Home News मलेशिया सरकारले फेरि विदेशी श्रमिकको लेभि काट्ने घोषणा, कहिले बाट लागू हुदैछ…हेर्नुहोस्

मलेशिया सरकारले फेरि विदेशी श्रमिकको लेभि काट्ने घोषणा, कहिले बाट लागू हुदैछ…हेर्नुहोस्

1358
0

मलेशिया सरकारले फेरि विदेशी श्रमिकको लेभि काट्ने घोषणा, कहिले बाट लागू हुदैछ…हेर्नुहोस्



क्वालालम्पुर : मलेशियामा सरकारले विदेशी श्रमिकका लागि आगामी जनवरी देखि लागु गर्ने तयारी गरेको लेभी सम्वन्धि नयाँ व्यवस्थालाई जुलाई १, २०२१ सम्मका लागि लागु नगर्ने घोषणा गरेको छ मलेशियाका गृहमन्त्री हमजाह जैनुद्दिनले यसको जानकारी दिएका हुन् । मलेशियाको सरकारी सञ्चार माध्यम बनर्माका अनुसार कोभिड १९ का कारण रोजगारदातालाई परेको समस्याका कारण लेभी सम्वन्धि नयाँ व्यवस्था लागु गर्न ६ महिनाको समय पछि सारिएको हो ।

यसैगरी विभिन्न चरणमा लगाउने तयारी गरिएको लेभी सम्वन्धि व्यवस्थामा पनि परिवर्तन गर्ने तयारी रहेको समाचारमा जनाइएको छ । मलेशियाले विदेशी श्रमिकको संख्यालाई कम| गर्दै मलेशियन नागरिकलाई नै आन्तरिक रोजगारीमा संलग्न गराउने उद्देश्यले लेभी सम्वन्धि नीतिलार्ई कडा बनाउने तयारी गरेको छ । श्रमिकले लेभी तिर्नु नपर्ने व्यवस्था गरेको सरकारले रोजगारदाताले भनें चर्को लेभी तिर्नुपर्ने व्यवस्था गर्न खोजेको छ । -देश पर्देस बाट

अर्को समचार पनि पढ्नुहोस्

२४ बर्षियाा छोरीले बाबुसँग लुडोमा हारिन् अनि ‘तँ मेरो बाउ नै होइनस्’ भन्दै अदालत पुगिन्

काठमाण्डौं । कोरोना भाइरसका कारण भएको लकबडाउनमा लुडो फेरि घरको एक लोकप्रिय खेल भएको छ । परिवारका सबै सदस्यहरूले ठूलो चासोका साथ लुडो खेलिरहेका छन् ।

भारतमा भने लुडोको खेलकै कारण बाबु छोरीको सम्बन्ध बिच्छेदको भएको छ । छोरीले बाबुसँग लुडोमा बारम्बार हारिन् । अहिले छोरी आफूलाई हराउने बुबासँग सम्बन्ध राख्न चाहन्नन् र यो कुरा परिवार अदालतसम्म पुगेको छ ।

अहिलेसम्म खेललाई मानिसहरूसँग भेटघाट गर्ने र सुमधुर सम्बन्ध निर्माण गर्ने माध्यमका रूपमा लिइन्थ्यो । तर हारको कारण बाउ नै होइन भन्दै अदालत गएको भने सम्भवत यो पहिलो घटना होला । मध्य प्रदेशको राजधानी भोपालमा पनि यस्तै घटना भएको छ जसमा २४ वर्षीया छोरीले आफूलाई हराउने आफ्ना बुबालाई बाबु नै होइन भन्दै रिसाएकी छिन् । उनको मान्यता छ, सच्चा बाबुले छोरीलाई कहिल्यै हराउँदैनन् ।

भोपालमा बस्ने २४ वर्षीया युवती आफ्ना बुबा र भाइबहिनीसँग लुडो खेल्दै थिईन् । खेलमा, जब बुबाले छोरीको गोटिलाई हराउन थाले, छोरीको दिमागमा यति धेरै बाबुप्रति यति नराम्रो बिचार आयो कि उनले सम्बन्ध समाप्त गर्ने सोच्न थालिन् र उनले बुबालाई घृ’णा गर्न थालिन्। खेल पछि पनि, केटीको बुबाप्रति घृ’णा यति बढ्यो कि यो कुरा परिवार परामर्श केन्द्रमा पुग्यो ।

पारिवारिक अदालतका सल्लाहकार सरिता रजनीले भनिन् कि २४ वर्षीया युवती हामीकहाँ आईन् र उनले आफ्ना भाइबहिनी र बुबासँग लुडो खेल्दा बुबाले उनलाई खेलमा पराजित गरेकी बताइन् । यस पछि, उनले महसुस गर्न थालिन् कि बुबा र उनी बीचको सम्बन्ध समाप्त भयो । उसलाई लाग्यो कि बुबाले उसको खुशीको लागि हारिदिनु पर्नेमा किन आफै जिते र छोरीलाई दुखी बनाए ।

ती युवतीले भनिन् कि म मेरो बुवालाई बुबा पनि भन्न चाहान्दिन । काउन्सलर सरिता यस अनौठो के”सको बारेमा बताउँछिन् कि ती युवतीलाई चार पटक परामर्श दिइयो, जसमा केही सुधार आएको छ ।

पारिवारिक अदालतका सल्लाहकार सरिता भन्छिन् कि आजकल हामीले बच्चाहरूको बिच जित्ने बानी बसाल्यौं कि तिनीहरू हार मान्न असमर्थ छन्, उनीहरूले भन्नु पर्छ कि जित्नु जित्नु बराबरर हार्नु उस्तै हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here