Home News अप्सरा बनेर कल्पना पुगिन् रमेश प्रसाईको बि’हेमा, ज्ञानेन्द्र शाही पनि पुगे, दोहोरी...

अप्सरा बनेर कल्पना पुगिन् रमेश प्रसाईको बि’हेमा, ज्ञानेन्द्र शाही पनि पुगे, दोहोरी पनि च’ल्यो

689
0

अप्सरा बनेर कल्पना पुगिन् रमेश प्रसाईको बिहेमा, ज्ञानेन्द्र शाही पनि पुगे, दोहोरी पनि चल्यो Kalpana




याे समचार पनि पढ्नुहोस् र सेयर गराै

हास्य कलाकार मनोज गजुरेलले पनि गर्दैछन् दोश्रो बिहे, के हुन्छ होला त पुर्वपत्नि मिना ढकालको स्टेटस् ?

काठमाण्डौ । महिना मंसिरको । लगन बिहेको । यो समयमा प्रायले आफ्नो बिहेको साइत जुराएका हुन्छन् । जुनीजुनीकालागी भन्दै दुई मुटु एक बनाएका हुन्छन् । सात बचनका साथमा सात फेरा लिएर सधैंकालागी एकअर्काको बनेका हुन्छन् । अविबाहित केटाकेटीदेखि लिएर विबाह तर सम्बन्ध विच्छेद गरेकाहरुले पनि यो महिनालाई नै रोज्दछन् आफ्नो दोश्रो बिहेकोलागी ।

हास्य कलाकार मनोज गजुरेलले पनि आफ्नो दोश्रो बिहेको दोश्रो बिहेको विषयमा बोल्नकोलागी यही महिनालाई रोजेका छन् । पुर्व श्रीमती मिना ढकालसंग सम्बन्ध विच्छेद भएको लामो समयपछि कलाकार गजुरेलले अर्को बिहेको विषयमा हिजो मात्रै आफ्ना योजना सुनाएका छन् । हास्य कलाकार मनोज गजुरेलले बिहे गर्ने भएका छन् ।

गजुरेलले आफूले बिहे गर्न लागेको पुष्टि गर्दै भने, ‘मैले बिहे गर्ने सोंच बनाईसकेको छु । बिहेकालागी केही आन्तरिक कुरा मिलाउन बाँकी छ । बिहेको बारेमा पुर्णरुपमा पछि सबैलाई थाहा हुने नै छ ।’ कलाकार गजुरेलको हुनेवाली दोश्रो श्रीमतीको घरतिरको कुरा मिलाउन बाँकी रहेकाले गजुरेलले बताएका छन् ।

कलाकार गजुरेलले दुई वर्षअघि पत्नी मिनासँग सम्बन्धबिच्छेद गरेका थिए । आपसी समझदारीमा दुबैले सम्बन्धलाई टुङ्ग्याएका थिए । सम्बन्धविच्छेद बारे दुवै केही समय मौन रहेपनि पछि भने एक अर्कोलाई तथानाम गाली गर्दै मिडियामा प्रस्तुत पनि भए । यसका बाबुजद गजुरेल बिरामी हुँदा मिनाले गजुरेलको शिघ्र स्वाथ्य लाभको कामना गर्दै स्टेटस् पनि लेखिन् ।

पुर्व पत्नि मिनाले गजुरेलकालागी लेखेको उक्त फेसबुक स्टेटस्लाई पढ्दा दर्शकहरु भावुक पनि भएका थिए । मिनाले आफ्ना छोराछोरीको अभिभावक भएको नाताले र २५ वर्षसम्म सम्बन्धमा रहंदा आफुले निराहार व्रत बसेको नाताले गजुरेलको शिघ्र स्वास्थ्यलाभको कामना गरेको बताएकी थिईन् । सोही स्टेटस्मा मिनाले अरु श्रीमानहरुले सम्बन्ध विच्छेद भएको केही समयभित्रमा नै बिहे गर्छन् भन्दै मनोज नगरेको कुरा गरेर मनोजालाई सम्मान पनि दिएकी थिईन् ।

तर आज तिनै मनोजले जीवनको नयाँ अध्याय शुरु गर्ने निर्णय गर्दै त्यसको तयारी गरेको कुरा सार्वजनिक गरेका छन् । यो विषयमा पुर्व पत्नि मिनाको केही विचार त पक्कै सार्वजनिक हुने नै छ । २०५३ सालमा प्रेम विवाह गरेका यी जोडीको वैचारिक मतभेद भएपछि सम्बन्धबिच्छेद भएको थियो । गजुरेलको मीनाको एक छोरा र एक छोरी रहेका छन् भने दुबै गजुरेलसँगै बस्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here