Home News रमेश प्रसाई र जीवन बिष्टको जोडी हेर्नुहोस्मे, कअप गर्दा भाउजु परि जस्तै...

रमेश प्रसाई र जीवन बिष्टको जोडी हेर्नुहोस्मे, कअप गर्दा भाउजु परि जस्तै सुन्दरी Ramesh Prasai

597
0

रमेश प्रसाई र जीवन बिष्टको जोडी हेर्नुहोस्…. मेकअप गर्दा भाउजु परि जस्तै सुन्दरी Ramesh Prasai



याे समचार पनि पढ्नुहोस्

उदीयमान शक्तिराष्ट्रहरू भारत र चीनबीच अवस्थित भूपरिवेष्टित नेपालको सामरिक महत्त्व भएका कारण भारतीय वा चिनियाँ उच्च अधिकारीहरूको नेपाल भ्रमण तथा नेपालका राजनीतिज्ञको भारत वा चीन भ्रमण सधैं बहस र विवादको विषय हुँदै आएको छ । तर सीमा विवादका कारण कश्मीरको गलवानमा गत जुनमा सैन्य झडप भएपछि द्वन्द्वात्मक सम्बन्ध रहेको पृष्ठभूमिमा भारतीय र चिनियाँ उच्च अधिकारीहरूले गम्भीर सुरक्षाचासो व्यक्त गर्दै नेपालसँग सैन्य सहकार्यमा जोड दिएपछिको तरंग काठमाडौंमा मात्रै होइन, नयाँ दिल्ली र बेइजिङसम्म पुगेको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता होउ चिनयुङले नेपालसँगको सम्बन्ध र भ्रमणप्रति इंगित गर्दै अर्थपूर्ण टिप्पणी गरेपछि नयाँ दिल्ली र बेइजिङको रणनीतिक उद्देश्य स्पष्ट भएको छ ।
गत वर्ष कात्तिकमा भारतले विवादित नक्सा प्रकाशित गरेपछि चिसिएको सम्बन्धको पृष्ठभूमिमा खुफिया निकाय रअका प्रमुख सामन्त गोयल, स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणे र शृंगलाका शृंखलाबद्ध भ्रमण र उनीहरूका अभिव्यक्तिका आधारमा विश्लेषण गर्दा नयाँ दिल्लीले सम्बन्ध सामान्यीकरण गर्न चाहेको देखिन्छ ।

यसै गरी चीनका राष्ट्रपति सी चिनफिङका विश्वासपात्र तथा स्टेट काउन्सिलरसमेत रहेका फेङ्हे र नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाबीच जंगी अड्डामा भएको प्रतिनिधिमण्डलस्तरीय बैठकमा घनिष्ठ सैन्य सम्बन्ध र प्रतिरक्षा सहकार्यमा जोड दिइएपछि बेइजिङको प्राथमिकता पनि जगजाहेर भएको छ । दुवै छिमेकीका उच्च अधिकारीको भ्रमणको समय, शिष्टाचार भेटवार्तामा उनीहरूले राष्ट्रपति र प्रधानमन्त्रीलाई सम्प्रेषण गरेको सन्देश, फेङ्हे र प्रधानसेनापति तथा परराष्ट्रसचिव भरतराज पौड्याल र शृंगलाबीच भएको प्रतिनिधिमण्डलस्तरीय वार्ताले अर्थपूर्ण संकेत गरेका छन् । सरकारले भ्रमणलाई उपलब्धिमूलकको संज्ञा दिए पनि काठमाडौंको राजनीतिक तथा कूटनीतिक वृत्तमा नयाँ दिल्ली र बेइजिङको रणनीतिक स्वार्थ तथा फेङ्हे र शृंगलाका भ्रमणको समीक्षा जारी छ ।

जर्नेलको सैन्य कूटनीति

गत अक्टोबरमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले एसियामा विकसित भूराजनीतिक तथा सामरिक परिदृश्यलाई विश्लेषण गर्दै राष्ट्रिय सुरक्षा प्रणालीलाई थप प्रभावकारी बनाउने निर्णय गरेपछि फेङ्हेको भ्रमण तय गरिएको थियो । भारतका छिमेकी देशहरूसँग सैन्य सम्बन्ध तथा प्रतिरक्षा सहकार्य गरी चिनियाँ प्रभाव विस्तार गर्ने उद्देश्यअनुरूप दक्षिण एसियाको भ्रमण फेङ्हेले नेपाल हुँदै सुरु गर्नुबाट बेइजिङले नेपाललाई दिएको प्राथमिकता मापन गर्न सकिन्छ ।

चिनियाँ राष्ट्रिय सुरक्षाका दृष्टिले संवेदनशील मानिने तिब्बतसँग सीमा जोडिएकाले, सात सदस्यीय केन्द्रीय सैन्य आयोगका सदस्यसमेत रहेका जनमुक्ति सेनाका चारतारे जर्नेल फेङ्हेले सामरिक तथा सुरक्षा मामिलामा जोड दिनु अस्वाभाविक भएन । चिनियाँ कम्युनिस्ट पार्टीसँग घनिष्ठ सम्बन्ध भएको नेकपाको विवादमा राजदूत होउ यान्छीले राजनीतिक सहजीकरण तथा मध्यस्थता गर्दै आइरहेको पृष्ठभूमिमा बेइजिङको उच्चस्तरीय राजनीतिक सन्देश नहुने त प्रश्नै भएन । तर सैन्य अनुशासन र गोपनीय चिनियाँ शैलीका कारण सार्वजनिक नभएको मात्रै हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here