Home News विश्व जोगाउन तयार भयो चिनियाँ भ्याक्सि*न ,अर्को चम”त्कार , चिनको भ्या’क्सिन नै...

विश्व जोगाउन तयार भयो चिनियाँ भ्याक्सि*न ,अर्को चम”त्कार , चिनको भ्या’क्सिन नै सहि हुने आँकलन

1456
0

विश्व जोगाउन तयार भयो चिनियाँ भ्याक्सि*न , अर्को चमत्कार | चिनको भ्याक्सिन नै सहि हुने आँकलन




याे समचार पनि पढ्नुहोस्

नेपाल कम्युनिष्ट पार्टी, नेकपाको नेतृत्व तहमा विवाद देखिरहेका बेला नेकपामा आवद्ध विद्यार्थीहरूले पनि अलग्गै भेला सुरू गरेका छन्।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल पक्षधर अगुवा विद्यार्थीहरूले भेला गरेका हुन्।

काठमाडौंको थापाथली इन्जिनियरिङ क्याम्पसमा भएको भेला अनेरास्ववियुको बागमती प्रदेशअन्तर्गत उपत्यका विशेष कमिटीले आयोजना गरेको हो। अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले संयोजक ऐन महरले गुटगत भेला गरेकाले त्यसलाई चिर्नका लागि शुक्रबारको भेला गरिएको बताए।

‘अहिले पार्टीको बहस चलेको बेला, अन्तरसंघर्ष चलेको बेलामा हामीले अन्तरसंघर्षमा भाग लिएका हौं। तर पार्टी एकताको विरूद्धमा गतिविधि गरेका छैनौं,’उनले भने,’ऐन जीहरूले गुटगत भेला गराएर देशभर भेला गराउने प्रयास गर्नुभयो। उहाँहरूले स्वस्थ राजनीतिक बहसमा भाग लिने भन्दा पनि सत्ताको तावेदारी र चाकडी गर्नुभयो। संगठनको संयोजकले गुट भेला गरेपछि हामीले पनि अगुवा कार्यकर्ता भेला गरेका हौं।’उनले पार्टीमा विधि र पद्धति मान्नुपर्छ भनेर दबाव दिन भेला गरिएको बताए।

‘यो त सुरूआत मात्रै हो। उहाँहरूले जहाँ-जहाँ भ्रम फेलाउन खोज्नुभएको छ। हामी त्यहाँ-त्यहाँ भ्रम चिर्न पुग्छौं,’उनले भने,’यो भेला पार्टी फुटाउन उद्दत हुने प्रवृत्तिविरूद्ध हो। यो भेला अनेरास्ववियुलाई ‘मण्डले’ विद्यार्थी संगठन हुन नदिनका लागि गरिएको हो।’ भेलालाई सम्बोधन गर्दै नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने बताइन्।

‘पार्टीको बहसबाट भाग्न पाउनुहुन्न। ३८ पेजको प्रतिवेदन पेश गर्ने अनि त्यो प्रतिवेदनमा बेबारिसे छोडेर बैठकमा आउन्न भन्न मिल्दैन,’शाक्यको भनाइ उदृत गर्दै एक विद्यार्थी नेताले भने,’उहाँको स्वास्थ्य स्थिति पनि राम्रो नभएको पार्टी संगठनलाई योभन्दा बिगार्ने ठाउँ र बदनाम गर्ने ठाउँ नभएकाले उहाँले दुवै पद छोडेर आराम गर्नुपर्छ।’ स्थायी कमिटी सदस्य पम्फा भुसालले विधि र पद्धति नमान्ने व्यक्ति कम्युनिष्ट हुनै नसक्ने बताइन्।

‘कहिल्यै राजनीतिक वैचारिक कुरामा भाग नलिने मान्छेले ३८ पेजको जवाफ लेख्ने तर बैठकमा नआउने, बैठकबाट भाग्ने अनि निर्णय मान्दिनँ भन्न मिल्दैन,’भुसालको भनाइ उदृत गर्दै अर्का विद्यार्थी नेताले भने,’ प्रतिवेदनलाई अलपत्र पार्ने भए किन प्रतिवेदन पेश गरेको हो?विधि र पद्धति नमान्ने भए किन कम्युनिष्ट पार्टीमा लागेको हो?त्यसैले यो अवस्था आउनुमा मूल नेतृत्वकै कमजोरी हो।’

केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले थापाथली क्याम्पसबाट भेलाको सुरूआत भएको भन्दै यस्ता भेला देशव्यापी रूपमा हुने बताएकी छन्।केन्द्रीय सदस्य झाँक्रीले बहुसंख्यक विद्यार्थीहरूले गरेको भेलामा युवा विद्यार्थीहरूले पार्टी यथास्थितिमा रहन नसक्ने सन्देश दिएको बताइन्।

‘रूपान्तरण सहितको गतिशिल एकता आवश्यक छ भन्ने सन्दर्भमा दबाव दिनका लागि गरेको भेला हो। संगठनमा सत्ताको तावेदारी गर्ने नेतृत्व भएको भएर विद्यार्थी राजनीति समाप्त हुने हो कि भन्ने उहाँहरूको चिन्ता छ,’उनले सेतोपाटीसँग भनिन्,’युवाहरू चिन्तित छन् जसले गर्दा पार्टीलाई दबाव दिन लागेका हुन्। यथास्थितिमा छाला जोगाएर बसेर भएन। ‘आइस ब्रेक’ त गर्नुपर्‍यो नि।’

केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पार्टीलाई व्यक्तिले चलाएर नहुने भन्दै विधि र विधानबाट चलाउनुपर्ने बताए।
राताे पाटि बाट साभार गरिएको हो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here