Home News सपनालाई अर्थमन्त्रीले भेट्न नपाउदै NRN ले गर्यो लाखौं नगदसहित भब्य संमान,NRN ले...

सपनालाई अर्थमन्त्रीले भेट्न नपाउदै NRN ले गर्यो लाखौं नगदसहित भब्य संमान,NRN ले सपनालाई बिश्व घुमाउदै (हिम्मत वालि बहिनिकाे लागि सेयर गराै)

1217
0

सपनालाई अर्थमन्त्रीले भेट्न नपाउदैNRN ले गर्यो लाखौं नगदसहित भब्य संमान,NRN ले सपनालाई बिश्व घुमाउदै



याे समचार पनि पढ्नुहोस्

संक्रमणको जोखिम कम भएका विभिन्न स्थानीय तहमा पठनपाठन सुरु भए पनि काठमाडौं उपत्यकाको हकमा भने तत्काल विद्यालय नखुल्ने संकेत देखिएको हो । उपत्यकामा संक्रमणको जोखिम अझै कायम रहेकाले विद्यालय सञ्चालन हुन केही समय लाग्न सक्ने उपत्यका मेयर फोरमको आंकलन छ ।

भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै परीक्षा सञ्चालन भए पनि औपचारिक रूपमा पठनपाठनका लागि अझै समय लाग्ने काठमाडौं महानगरपालिका शिक्षा विभागका अधिकृत मोतीप्रसाद भट्टराईले बताए । महानगरपालिका र उपत्यका मेयर फोरमले संघीय सरकारसँग समन्वय गरेर अगाडी बढ्ने निर्णय गरेको उनले बताए ।

सरकारले स्थानीय तहले विद्यालयसँग समन्वय गरेर विद्यालय सञ्चालन गर्न सकिने बताए पनि उपत्यकाको हकमा तत्काल मिति तोक्न सकिने अवस्था नभएको उनको भनाइ छ । कक्षा १२ को परीक्षा सम्पन्न भएपछि विद्यालय सञ्चालनको आधार तय हुने उल्लेख गर्दै उनले पूर्वाधार तयार गरी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न सक्ने विद्यार्थीको भएको कक्षामा पढाइ सुरु गर्ने गरी अगाडि बढ्ने तयारी भएको बताए ।

‘समय दिन सक्ने अवस्था छैन् । देशभित्र मात्रै नभएर बाहिरका मान्छेको जमघट पनि हुने भएकाले फुर्सदमा पछुताउनुभन्दा अलि ढिलै भए पनि व्यवस्थित ढंगले पठनपाठन सञ्चालन गर्न उपयुक्त हुन्छ भन्ने सोचमा महानगर छ,’ उनले भने, ‘उपत्यका मेयर फोरम पनि संघीय सरकारसँग समन्वय गरेर अगाडी बढिरहेको छ ।’

चिसो मौसममा भाइरस बढी सक्रिय हुन सक्छ भन्ने आंकलन भइरहेकाले पनि संक्रमण काम भएका स्थानीय तह वा वडाबाट विस्तारै विद्यालय खोल्ने गरी अगाडि बढ्नुपर्ने उनले बताए । गत वैशाखमै हुनुपर्ने कक्षा १२ को परीक्षा सुरु भएपछि विद्यार्थी र अभिभावकमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै परीक्षा सञ्चालन गर्न र विद्यालय सञ्चालन गर्न सकिन्छ भन्ने सन्देश गएको उनले बताए । महामारीको समयमा आइपरेका ठूला चुनौतीका बीच पनि परीक्षा सञ्चालन हुनु सकारात्मक पक्ष भएको भट्टराईको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here