान बिदा भयौं । हामीलाई बाइकमा छोडिदिन गोपाल योञ्जनले पूर्ण नेपालीलाई अह्राए । त्यसपछि हामी तेब्बर लोडमा पूर्णको बाइक चढ्यौं । म बीचमा बसें, कञ्चन पछाडि बसे र कञ्चनलाई छोड्न धुम्बाराहीबाट जोरपाटीस्थित उनको घर पुग्यौं । उनलाई छोडेर फर्कंदै गर्दा बौद्धस्थित छिरिङ रेस्टुरेन्टको अगाडि ल्याएर पूर्णले बाइक रोक्यो ।

मंसिरको जाडो छ, अलिकति ट्वाँट खाएर जाऊँ न दाइ भन्यो । मैले यति ढिला भइसक्यो, घर निकै टाढा छ, यो ठाउँ पनि डेन्जर छ, त्यसो नगरौं, जाऊँ भनें । तर, उसले जबर्जस्ती गर्‍यो र भन्यो– त्यसोभए तपाईं हिंडेर जानुस्, नखाईकन म तपाईंलाई पुर्‍याउन सक्दिनँ ! त्यसपछि मैले त्यसोभए म यहीं बस्दै गर्छु, तिमी छिटोछिटो खाएर आऊ भनें । ऊ भित्र पस्यो । म जाडोमा लुगलुग काम्दै त्यहीं उभिइरहें । बस चढेर घर जाऊँजस्तो पनि लाग्यो । तर, साझा बस ९ बजे नै बन्द भइसकेको थियो । त्यहाँबाट हिंडेर ललितपुरको महालक्ष्मीस्थान आउन सम्भव पनि थिएन ।

म बाध्य भएर उसलाई कुरिरहेको थिएँ । करिब २०–२५ मिनेटमा ३ जना मानिस ढुनमुनिंदै मेरोछेउ आए र मलाई भने, ‘ओए, हामीले खाएको पैसा तिर्, नत्र भेट्लास् ।’ मैले मसँग पैसा पनि छैन, अनि मैले तपाईंहरूले खाएको किन तिर्ने ? मात्र भनेको थिएँ, उनीहरूले रक्सीका बोतलले मेरो टाउकोमा हिर्काए । म बेहोस भएँ । अलिअलि थाहा छ, २ जना भागे । होटलको साहु छिरिङ म मरें कि भनेर मलाई हेर्दै थियो । छेउको पुलिस चौकीबाट पुलिस आएर साहुलाई पक्रियो । भोलिपल्ट होस खुल्दा म वीर अस्पतालको बेडमा थिएँ । भएछ के भने रक्सी खाएर पूर्ण नेपालीले पैसा तिर्ने बेलामा बौद्धका त्यतिबेलाका नामुद गुन्डाहरू सूर्यमान श्रेष्ठ र सूर्य मानन्धरले आफूहरूले खाएको बिल पनि तिरिदिन पूर्णलाई धम्क्याएछन् । पूर्णले मेरो बिल त त्यो बाहिर बसेको मान्छेले तिरिदिएको हो, उसैलाई भन्नु नि भनेछ र उनीहरू मसँग पैसा माग्न आएका रहेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here