Home News काठमाण्डौमा १ महिने ब”च्चा से’क्दै गर्दा आमा र ब”च्चा बि”ते, बुबा समेत...

काठमाण्डौमा १ महिने ब”च्चा से’क्दै गर्दा आमा र ब”च्चा बि”ते, बुबा समेत अस्पता’लमा, कोठामा यस्तो भेटियो

258
0

काठमाण्डौमा १ म’हिने ब”च्चा से’क्दै गर्दा आमा र ब”च्चा बि”ते, बुबा समेत अस्पता’लमा, कोठामा यस्तो भेटियो




याे पनि पढ्नुहोस्

मलेसिया सरकारले विदेशी श्रमिकको लेभी सम्वन्धमा नयाँ घोषणा गरेको छ | आगामी जनवरी देखि लागु गर्ने तयारी गरेको लेभी सम्वन्धि नयाँ व्यवस्थालाई जुलाई १, २०२१ सम्मका लागि लागु नगर्ने घोषणा गरेको हो |

कोभिड १९ का कारण रोजगारदातालाई परेको समस्याका कारण लेभी सम्वन्धि नयाँ व्यवस्था लागु गर्न ६ महिनाको समय पछि सारिएको मलेशियाका गृहमन्त्री हमजाह जैनुद्दिनले यसको जानकारी दिए | यसैगरी विभिन्न चरणमा लगाउने तयारी गरिएको लेभी सम्वन्धि व्यवस्थामा पनि परिवर्तन गर्ने तयारी रहेको मलेशियाको सरकारी सञ्चार माध्यम बनर्माले जनाएको छ |

मलेशियाले विदेशी श्रमिकको संख्यालाई कम गर्दै मलेशियन नागरिकलाई नै आन्तरिक रोजगारीमा संलग्न गराउने उद्देश्यले लेभी सम्वन्धि नीतिलार्ई कडा बनाउने तयारी गरेको छ । श्रमिकले लेभी तिर्नु नपर्ने व्यवस्था गरेको सरकारले रोजगारदाताले भनें चर्को लेभी तिर्नुपर्ने व्यवस्था गर्न खोजेको छ |

याे समचार पनि पढ्नुहोस्

वैदेशिक रोजगारीमा रहेकालाई स्वदेश फर्काउन ‘गाउँ फर्क प्याराप्यारी अभियान’ शुरु
मंसिर १९, पर्वत | पर्वतको महाशिलामा ‘गाउँ फर्क प्याराप्यारी’ कार्यक्रम शुरु भएको छ । रोजगारीको खोजीमा बर्सेनि गाउँपालिकाबाट पलायन दर बढ्दै जाने र पछिल्लो समय कोभिड–१९ को प्रभावका कारण गाउँ फर्केका युवायुवती बेरोजगार बनेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले यस्तो कार्यक्रम शुरु गरेको हो ।

गाउँमै स्वरोजगार सिर्जना गर्ने र त्यही पेशाबाट आत्मनिर्भर बन्न सकुन् भन्ने उद्देश्यले चालु आर्थिक वर्षदेखि गाउँ फर्क प्याराप्यारी कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

विदेशमा रहेका युवायुवतीलाई गाउँपालिकामा फर्काई स्वदेशमै केही गरी उत्पादन र आयआर्जनसँग जोडी उद्यमी बनाउन यो कार्यक्रम शुरु गरिएको हो । उहाँले भन्नुभयो, “यो कार्यक्रमअन्तर्गत कुनै उद्यम व्यवसाय गर्न चाहने युवायुवतीलाई ब्याजमा अनुदान दिइनेछ ।” गाउँपालिकाले बनाएको कार्यविधिअनुसार कम्तीमा तीन वर्षभित्र विदेशबाट फर्केर आएका युवायुवती समावेश हुनसक्ने अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

यसले बढ्दो पलायन र बेरोगार युवायुवती दुवैको दर कम गर्ने र गाउँपालिकामा रहेको गरिबीको दर घट्दै जाने गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिनुभयो । यस्तो कार्यक्रममा सहभागी हुन चाहने युवायुवतीले पछिल्लो तीन वर्षभित्र विदेशमा बसिआएको प्रमाण खुल्ने कागजातको प्रतिलिपि, आफूले गर्न चाहेको व्यवसायको प्रस्तावना, ऋण लिने वित्तीय संस्थाको सहमतिपत्र गाउँपालिकामा पेश गर्नुपर्ने बताइएको छ ।त्यसैगरी गाई, भैँसी न्यूनतम तीन वा त्याेभन्दा माथि, कुखुरा पाँच सय वा त्याेभन्दा माथि, बङ्गुर ३० वा त्याेभन्दा माथि, फलफूल तथा तरकारी खेती तीन रोपनी क्षेत्रफल वा माथि हुनुपर्ने छ । पालिकाले अधिकतम तीन लाख रुपैयाँको १२ प्रतिशतको दरले अधिकतम दुई वर्षको अवधिका लागि ब्याज रकम अनुदान भुक्तानी दिने भएको छ । उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ विनियोजन भएको गाउँपालिकाका प्रवक्ता उच्चैले जानकारी दिनुभयो । यस वर्ष ३० देखि ५० युवायुवतीलाई यो कार्यक्रममा समावेश गर्ने गरी आवेदन माग गरिएको समेत उहाँले बताउनुभयो ।

यसैबीच गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दै पेशा व्यवसाय गर्न इच्छुक युवायुवतीलाई १५ दिनभित्र आवेदन दिन माग गरेको छ । विशेषगरी कोभिड–१९ को प्रभावका कारण गाउँ फर्केका युवायुवती यो कार्यक्रमबाट लाभान्वित हुने पालिकाको विश्वास छ । विदेश गएका तर गतिलो कमाइ गर्न नसकेकासमेत यो कार्यक्रमपछि गाउँ फर्कने अपेक्षा गरिएको छ ।

गाउँपालिकाले यसअघि ‘एक घर एक रोजगार’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस अन्तर्गत ६ सय भन्दा बढीले रोजगारीसमेत पाइसकेका छन् । स्वयंसेवकको रूपमा रहेका उनीहरुले गाउँपालिकाभित्र सडक, साना सिँचाइ, स्वास्थ्य, शिक्षा, खानेपानीलगायतका क्षेत्रमा काम गर्दै आएका छन् । उक्त कार्यक्रमले पनि रोजगारविहीन विपन्न नागरिकको जीवनस्तर सुधारमा महत्वपूर्ण बनेको गाउँपालिकाका अध्यक्ष पौडेलले बताउनुभयो | रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here