Home International भ’र्खरै चीनबाट आयो निक्कै ठुलो दु:ख’को खबर, यतिठुलो बज्र’पात, ठुलो मानवीय क्ष’ति...

भ’र्खरै चीनबाट आयो निक्कै ठुलो दु:ख’को खबर, यतिठुलो बज्र’पात, ठुलो मानवीय क्ष’ति ! China

357
0

भ’र्खरै चीनबाट आयो निक्कै ठुलो दु:ख’को खबर, यतिठुलो बज्र’पात, ठुलो मानवीय क्ष’ति !China



याे समचार पनि पढ्नुहोस्

वैदेशिक सहायताबारे एकीकृत राष्ट्रिय दृष्टिकोण बनाउने, अन्तर्राष्ट्रिय विकास सहायता स्वीकार्ने र परिचालन गर्ने, अन्तर्राष्ट्रिय सीमा सुरक्षालगायतका परराष्ट्र नीतिका चुनौती पहिचान गरिएको ‘नेपालको परराष्ट्र नीति, २०७७’ सार्वजनिक गरिएको हो । मूलभूत रूपमा १३ चुनौती रहेको परराष्ट्र नीति, नेपालमा पहिलोपटक अलग्गै परराष्ट्र नीतिका रूपमा ल्याइएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अन्य अधिकारीले बताएका छन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले विगतमा सरकारको नीति तथा कार्यक्रम, सुरक्षा नीति, औपचारिक सभा तथा सम्मेलनमा प्रधानमन्त्रीहरूले दिएका मन्तव्यका आधारमा परराष्ट्र नीति सञ्चालित हुँदै आएकोमा वर्तमान सरकारले स्पष्ट रूपमा छुट्टै परराष्ट्र नीति ल्याएको जानकारी दिए । उनले यसलाई आफ्नो कार्यकालको महत्त्वपूर्ण कामका रूपमा प्रस्तुत गरेका थिए ।

भारतसँग सीमा विवाद र सत्तारुढ दल नेकपाभित्रै विकास र सहयोगसम्बन्धी अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई लिएर अन्तरविरोध भइरहेको बेला परराष्ट्र मन्त्रालयले जारी गरेको नीतिमा अन्तर्राष्ट्रिय सीमा सुरक्षा र अन्तर्राष्ट्रिय विकास सहायता स्वीकार्ने विषयमा एकमत हुन नसक्नुलाई चुनौतीको खण्डमा राखेको छ ।

एमसीसी संघीय संसदको हिउँदे अधिवशेनमा प्रस्तुत गर्ने तयारी गरेको र सीमा विवादबारे भारतसँग मन्त्रीस्तरीय बैठकमा छलफल गर्ने तयारीमा रहेको सरकारले दीर्घकालीन दृष्टि बनाएर ल्याएको परराष्ट्र नीतिमा यी विषयलाई समस्याका रूपमा उल्लेख गरेको छ ।

नेपालको संविधानको दिशानिर्देश, परराष्ट्र नीति तय गर्न विभिन्न समयमा बनेका विज्ञ समूहका सुझाव र सिफारिस, परराष्ट्र नीतिसम्बन्धी गत वर्ष भएको सर्वदलीय र सर्वपक्षीय राष्ट्रिय संवाद, परराष्ट्र नीतिका बारेमा राजनीतिक दलका दस्तावेजमा रहेका कुराहरूको अध्ययनबाट निस्केका निचोड तथा परराष्ट्र मामिलासँग सम्बन्धित अनुसन्धाताले दिएका सुझाव समेटेर तयार गरिएको परराष्ट्र नीति, २०७७ कार्तिक ४ गते मन्त्रिपरिषदबाट पारित भएको थियो । गौतम बुद्ध र पृथ्वीनारायण शाहका विचारसमेत समेटिएको परराष्ट्र नीतिलाई परराष्ट्रमन्त्री ज्ञवालीले आइतबार सार्वजनिक गरेका हुन् ।

‘परराष्ट्र सम्बन्धहरू सञ्चालन गर्दा विश्व परिवेशमा बहु केन्द्रहरू भएको जस्तो देखिन्छ । त्यसलाई चुनौतीको रूपमा लिएका छौं । हामीलाई अन्तर्राष्ट्रिय सहायताहरू चाहिन्छ त्यसका लागि राष्ट्रिय प्राथमिकता र राष्ट्रिय स्वामित्वका कुराहरूलाई कसरी हेर्ने भन्ने कुरा चुनौतीको रूपमा छन्,’ नेपालको परराष्ट्र नीतिमा औँल्याइएका चुनौतीबारे मन्त्री ज्ञवालीले थपे, ‘हामीले परराष्ट्र नीतिको महत्त्वपूर्ण तत्त्वका रूपमा आर्थिक कूटनीतिलाई लिएका छौं । आर्थिक कूटनीति सञ्चालन गर्ने हाम्रो क्षमता अभिवृद्धि गर्नुपर्ने हुन्छ । त्यसलाई पनि चुनौतीका रूपमा लिएका छौं । सार्वभौम सत्तालाई कसरी जोगाउने, राष्ट्रिय हितमा नराम्रो प्रभाव पर्न नदिने कुरा पनि चुनौती छ । ‘

कोरोनाको प्रभाव नियन्त्रण, दिगो विकासका लक्ष्य हासिल गर्न चाहिने आर्थिक सहायता जुटाउने विषय पनि परराष्ट्र नीतिका चुनौती रहेका मन्त्री ज्ञवालीले बताए । जलवायु परिवर्तनबाट पर्ने नकरात्मक प्रभाव न्यूनीकरण, अति कम विकसित राष्ट्रको क्षमता अभिवृद्धि गरी व्यापार लगायतका सुविधालाई निरन्तरता दिने विषयलाई पनि नेपालले परराष्ट्र नीतिको चुनौतीको रूपमा लिएको छ ।

मुलुकको व्यवस्था, दिगो शान्ति, राष्ट्रिय हीत र परराष्ट्र नीतिका सम्बन्धमा संविधानले स्पष्ट मार्गदर्शन गर्नुलाई नेपालको परराष्ट्र नीतिको अवसरका रूपमा व्याख्या गरिएको छ । आधारभूत राष्ट्रिय हित, आर्थिक समृद्धि, सीमा लगायतका महत्त्वपूर्ण विषयमा राष्ट्रिय सहमति र एकताको वातावरण तयार हुनु पनि अवसर रहेको मन्त्री ज्ञवालीले बताए । उनले नक्साको विषयमा संविधान संशोधन हुँदा सबै राजनीतिक दल एक ठाउँमा उभिनु यसको आधार भएको भन्दै व्याख्या गरेका थिए । पछिल्लो समय मुलुकमा विदेशी लगानीको वातावरण बन्नु र वैदेशिक लगानी आउनेक्रम बढ्नुलाई पनि अवसरका रूपमा व्याख्या गरिएको छ । Ekantipur बाट साभार गरिएको हो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here